यमनमा प्रधानमन्त्री लक्षित आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु,५० भन्दा बढी घाइते

आजभोलि

यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित एक विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

आक्रमणमा परी अन्य ५० जनाभन्दा धेरै घाइते भएका छन् ।केही समयअघि गठन भएको सरकारका सदस्यहरू चढेको विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् ।

यमनको एउटा समाचार वेबसाइट अलमस्दरले श्रम मन्त्रालयका उपसचिव मारिएका र दुई जना उपमन्त्री घाइते भएका उल्लेख गरेको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूल विस्फोट गराएको आरोप लगाएका छन् ।

यमन सन् २०१५ देखि द्वन्द्वको चपेटामा छ ।साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनस् स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो।

यमनमा द्वन्द्वका कारण एक लाख १० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका बताइएको छ । द्धन्दका कारण यमनका लाखौं मानिसलाई भोकमरीको चपेटामा पारेको छ । युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ।

कोभिड १९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ।

  • १६ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !