विश्वमा कोरोना संक्रमितको संख्या ८ कारोड २३ लाख नाघ्यो,अमेरिकामा झन्डै २ करोड संक्रमित

आजभोलि

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड २३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ८ करोड २३ लाख २१ हजार ३५८ पुगेको छ । हालसम्म विश्वभर झन्डै १८ लाख मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ३ सय भन्दाबढी संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ९६ हजार २६९ पुगेको छ ।

यस्तै, हालसम्म विश्वभर ५ करोड ८३ लाख ३१ हजार २९८ जना संक्रमणमुक्त भएका छन् । विश्वमा २ करोड २१ लाख ९३ हजार भन्दाबढी सक्रिय संक्रमित छन् भने १ लाख ५ हजार ९३९ जना गम्भीर बिरामी छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ९९ लाख ७७ हजार ७०४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १८ लाख ४४ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघेको छ ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड २ लाख ४५ हजार ३२६ पुगेको छ । संक्रमितमध्ये एक लाख ४८ हजार ४ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९८ लाख ३३ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७५ लाख ६४ हजार नाघेको छ भने १ लाख ९२ हजार ७१६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६६ लाख ४७ हजार भन्दा बढी निको भएका छन् ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !