विश्वमा एकैदिन १४ हजार ७ सयबढी संक्रमितको मृत्यु

आजभोलि

चीनको वुहानबाट एक वर्ष अघि सुरू भएको कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ।

विश्वमा पछिल्लो २४ घण्टामा १४ हजार ७ सय भन्दाबढी संक्रमितको मृत्यु भएको छ । एकैदिन मृत्यु भएको संक्रमितको यो संख्या अहिलेसम्मकै बढी हो । यसअघि बुधबार १४ हजार ११० संक्रमितको मृत्यु भएको थियो । संक्रमणको तेस्रो लहर र नयाँ प्रजातिको संक्रमण फैलिरहेको युरोपेली मुलुकमा मात्रै एकैदिन ५ हजार ७६३ संक्रमितको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १८ लाख १२ हजार ५० पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ७ लाख १८ हजार ९ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या ८ करोड ३० लाख ६० हजार ५३६ पुगेको छ । हाल विश्वमा सक्रिय संक्रमितको संख्या २ करोड २३ लाख ८६ हजार ४४१ रहेको छ भने १ लाख ६ हजार ६१६ को अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

हालसम्म विश्वमा संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८८ लाख ६२ हजार भन्दा बढी छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ५ लाख २३ हजार ५१० जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २ करोड २ लाख १६ हजार ९९१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १९ लाख ९८ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ५० हजार नाघेको छ ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ । संक्रमितमध्ये एक लाख ४८ हजार ७ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९८ लाख ५९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७६ लाख १९ हजार नाघेको छ भने १ लाख ९३ हजार ८४० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६७ लाख ७ हजार भन्दा बढी निको भएका छन् ।

 

  • १६ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !