चीन अमेरिकामाथि प्रभाव जमाउदै

दीर्घराज प्रसाई

विश्वका अमेरिकाले अहिले आफूलाई शक्तिशाली राष्ट्र ठान्छ । अर्काेतर्फ चीन पनि विश्वमा आफ्नो पकड देखाउनेमा छ । अहिले चीन र अमेरिकाको बीचमा आपसमा बोलचाल त छ तर ‘मुखमा राम–राम बगलमिा छुरा’ जस्तो छ । दोस्रो विश्व युद्धपछि अमेरिकाको प्रभूत्व बढ्दै आएको हो । तर सन् १९९० मा सोभियत रुसलाई ढालेपछि अमेरिकाको बढ्दो महोत्वाकांक्षाले विश्वका देशहरुमा उसको दातागिरि, हस्तक्षेप, असहिष्णु अराजकशैली बढ्दै गएकोछ । अहिले फ्रि तिब्बतको नाममा चीनलाई ताकेको छ ।

विश्वमा आफ्नो प्रभूत्व कायम राख्न, हतियारमा अर्बौ डलर खर्च गरी, विश्वका केयौं सार्वभौम राष्ट्रहरुमा हस्तक्षेप गरेर आतंकवादी बाटो अवलम्वन गरेकाले अमेरिकाको भित्री स्वरुप खल्बलिदो छ । अमेरिकाको जनसंख्या लगभग ४० करोड छ । ४० करोड जनसंख्या मध्ये १० प्रतिशत अमेरिकीहरु बेकारी छन् । अमेरिका भनेको प्रशिक्षित ठालुहरुको देश हो जहाँ ८० प्रतिशत अमेरिकीहरु सामान्य जीवन बिताउनेमा छन् । अधिकांक्ष अमेरिकीहरु शिक्षित छन् तर उनीहरुमा आध्यामिक ज्ञानको अभाव छ । । कसरी पूजी संकलन गर्ने र सौखिन जीवन बिताउने भन्ने कुरामा सबै अमेरिकीको विचार केन्द्रीत रहन्छ । अमेरिकनहरुको एउटा विशेषता छ– जस्तोसुकै माफिया, भ्रष्ट होस् उसले सरकारलार्इृ कर बुझाउन आफ्नो कर्तव्य ठान्छ ।

अमेरिकामा आप्रवासीहरुको प्रवेशको बेलादेखि नैं आत्मरक्षाको लागि हरेक अमेरिकनले हतियार बोक्ने संस्कृतिको थालनीे गरेका हुन् । हो, हतियारको तुजुकले समाज नैं तानाशाही बन्छ । तर अमेरिकाको पहिचान नैं उसको युद्धकामी प्रवृत्ति हो । बाहिर रुप अमेरिकाको प्रजातान्त्रिक छ, माधवअधिकारवादी । तर भित्रीरुप अमेरिकाको तानाशाह र माफियावाद हो । कम्युनिष्टहरु भित्री र बाहिर दुबै तानाशाही हुन्छन् । अमेरिकाको देखाउने दाँत मात्र प्रजातन्त्रवाद हो तर उसको भित्रीरुप कम्यूनिष्ट भन्दा क्रुर नाताशाही प्रकारको छ ।

सन् १९९० पछि सोभियत रुस विखण्डन भएपछि अमेरिकी इशारामा रुसका राष्ट्रपति गार्वाचोवले पेरोस्त्राइकाको नीतिगत षययन्त्रबाट रुसलाई पूजिवादी देशको स्वरुपमा बदलेपछि रुसमा पनि माफियाहरुको जगजगी छ । रुसमा माफियाको वरखिलाप हिडेनेहरु कोही सुरक्षित हुन्नन् । वास्तवमा राजनिितक बिद्रोहलाई समयमा नैं नियन्त्रण गरेर सही बाटो दिलाउन सकेन भने त्यो राष्ट्रले जनताको हितमा केही गर्न सक्तैन । पूँजीवादी अर्थ व्यवस्था चलेको देशहरुमा कोही धनी र कोही गरीब हुने हुन्छन् । कामको आधारमा धनी गरिब र गरिब धनी पनि बन्छन् । यो राम्रो पनि हो । तर अमेरिका पूँजीवादको पराकाष्ठामा पुगेकाले अमेरिका अहिलेको अवस्था भन्दा फरक अवस्थामा जाने स्थिति छ ।

अमेरिका विश्वका देशका आप्रवासीहरुको बासस्थान बनेको छ । अमेरिकालाई संसारका मान्छेहरुको चींडियाखान भने पनि हुन्छ । त्यहाँका करिब ९० प्रतिशत रेड इण्डियन् आदिवासीहरुलाई आप्रवासीहरुले विस्थापित गरिसकेका छन् । सन् १७७२ भन्दा पहिला अमेरिका बृटिस् सम्राज्यभित्र थियो । सन् १७७४को ‘वोष्टन् टी युद्ध’पछि आधुनिक अमेरिकाको इतिहास शुरु हुन्छ । बृटिस् उपनिवेसको बिरद्धको आन्दोलनबाट अमेरिका स्वतन्त्र हुन्छ । संयुक्त राज्य अमेरिकामा पहिलो राष्ट्रपति जर्ज वासिङटन् हुन् । १७७२ भन्दा अगाडि अधिकांक्ष यरोपियन् राष्ट्रका मानिसहरु, अफ्रिकाका कालाजाति लगायत विश्वका मानिसहरुको बसोबासोको केन्द्रस्थल बन्दै आएकाले बहुसंस्कृति र भिन्न पहिचानको मुलुक बन्यो– अमेरिका । अनेकौं मुलुकबाट आएका भिन्न जातिबाट सुरक्षित बन्न बन्दुक र हतियारबाटै सुरक्षित भएर बन्ने अमेरिकीहरुको पहिचान बनेको छ ।

हजारौंबर्ष पहिलेदेखि अमेरिकाका आदिवासीहरुलार्इृ हतियारबाट त्रसित गराउँदै धम्क्याएर आफ्नो प्रभूत्व जमाउन आप्रवासीहरु लागे । सुरक्षित हुनको लागि आदिवासी वा आप्रवासी सबैले आत्मरक्षाको लागि हतियारलाई आ–आफ्नो सुरक्षाको आधार बनाएका थिए । अमेरिका स्वतन्त्र भएपछि पनि अमेरिकी संविधानमा नैं ‘हरेक अमेरिकीलाई आत्मरक्षाको लागि बन्दुक राख्ने स्वतन्त्रता रहनेछ’ भनेकाले अमेरिकामा हतियार बीनाको मान्छे नै. हुन्न । कतिपय ठाउँमा साना–ठूला हतियार बनाउने कारखानाहरु छन् । हतियार बनाउन र हतियार राख्न सरकारी स्वीकृति चाहिदैन । यसले गर्दा अमेरिकाका कतिपय ठाउँमा हत्याकाण्ड भइरहेका खबरहरु हामी पाउँछौं ।

अमेरिकनहरु जति मिलनसार र स्वतन्त्र छन् । यो उनीहरुमा भएका राम्रा गुण हुन् । तर अमेरिका फ्रि सेक्स् र फ्रि हतियारको देश भएकाले उसको भित्रीरुप अशान्त छ, त्यत्तिकै क्रोधी पनि छन् । सेक्स् फ्रि र हतियार बनाउन, राख्न र पडकाउन फ्रि भएपछि त्यो देश आफै असुरक्षित र अनियन्त्रित बन्दछ । पूर्व अमेरिकी राष्ट्रपति केनेडीले भनेका थिए– अमेरिकाको नयाँ पुस्तामा मसानको हालिमुहाली हुनेछ । अव त्यसको थालनी अमेरिकामा प्रारम्भ हुँदो छ । आर्थिक सहयोगको साथमा अमेरिकाले क्रिस्चियन धर्मलाई विश्वमा आफ्नो प्रभूत्व कायम राख्ने भाँडो बनाएको छ । अमेरिकी सत्ताले मानव अधिकार भनेको अर्को देश माथि जाइलाग्ने आतंंककारी बाटो लियो ।

अमेरिकीहरुसँग सबै कुरा छ तर सत्ता संचालकहरुमा विश्वास छैन, अडान र नैतिकता छैन । अमेरिकाले बील लादेन, सद्दाम् हुसेन् लगायत यस्ता धेरै व्यक्तिहरु अमेरिकाका विश्वासप्राप्त थिए । आफ्नो इशारामा नहिडेपछि इराकका सद्दाम् हुसेन्लाई झुण्डायो र बील लादेनको टाउकाको मूल्य तोकेको थियो । अमेरिकाले ठूलो धनराशी खर्च गरेर पाकिस्तानमा बीन लादेनको हत्या गरेर लाशलाई समुन्द्रमा फालिदिएको भन्ने खबर आयो । अमेरिकी फौजले यसो नगरेर बीन लादेनलाई पक्रिएर मुस्लिम प्रचलन अनुसार लादेनको लाशलाई दाहसंस्कारको लागि लादेनको परिवार वा अरबी राष्ट्रलाइृ सुम्पेको भए अमेरिकाको मानव अधिकार नाङ्गिदैन थियो । तर अमेरिकाको नीति यस्तै हेपाहा प्रवृत्तिको छ ।

अमेरिकाको स्वार्थ चीन ध्वस्त गर्नु हो । विश्वमा चीनको बढ्दो प्रभूत्वलाई समाप्त गर्न फ्रि तिब्बतको नाममा अमेरिकाले नेपाललाई आधार ईलाका बनाउन चहान्छ । अमेरिकाको अदुदर्शी साम्राज्यवादी स्वरुपले गर्दा अहिले अमेरिकामा उत्पादनशील उद्योगहरु सबै बन्द छन् । अमेरिकीहरुले आफूहरुलाई जति नैं चलाख ठाँनेता पनि अमेरिकी राजनीतिमा भूत र सैतानको चलखेल बढ्दो छ । राष्ट्रपति ल्किंनटनको समयमा नैं होला, अमेरिकन र अमेरिकाको नैं असरक्षित अवस्था बुझेर कुनै पनि अमेरिकीले हतियार कारखानाको स्वीकृति लिने र हतियार बोक्नेले पनि लाइसेन्स लिनु पर्ने कानूनी व्यवस्था हुनुपर्छ भन्दै एक अमेरिकी सांसदले प्रतिनिधिसभामा विधेयक पेश गरे । विधेयक पास भएको भोलिपल्ट ती साँसदको गोली हानी हत्या भयो । अमेरिकी राष्ट्रपतिले ती सांसदको शोक संम्वेदना व्यक्र गर्नु बाहके अरु केही गर्न सकेनन् ।

हतियार कारखाना भनेको कतिपय अमेरिकीहरुको खाइजीविका व्यवसाय हो । हतियार निर्माणमा सरकारी नियन्त्रणमा बस्नु परेमा उनीहरुको व्यवसाय नैं ध्वस्त हुन्छ भन्ने ठानिन्छ । यसरी अमेरिका आफै धरापमा फसेको छ । दशबर्षदेखि यता अमेरिकाका सबैजसो उद्योगहरु बन्द छन् । सबै चीनयाँ सामागीहरुले अमेरिकामा प्रभाव जमाएको छ । पूँजिवादी राष्ट्र र समाजवादी राष्ट्रको चिन्तनमा केही फरक छ । पूजिवादीहरु सौखिन हुन्छन् । समाजवादीहरु परिश्रमी हुन्छन् । समाजवादी नेतृत्वपक्षले पेलेर काममा लगाउँछ । यसलेगर्दा पूजिवादी राष्ट्रका उद्योगहरुमा बनेका चीजको मूल्य ५० डलर पर्छ भने समाजवादी राष्ट्रहरु, चीन, भियत्नाम, मलेशियामा बनेका चीजहरको मुल्य डलर १० मा बिक्री हुन्छ । यसपरिस्थितिमा अमेरिकी उद्योगहरु बन्द हुनु स्वाभाविकै पनि हो । चीनले उत्पादन गरेका आधारभूत आवश्यकताका सामान, लाउने, खाने, इन्जिनियरिङ उत्पादनहरु सस्ता छन् । सस्तो भएपछि धेरै बिक्री हुन्छन् र धरै बिक्री भएपछि प्रसस्त उत्पादन हुनेभयो । उत्पादन राम्रो भएपछि धेरै मजदुरहरुले काम पाउँछन्, बेकारी समस्या पनि नरहने भयो । उत्पादन बन्द र वितरणमा व्यवस्थापन सून्य भएकाले अमेरिका खोक्रो बन्दो छ । अहिले अधिकांश उद्योगहरु अमेरिकामा बन्द भइसकेका छन् ।

चीन साम्यवादी राष्ट्र हो । तर व्यवहारमा खुला आर्थिक नीति अवलम्वन गरेकाले चीन अहिले धेरै शक्तिशाली छ । चीनले अमेरिकीहरुले चीनप्रति जति नैं लगाम लगाउन खोजेता पनि चीनले अमेरिका लगायत संसारका अन्य राष्ट्रहरुमा आफ्रना उत्पादनहरु प्रिचालन गर्न छोडेको छैन । अमेरिका, यूरोपियन यूनियनहरु जस्ता प्रजातान्त्रिक देशहरु नेपाल जस्तो पवित्र हिन्दु तथा बौद्धभूमिलार्ई आधार इलाका बनाएर फ्रि–तिब्बतको कुराले चीनको टाउको दुःखाएका छन् । त्यसको लागि चीन आफै नेपालमा प्रवेश गरेर सिआए र फ्रि तिब्बतका मतियारहरुलाई लखेट्न नेपालमा लगानी गरेर र वन बेल्ट वन रोडको निित समेत अवलम्वन गरेर सक्रिय हुन लागेको जस्तो लाग्छ ।

हामी नेपालीहरु सुदृढ एक चीन नीतिको समर्थनमा छौं । तथापि सम्राइवादी शक्तिको बिरुद्ध चीनको प्रवेश नेपालमा हुनगएमा विश्वयुद्धको खतरा बढ्न सक्छ । हाम्रो भनाई छ कि अमेरिकाले चीन लगायत अरु देशहरुको आन्तरिक मामिलामा पछिलाग्ने बानी छोड्नु पर्छ । विश्व शान्तिको लागि पनि अमेरिकाले बाहिर संसार भन्दा आप्mनो देशैभित्रै जति खेल्नु छ खेलोस् । तर जवरजस्त अमेरिकी सीआएले चीन टुक्रयाउने रणनीति लिन्छ भने त्यसबाट अमेरिका सफल हुन सक्तैन । अतः अमेरिकाको यही पारा रहिरहने हो भने, चीनले बीना हतियार अमेरिकी जनतालाई दैनिक आवश्कताका बस्तुहरु सस्तोमा परिपूर्ति गर्दैगएमा यसैबाट चीनले अमेरिकालाई नैं कब्जा गर्न परिस्थिति आउन सक्छ ।

(माथि उल्लेखि विचार लेखकका निजी हुन् । संस्थासँग कुनै संलग्नता छैन )

Email:[email protected]

 

 

  • ५ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !