पश्मिना महिला उद्यमी व्यवसायीहरुलाई संरक्षणको खाँचो

प्रवीण भट्टराई

आजभालिका लागि प्रवीण भट्टराईको स्थलगत रिपोर्ट,

ललितपुर । सघीय राज्य व्यवस्थामा राज्यका सबै निकायमा महिला र पुरुष दुबैलाई समान रुपमा सहभागिता गराउनु पर्छ वा पुरुष जसरी नै महिलाको सहभागिता ती राज्यका निकायहरुमा बढाउँदै लैजानु पर्छ भन्ने बहस चलिरहेको छ । तर राज्यको नीति, नियम र स्वभाव अझै पनि पुरुष प्रधान रहेको छ ।

परिणाम स्वरुप, नेपाली घरेलु उद्मम व्यवसाय पनि महिला मैत्री हुन सकिरहेका छैन । त्यसैले, नेपाली व्यवसायिक महिला उद्यमीहरु अझै उनीहरुकै घरगाउँ र समाजमा उपयुक्त व्यवसायिक अवसरहरुको खोजीमा छन् । त्यसैले, उनीहरुले व्यवसायिक कार्यका लागि दिने श्रम, समय र शिपको पनि उचित पारिश्रमिक दिनु आवश्यक छ । किनभने उनीहरुले पुरुषसँगै मिलेर कुनै पनि व्यवसायिक कार्यहरु गरेर कार्य स्थलमा समान किसिमको जोखिम बहन गरे पनि उनीहरुले पाउने दैनिक ज्यालादारी पुरुषको भन्दा कम छ ।

कुनै प्रकारको व्यवसायिक कार्यमा महिला व्यवसायीहरु श्रृजनशील हुँदाहुँदै पनि व्यवसायिक कार्य योजना तयार गर्ने क्रममा पुरुष सरह नै उनीहरुलाई समान रुपमा सहभागिता र संलग्न गराउनु पनि जरुरी छ । त्यस्तै, नेपाली महिला उद्यमीहरु प्रविधी मैत्री हुन सकिरहेका छैन् । त्यसैले, उनीहरु अझै पनि व्यवसायिक रुपमा सफल हुन सकि रहेका छैन् । तसर्थ, उनीहरुलाई व्यवसायिक रुपमा दक्ष बनाउ पनि आवश्यक छ । साथै, महिला उद्यमीहरुले आफ्ना व्यवसायिक कार्य गर्दा विभिन्न प्रकारका सामाजिक अवरोधहरु तथा कार्य स्थलमा नै शारीरिक हिँसाको शिकार हुन बाध्य छन् ।

नेपाली महिला उद्यमीहरुलाई उपयुक्त व्यवसायिक शिप, तालिम तथा अभिमुखिकरणका कार्यक्रममा संलग्न गराएर उनीहरुलाई सफल व्यवसायी बनाउनु र उनीहरुको श्रम र शीपबाट उत्पादित भएका घरेलु बस्तु तथा सेवालाई निश्चित बजारसम्म पुर्याउनु र ती उत्पादित घरेलु सामानहरुको उपयुक्त ढँगले स्वदेश तथा बिदेशससम्म ग्राहकहरु तथा उपभोक्ताहरुबीच सर्वसुलभ मुल्यमा गुणस्तरीय सेवा दिंदै, बस्तु तथा सेवाको बजारीकरण गर्दै देशमा महिलामैत्री व्यवसायिक वातारण तयार गर्नु आजको प्रमुख व्यवसायिक लक्ष्य रहेको छ ।

तर पनि स्थानीयस्तरमा आफ्नै घर गाउँबाट महिला उद्यमी सीता खातुनले बिगत १२ बर्षदेखि आसिफ पस्मिना फिनिसिङ्ग उद्योग संचालनमा ल्याएकी छन् । बि.स. २०७३ सालमा घरेलु तथा साना उद्योग कार्यालय ललितपुरमा दर्ता भएको यस पश्मिना तथा सुती सल उत्पादन सम्बन्धिको टेक्सटायल व्यवसायमा दैनिक ४० जना स्थानीय महिलाहरुले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यस कपडा उत्पादन सम्बन्धिको टेक्सटायल उद्योगले बिशेष गरी पस्मिना, उलन र सुतीको रेसादार धागोलाई व्यवसायिक रुपमा उत्पादन गृहमा विभिन्न बिधीबाट रेसादार धागोलाई प्रसोधन गरी पस्मिना सल, उलन सल, सुती कपडाका थान उत्पादन गरी विक्री गर्ने गर्दछ ।

घरेलु व्यवसायबाट उत्पादित बिभिन्न प्रकारका कपडाका थानहरुलाई नेपाल अधिराज्यका सम्पुर्ण सहरी क्षेत्रमा विक्री बितरण गरिन्छ । मुख्यता पोखरा, बिराटनगर, धरान, हेटौडा, चितवन, बुटबल, पाल्पा र उपत्यकाको असनका स्थानीय व्यापरीहरुले पुन विक्रीका लागि खरिद गरी लैजान्छन् र सहरी क्षेत्रहरुमा उत्पादित कपडाहरुको व्यापार बढी हुन्छ । उक्त घरेलु टेक्सटायल उद्योगबाट सुती र उलनका सल तथा सजावटका कपडाहरु भने नेपाल अधिराज्य भरी नै विक्री हुन्छ तर पश्मिना बाट उत्पादित कपडा भने भारतिय बजार सम्म लगेर विक्री गरिन्छन् ।

पहिले अर्काको पश्मिनाका कपडाहरु उत्पादन गर्ने टेक्सटायल व्यवसायमा दैनिक ज्यालादारीमा काम गरेर जीविको पार्जन गर्ने महिला उद्यमी सीता खातुन अचेल भने आफैले सानो तिनो पूजी लगानी गरेर ट्याक्सटायल व्यवसाय घरबाट नै सञ्चालन गरीरहेकी छन् । व्यवसाय संचालिका महिला उद्यमी सीता खातुन अहिले आफ्नै नीजि व्यवसाय संचालन गरेकोमा सन्तुष्ट छिन् । र स्थानीय महिला दिदी बहिनीहरुलाई आफ्नै नीजि व्यवसायमा रोजगारी दिन पाएका आफ्नो व्यवसायिक सफलता भएको ठान्छिन् ।

सामान्यतया, यस उत्पादन प्रकृयामा उलन, पश्मिना र सुतीको कच्चा धागोलाई वारपिङ्ग मेसिनमा वीम बनाइ राखिन्छ । यो प्रकृया सकिएपछि कपडा बुन्ने मेसिनमा बारपिङ्ग गरी वीम बनाई राखिएको अर्धप्रशोधित धागोलाई कपडा बुन्ने मुख्य मेसिनमा पुन राखिन्छ । यो कार्यपछि भने उलन, सुती र पश्मिना कपडाका रोलहरु तयार हुन्छन् । त्यसपछि, उत्पादित ती कपडाका रोलहरुलाई उचित ढाँचा र बनोटमा विभाजन गरी सलको ढाँचामा परिवर्तन गरिन्छ । र ती सलको ढाँचामा तयार भएका कपडाका थानलाई तातो पानीमा धुएर घाममा सुकाउने गरिन्छ र ती सलका कपडामा विभिन्न डिजायन अनुसार सल कपडामा रंङ रोगन गर्ने, आइरन लगाउने, पट्याउने र उपयुक्त कपडाको रोल थान बनाइ प्याकीङ्ग गरी फिनिसिङको कार्य सम्पन्न गरी विक्रीका लागि तयार गरिन्छ ।

व्यवसायिक कार्य गरेर घर व्यवहार सहज तरिकाले चलेकोमा महिला उद्यमी सीता खातुन सन्तुष्ट छिन् । साथै, सामान्य साक्षर उद्ममशिल महिलाहरुलाई उनको निजी व्यवसायले रोजगारी दिएकोमा उनी खुसी छिन् । त्यसैगरी, उक्त कपडा उत्पादन सम्बन्धी टेक्सटायल व्यवसाय सन्चालनका लागि घरका अन्य पारिवारिक सदस्यहरुले उनको व्यवसायीक कार्य योजना सफल बनाउन थप सहयोग गरिरहेका छन् ।

तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले गर्दा यो व्यवसाय पनि अप्रभावित हुन सकेन । जनताको स्वास्थ्य सुरक्षामा ध्यान राखी सरकारले जारी गरेको लकडाउनको अवधिमा यस व्यवसायले पनि आफ्नो नियमित व्यापार व्यवसाय गर्न सकेन । त्यस्तै, अन्य सामान्य व्यापारिक समयमा भने यस प्रकारको व्यवसायले पनि अन्य समान किसिमका व्यवासायसँग व्यवसायिक प्रतिस्पर्धा गर्नु परेको छ । त्यसैले, यस किसिमका साना उद्योग व्यवसायबाट उत्पादन भएका लत्ताकपडा देशमा नै खपत होस् र बिदेशबाट आउने अन्य उलन, पश्मिना र सुतिका लुगा कपडालाई स्वदेशी घरेलु लुगा कपडाले नै विस्थापित गर्न गरोस् उनी भन्छिन् ।

ललितपुरको ठैब तथा यस आसपासका क्षेत्रमा करिव २०० बटा जती कच्चा धागोको रेसा प्रशोधन गरी सुती, उलन र पश्मिना कपडाका थानहरु उत्पादन गर्ने साना तथा मझौला उद्योगहरु छन् । ती क्षेत्रका बासिन्दाहरुको लागि यो कर्म पैत्रिक पेशा हो । बिगतमा उनीहरुका बाउबाजेले घरै बसी बसी कच्चा धागो खरिद गरी विभिन्न प्रकारका कपडाका थानहरु उत्पादन गर्ने कार्यहरु गर्थे । यही पेशा अहिले सो क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि व्यवसायिक कार्य भएको छ । उनीहरु सानो तिनो व्यवसायी भएका छन् ।

उनीहरुले आफ्ना पेशा व्यवसायबाट उत्पादन गर्ने विभिन्न प्रकारका सुती, कटन, उलका कपडाहरुले व्यवसायिकता पनि लिइसकेका छन् । र उनीहरु अचेल स्थानीयस्तरमा घरेलु विधीबाट सुती, कटन र पस्मिनाका कपडाका थानहरु बनाउने सफल व्यवसायी भएका छन् । तर, समग्र उत्पादन प्रकृया, डाइङ, फिनिसीङ र सिलाइ बुनाइ राम्रो र मजबुत भएकाले महिला उद्यमी सीता खातुन अन्य उद्योगी व्यवसायीहरुले उत्पादन गर्न कपडाका प्रकार भन्दा आफ्नो उद्योगले उत्पादन गर्ने कपडाका प्रकारहरु ग्राहाकहरुको प्रयोगका लागि गुणस्तरीय हुने बताउँछिन् ।

उनी आफ्नो नीजि व्यवसायबाट उत्पादन भएका सलहरुको माग ग्राहकहरुको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारहरुमा ज्यादा छ भन्छिन् । साथै, उनको उक्त नीजि व्यवसायबाट उत्पादन भएका वा बन्ने कपडाहरुको प्रकारहरु अफिस, पार्टी, उपाहार र घरायसी प्रयोजनमा बढी प्रयोग हुने उनी बताउँछिन् । उनी भन्छिन्, देशमा नै साना तथा मझौला व्यवसायहरु गर्ने अवसर छन् त्यसैले स्वदेशी व्यवसायको विकास तथा बिस्तार गर्नका लागि स्वदेशी कच्चा पदार्थको प्रयोगलाई बढी महत्व दिनुपर्छ।

साना तथा मझौला व्यवसायलाई नियमित रुपमा संचालन गर्नका लागि दक्ष जनशक्तिको अभाव छ । त्यसैले, स्थानीय स्तरमा स्थानीय सरकारको सम्बन्धित निकायले सो बारेमा विशेष ध्यान दिइ ती सँलग्न पेशा व्यवसायिहरुलाई थप शिपमुलक तालिम तथा प्रशिक्षण दिनुपर्छ । साथै, अझै पनि यस किसिमका पेशा व्यवसाय स्थानीयबासिका लागि घरयसी इलम भएका छन् । त्यसैले, यस पेशालाई आगामी दिनमा थप व्यवसायिक बनाउन आवश्यक छ ।

स्वदेशी उत्पादन बढाउन तथा यस विधीबाट उत्पादन भएका स्वदेशी कपडाहरुको प्रयोग गर्नका लागि सबै देशबासीलाई शुसुचित गराउनु पनि उत्तिकै जरुरी छ । त्यसैगरी, स्थानीय गाउँघरमा गरिने यस किसिमका पेशा तथा पेशाकर्मीको वृत्ति विकासका लागि सम्बन्धित पक्षले व्यवसायिक रुपमा विभिन्न प्रकारका व्यवसायिक शौलियत तथा सुरक्षा दिन पनि आवश्यक छ । साथै, मेसीन खरिद, कच्च पदार्थ खरिद र अन्य अत्यावसेक सेवा सुविधाको खरिदका लागि सरकारी निकायले सहजीकरण तथा यस किसिमका साना तथा घरेलु व्यवसायलाई नियमन गर्नु पनि उत्तिकै जरुरी छ । त्यसैगरी, महिला व्यवसायीहरुको व्यवसायिक लक्ष्य प्राप्तीका सन्दर्भमा आउने विभिन्न प्रकार व्यवसायिक अवरोधहरु तथा असहजताहरुलाई सबै व्यवसायीक पक्षहरुले सहयोग गर्नु त छदैछ ।

  • ४ पुष २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !