विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ६२ लाख नाघ्यो

आजभोलि

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ५८ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २१ हजार ३ सयभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ४ करोड ५८ लाख ११ हजार २९६ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ८४ हजार ५ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ करोड ६२ लाख २८ हजार ३०५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १२ हजार १२६ जनाको मृत्यु भएसँगै हालसम्म १५ लाख २४ हजार ३४८ जनाको मृत्यु भएको छ । हाल विश्वभर १ करोड ८८ लाख ९२ हजार ६६१ जना सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ४७ लाख ७२ हजार ५३५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ५८ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ८४ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या ९६ लाख ८ हजार ४१८ पुगेको छ ।

संक्रमितमध्ये एक लाख ३९ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९० लाख ५८ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६५ लाख ३४ हजार नाघेको छ भने १ लाख ७५ हजार ९८१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५७ लाख ४४ हजार भन्दा बढी निको भएका छन् ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !