पौडेललाई भण्डारीले हेपेपछि घिमिरे उत्रिए प्रतिवादमा

लोकू बराघरे

काठमाडौं । नेपाली कांग्रेसको चालू केन्द्रीय समितिको बैठक चलिरहेको बेला बैचारिक विवाद देखिएको छ । आज कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा एकाएक माहोल तात्यो । प्रशंग, पुष १६ गते मेलमिलाप दिवासमा के गर्ने भन्ने विषयलाई लिएर विवाद देखियो ।

पार्टी सभापती शेर बहादुर देउवाले पुष १६ गते बिरोधको कार्यक्रम राख्ने भनेपछि विवाद शुरु भएको हो । सभापतीको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मेलमिलाप दिवसको अलग्गै महत्व भएका कारण त्यो दिन बिरोधको कार्यक्रम राख्ने नहुने धारणा राखे । लगत्तै केन्द्रीय सदस्य शंकर भण्डारीले प्रतिवाद गरे । उनले ‘अदालतको कुरालाई लिएर आन्दोलन गर्न नहुने बताए । ‘ भण्डारीले वरिष्ठ नेताले जे भन्यो त्यही मान्नु पर्ने भन्ने छैन् भनेर ठूलो स्वरमा बोलेपछि, नजिकै रहेका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रतिवादमा उत्रिए ।

घिमिरेले वरिष्ठ नेता ज्यूले ठीक भन्नु भएको हो, पुष १६ मा मेलमिलाप दिवस भएकोले बिरोध कार्यक्रम राख्न उपयुक्त नहुने बताए । अनि शंकर भण्डारी जंगिएर ‘तपाइ चुप लाग्नुछ । तपाईले के बुझ्नु भाको छ’ भनेर घिमिरेमाथि खनिए ।

घिमिरेले जंगिएर ‘तपाइ चुप लाग्नुस । ठूलो स्वरले बालेर मात्र हुन्छ ? तपाईले राष्ट्रिय राजनीति बारे के बुझ्नु भएको छ’, भनेपछि माहोल तात्यो । दुबै जनाले औला ठड्याएर ‘त चुप’, ‘त चुप’ भनेर बोलाबोल भयो । र, अरु केन्द्रीय सदस्यहरु रमिते बने ।

एकाएक विवादले नयाँ रुप लियो । भण्डारी र घिमिरेको वादविवादले पार्टी भित्र नयाँ तरंग पैदा गरिदियो । पौडेल पक्षधरहरुले सभापती देउवाले राखेको प्रस्तावमा फरक मत राख्नै नहुने जस्तो भएको छ । तर जे प्रस्ताव आयो, त्यो छलफल नगरी पास हुने अवस्था नरहेको पौडेल निकट एक जना केन्द्रीय सदस्यले जानकारी दिए ।

विवाद भएपछि महामन्त्री पूर्ण बहादुर खड्काले देउवा र पौडेललाई भित्र गएर कुरा गर्न र सहमतीमा टुंग्याउन आग्रह गरेका थिए । तर पनि पुष १६ मा के गर्ने कार्यक्रम तय हुन सकेन ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चली रहेको छ । अधिकांश बोल्ने केन्द्रीय सदस्यले वर्तमान अवस्थामा कांग्रेस मिलेर जानु पर्ने, कांग्रेसले अलग्गै बिरोधको कार्यक्रम तय गर्नु पर्नेमा जोड दिएको एक जना केन्द्रीय सदस्यले आजभोलिलाई जानकारी दिए ।

देउवा पक्षधर तत्कालै आन्दोलनको नजानेमा जोड दिइरहेका थिए । तर पौडेल पक्षधरहरुले भने कांग्रेसले तत्कालै आन्दोलनमा जानु पर्नेमा जोड दिदै आइरहेका छन् ।

 

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !