राजा वीरेन्द्रसँगको त्यो पहिलो भेट …!

दीर्घराज प्रसाईं

राजा महेन्द्रको २०२८ माघ २८ गते असामयिक दुःखद निधन भयो । राजा महेन्द्रको स्वर्गारोहणपछि राजा वीरेन्द्र राजसिंहासनमा बसे । राजा वीरेन्द्रबाट राजकाज चलाउन थालेपछि जनताको तर्फबाट मलाई २०२९ साल जेष्ठ १ गते दर्शनभेटमा बोलाइयो ।

मैले प्रमुख सचिव ईश्वरीमान श्रेष्ठबाट दर्शनभेटको खबर पाएपछि आठराईबाट मेरो जेठा दाइ विष्णुभक्तले पठाएको खुकुरी राजालाई उपहार दिन मन लागेर राजदरबार लिएर गएको थिएँ । मेरो दर्शन भेटपछि जोगमेहेर श्रेष्ठ र जेष्ठ ५ गते दामोदर शम्सेरको पालो रहेछ । खुकुरी राजालाई सिधै दिन नमिल्ने रहेछ । एडीसीले मलाई बैठकमा आएर हे हजूर खुकुरी मैले सरकारमा चढाए हुन्न’ भनेर सोधेपछि ‘मैले आफै दिदा हुँदैन र रु म आफै दिन्छु’ भनेपछि एडीसीले सो कुरा राजालाई बिन्ति गरेपछि राजाबाट स्वीकृति बक्सेको रहेछ ।

मलाई भित्र दर्शनभेटमा बोलाइयो । मैले राजालाई नमस्कार गरेपछि सरकार आठराईको खुकुरी सरकारमा चढाउन ल्याएको भन्दै सरकारको हातमा दिएँ । सरकारबाट खुकरी समातेर झट्ट दापबाट झिक्दै यता र उती हल्लाएर यति छिटो दामपा हालिबस्यिोकि म त छक्क परे । मलाई दापबाट खुकुरी झिकेर त्यसरी दापमा हाल्न धेरैवेर लाग्छ । राजाको कस्तो तालिम हुँदोरहेछ जस्तो लाग्यो । त्यसपछि कुराकानी शुरु भयो । लगभग दुई घण्टा दर्शनभेटपछि मैले आफैले बिदा मागें । राजा वीरेन्द्र अत्यन्त प्रफूल्ल भएको पाएँ ।

त्यो भेटमा मैले राजा महेन्द्रलाई चढाएको राजनीतिक परिचालनको लिखत राजा महेन्द्रको निधनपछि अधुरो जस्तै थियो । त्यही लिखत फेरि राजा वीरेन्द्रमा चढाएँ । प्रमुख सचिव ईश्वरीमानजीले मलाई पछि बोलाएर भन्नु भयो त्यो लिखत अर्कै प्रकारले परिचालन गर्ने भन्ने हुकुम भएको छ । तपाईबाट युवा विद्यार्थी परिचालन गर्ने अर्को लिखत चाहिबक्सेको छ भनेपछि मैले अर्को सुझाव जस्तो लिखत पनि पठाएँ । पहिला पेश गरेको लिखत चाहिं पछि त्यो गाउँर्फ राष्ट्रिय अभियानको मूल्यांकन परिपाटीको संशोधनमा परिमार्जित गरिएको थाहा पाएँ । त्यसैभेटमा मैले सरकारमा डा। तुल्सी गिरीलाई राजनीतिक सरल्लाहकार र डा। के आई सिंहलाई प्रशासकीय सल्लाहकार राखिबक्सिनु पर्छ । दुबैलाई सरकारबाट आफ्नो सल्लाहकार बनाइबक्सेमा सरकारलाई सजिलो हुन्छ’ भनेर बिन्ति गरेपछि सरकारले म तिर हेरेर, के आई सिंह त मान्दैनन् होलान् नी १’ भनेर प्रश्न गरेपछि मलाई थाहा भयो राजालाई को मान्छे कस्तो हो भन्ने राम्रो राजनीतिक जानकारी रहेछ । मैले भने– सरकार संझाउनु पर्छ नी १’

पछि डा। तुल्सी गिरीलाई मात्र राजनीतिक सल्लाहकार बनाइबक्सिएको रेडियोबाट घोषणा भयो । तर मैले चढाएको सल्लाहकारले गर्नुपर्ने कामकुरा कतै उल्लेख नगरी भेटघाटको सल्लाहकार जस्तो मात्र भयो । सिंहासनमा बसेपछि राजाले पञ्चायत व्यवस्था मन पराइबक्सन्न भन्ने बाहिर हल्ला सुनिएकाले मैले राजालाई पञ्चायत व्यवस्था सिद्धान्त र व्यवहार भन्ने अंग्रजीमा लेखेको पुस्तक त्यो दर्शन भेटमा चढाएको थिएँ । पुस्तकमा पञ्चायती व्यवस्थाको मूल शत्रु भष्टाचार भएकाले पञ्चायतलाई भ्रष्टाचारबाट जोगाउ नसक्नु पर्छ भन्ने सुझावहरु उल्लेख भएकाले पुस्तक चढाएकोमा म संतुष्ट भएँ ।

मैले सरकारमा त्यसबेला एउटा कुरा गरेको थिएँ ‘सरकार हिमालय सरकार विराटनगर गोल्छाकोमा सवारी भएछ । मान्छेहरुले भन्न लागेका छन् कि राजपरिवारले भत्ता खाएपछि ब्यापार गर्ने होइन । यसो भएपछि राजपरिबार विवादमा पर्नेछ’ उनीहरुले भनेको मैले सुनेको कुरा राजालाई सुनाएँ । मैले बिन्ति गरें– सरकार राजपरिवारले ब्यापार गर्न प्रतिवन्ध लगाउनु पर्छ । मैले बिन्ति विसाएको केही दिनमा राजदरबारबाट एउटा विज्ञप्ति रेडियोबाट प्रसारित भयो कि राजपरिबारका सदस्यहरुले कुनै बन्दब्यापार गर्न नपाउने प्रकारको खबर । त्यो खबर रेडियोमा प्रसारित त भयो तर फेरि कहिले पनि त्यो कुरा दोहोरिएन । लाग्दछ– दरबारियाहरुको ठूलो दबाबपछि त्यो त्यसै निस्तेज हुन गयो ।

एकपटक २०३२ सालमा मलाई प्रमुख सचिव कल्याण विक्रम अधिकारीले तपाईलाई सरकारबाट राष्ट्रिय पञ्चायतको सदस्यमा मनोनीत गर्न चाहिबक्सेको छ । भनेपछि मैले भनेको थिएँ– मलाई राष्ट्रिय पञ्चायतमा होइन, गाउँफर्क राष्ट्रिय अभियानमा मनोनयन गरियोस्, त्यसको ड्राफ्ट पनि मैले गरेको र त्यसबेला नारायण प्रसाद श्रेष्ठले मेरो बिरोध गरेकाले उसबेला गाउँफर्कमा काम गर्न पाइनँ । त्यही अनुसार म राष्ट्रिय पञ्चायतमा मनोनीत भइनँ । तर पछि कस्को बिरोधले हो गाउँ फर्कमा पनि नियुक्त भइनँ । त्यसबेलामा बाठो भएर आफ्नो भाग आफैले काटेँ ।

पछि २०३६ साल र २०४३ सालमा दुईृ पटक सरकारबाट राष्ट्रिय पञ्चायतमा मनोनीत भए । जनमत संग्रहमा झापा, ताप्लेजुड, तेह्रथुम, सगरमाथा, अञ्चल, नारायणी, गण्डकी अञ्चल लगायत नेपाल अधिराज्यका अनेकौं ठाउँमा पञ्चायतको पक्षमा दोर्णशम्सेर, डीपी अधिकार लगायतको समूह बनाएर हामीले साह्रै सक्रिय भएर काम गरेका थियौं ।

जनमत संग्रहमा पञ्चायतको विजय भएपछिको पहिलो संसदको सदनमा मैले प्रधानमंत्री सूर्यबहादुर थापाको सरकार अत्यन्त भ्रष्ट भनेर सप्रमाण बोलें । नेपालको सारा बन काटेर सुर्यबहादुर थापाले खाए भनेर प्रमाण नैं सार्वजनिक गरिदिएँ । जनमत संग्रहको बेला हामी कसैले सरकारबाट सहयोग पाएनौं । त्यसबेला सूर्यबहादुर थापा समेतले लाचार भएर मैले बोलेकोमा हात मिलाएका थिए ।

रिस पोखेर नयाँ संशोधीत संविधान २०३७ आएपछिको हेरफेरमा सूर्यबहादुर थापाले राजासँग मेरो बिरोध गरेछन् । बरु मैले समेत सिफारिस गरेका साथीहरु सांसद भए तर म सांसद भइनँ । त्यसपछि सामान्य प्रशासन मंत्री पद्मसुन्दर लावतीले मलाई बोलाएर नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा राम्रै सहुलियतसाथ नियुक्त गराउनु भयो । खैर जेहोस्– यहाँ सबै इमान्दार र योग्यता होइन, शक्तिका आधारमा मात्र काम हुन थालेकाले पञ्चायतभित्र चाकरीवाज र भ्रष्टहरु अगाडि पर्न थाले ।

२०४३ सालको दर्शनभेटमा राजा वीरेन्द्रसँगको दुई घण्टाको दर्शनभेटपछि बिदा मागेर म हिडे । केही पर पुगेपछि नेपालका केही भ्रष्ट र देशद्रोहीहरुको नाम टिपेर लगेको थिएँ । राजालाई दिन बिर्सिएछ । पर ढोकामा पुग्न लागेपछि गोजीबाट कागज झिकेर फनक्क फर्किएँ । मलाई त राजाको छेउमा बसेको ठूलो एलसीसीयन् कुकुरले यस्तो झम्टियो कि त्यो खतरा देखेर सरकारबाट कुकुरलाई बोलाउँदै टयाप्प कानमा समातेर बसिबक्सियो । राजाको न्यानो माया पाएको अवस्थामा मलाई मलाई डरै लागेन । सरकार केही जानकारीको लागि’ भन्दै मैले कागज दिएर फर्के । राजनीतिक नेताहरुको कर्तव्य हुन्छ देशलाई समृद्ध बनाउने र जनताको जीवनस्तर उठाउने । तर नेपालका नेताहरु जसरी हुन्छ देश र जनतालाई धोका दिने मात्र छन् ।

जेहोस्, जानेसम्म सकेसम्म मैले देशको हितमा आफूलाई समाहित गर्दै आएको छु । त्यसैले होला राजा महेन्द्रबाट काठमाण्डौं बाहिर जादा मेरो सुरक्षाका लागि अनुसन्धान विभागबाट मान्छे पठाउने गरेको रहेछ । त्यो कुरा २०२७ सालमा भैरहवामा निरंजन थापा, दीपक बोहोराहरुलाई राष्ट्रवादी युवामा एकता गराएर सक्रिय गराएपछि तानसेनमा विद्यार्थी संगठन खोल्न जाँदा त्यहाँ डी। एस।वी। गोविन्द बहादुर कार्कीले भनेपछि थाहा पाएँ । पछि राजा वीरेन्द्रबाट पनि एउटा प्रहरी कन्टेवल दिएको रहेछ । त्यो पनि पछि थाहा पाएँ । खैर त्यता नजाऊँ, मेरो भनाईको मक्सद् हो, नेपालका राजाहरु सक्रिय राष्ट्रवादी कार्यकर्ताहरुको कति माया गर्दा रहेछन् भन्ने हो ।

दरबार हत्याकाण्डपछि भारतले राजा ज्ञानेन्द्रलाई आफ्नो बसमा राख्न अनेकौ उपायहरुको खोजी ग¥यो । राजा ज्ञानेन्द्रबाट भारतीय षड्यन्त्र बुझेर भारतीय चालको समर्थन नगरेपछि भारत पुरा नेपालको राजसंस्था बिरद्ध नकारात्मक बन्यो । राजाबाट पद खान नपाएर आक्रोशित भइरहेका कांग्रेस र एमालेका गिरिजाप्रसाद र माधव नेपाललाई भारतले सत्ता दिलाइदिने आश्वासन दिएर आफूले आतंककारी भनिएको माओवादीलाई भारतले नैं सुरक्षा, सहयोग र तालिम दिएर राखेको थियो तिनैं माओवादी प्रचण्ड र बाबुराम भट्टराईसँग काग्रेस र एमालेका नेताहरु मिलाएर १२ बुँदे सहमति भयो । त्यही बेलादेखि नेपाल खतरनाक मोडमा पुगेको छ । १२ बुँदे सहमतिपछि कांग्रेस, एमाले, माओवादी समेत संयुक्त रुपमा २०६२ देखि सशस्त्र प्रकारको अन्दोलन प्रारम्भ गरियो । आन्दोलनले रक्तपातको स्थिति देखिएपछि राजा ज्ञानेन्द्रसँग सहमति भएर आन्दोलन बिसर्जन भयो ।

राजाबाट सत्ता हस्तान्तरण गरेपछि भारतको इशारामा राजासँग पूर्वाग्रह राखेर धर्मनिरपेक्ष, गणतन्त्र र पछि संघीयता जवरजस्त लाद्न खोजियो । पटक पटक अवैधानिक प्रकारले संविधानसभाको म्याद थप्दै २०७२ साल असोज ३ गते यूरोपका इसाई राष्ट्रहरुको दबाबमा नयाँ संविधान घोषणा गरियो । धर्मनिरपेक्ष घोषणा गरेपछि भारतीय हिन्दुवादी मोदी सरकार आक्रोसित भयो । त्यहीबेलादेखि नेपाल खतरनाक मोडमा छ । यसरी भारतको कांग्रेस ९आई० र पश्चिमाहरुको दाउपेचबाट नेपाल सम्हालिन नसक्ने अवस्थामा छ । देश यसरी सम्हालिदैन । अतः अब देशलाई स्थायी निकास दिन राजा वीरेन्द्रबाट प्रतिपादित नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा संतुलन कायम गर्दै अगाडि बढ्ने बाटोको अवलम्वन गरिनु सक्नुपर्छ ।

(माथि उल्लेखित विचार लेखकका निजी हुन । यस संस्थाको प्रतिधिनित्व गर्दैन )

 

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • ८. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ९. चिन्तारत बलदेव
  • १०. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी