फस्टाउँदो प्लाष्टिक व्यवसायः आत्मनिर्भर बन्दै युवा

प्रवीण भट्टराइ

आजभोलिका लागि प्रवीण भट्टराइको रिपोर्ट

ललितपुर ।नेपाल कृषि प्रधान देश हो। अधिकांश नेपालीहरु आफ्नो दैनिक जीवन निर्वाहका लागि स्थानीयस्तरमा बिभिन्न प्रकारका कृषि कर्महरु गर्ने गर्दछन् । तर कृषि कर्मसँग सम्बन्धित पेशा व्यवसाय जस्तै मत्य पालन, कुखुरा पालन, पशुपालन, मौरी पालन लगायत अन्य कृषि पेशासँग सम्बन्धी साना तथा ठूला व्यवसायहरु क्रमश गाउँघरबाट हराउँदै गएका छन् वा बिस्थापित हुँदै गएका छन् ।

कृषि योग्य जमिनबाट कृषि उपजहरुको उत्पादन अनुपात वा उत्पादकत्व घट्दो दरमा वा अनुपातमा छ । त्यसैले कृषि कर्म तर्फ कृषकहरुको आर्कषण पनि घढ्दै गएको छ । त्यसैले, कृषि सम्बन्धी साना तथा मझौला व्यवसाय स्थानीय गाउँ घरबाट बिस्थापित भएका वा कम मात्रा सन्चालनमा आएकाले घरेलु तथा साना उद्योग व्यवसाय जस्तै घरेलु कागज उद्योग, धातु तथा माटाका भाँडा बनाउने उद्योग, घरेलु सुती कपडा उद्योग, धान तथा तेल कुट्ने उद्योग र पुन प्रशोधन प्रकृयाबाट प्लास्टिकका पाइप तथा इलेक्ट्रीक सामान जस्तै सकेट बक्स, होल्डर आदी बनाउने कार्यमा युवा उद्यमीहरुको आर्कषण गाउँघर तिर अचेल बढ्दै गएको छ ।

यसै सन्दर्भमा श्री फुलचोकी पाइप उद्योग बि.स. २०७० सालमा घरेलु तथा साना उद्योग कार्यालय ललितपुरमा दर्ता भएको प्लास्टिकका पाइप बनाउने तथा विक्री गर्ने उदेश्य लिएर स्थापना भएको साना उद्योग व्यवसाय हो । उक्त साना उद्योग गोदावरी नगरपालिका १४ ठैबमा स्थित छ । यस व्यवासयका संचालक काभ्रेली युवा उद्यमी चुक बहादुर सुनार हुन् । उनले बिगत १५ बर्ष देखी उक्त व्यवसायिक कार्य गर्दै आइरहेका छन् । र नियमित रुपमा ५ जना दक्ष युवाले उनको नीजि उद्योगमा रोजगारी पाइरहेका छन्।

युवा व्यवसायी चुक बहादुर सुनारसँग मनकामना प्लास्टिक उद्योग बालाजुमा पहिले नै यस्तै प्रकारको पेशा व्यावसाय गरेको अनुभव छ। उनी भन्छन् ‟मैले बिगतमा मासिक ज्यालादारीमा मनकामना प्लास्टिक उद्योग बालाजुमा काम गर्दा गर्दै नै यो पेशा व्यवसायको बारेमा सामान्य ज्ञान लिएको हुँ।″ र मुख्य रुपमा प्लास्टिकका कालो पाइप बनाउने उनको नीजि साना उद्योग व्यवसायले नेपाल अधिराज्य भरी नै व्यावसायिक कारोबार गर्छ । साथै, नियमित रुपमा उपत्यकका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुर र काभ्रे, नुवाकोट, धाँदिङ, तनहुँ, कास्की, मोरङ सुनसरी जस्ता जिल्लाहरुमा पनि स्थानीय थोक तथा खुद्रा व्यापारीहरुलाई उक्त साना उद्योगबाट उत्पादित वा बनेका पाइप तथा अन्य इलेक्ट्रिकल सामानहरुको बिक्री बितरण गरिन्छ ।

पुनः प्रशोधन बिधीबाट पुनः प्रयोगमा आउन सक्ने पुराना प्लास्टिकका भाँडा कुँडा, ड्रम, बाल्टि, ट्याङकी, प्लास्टिक जग, प्लास्टिकका हर्पेका खाली बट्टा, स्याम्फोको खाली बट्टा, प्लास्टिका पुनारा मख आदि टुक्राइ वा मसिनो टुक्रा पारी गुणस्तर बिभाजन तथा मुल्याँकन पछि उपयुक्त अर्थ तयारी प्लास्टिक दानाबाट इनपुट, प्रोसेसीङ र आउटपुट सिद्धान्त अनुसार पुर्ण तयारी तथा अर्थ तयारीका कालो पाइप् वा रोल पाइप, बिर्को, इलेक्ट्रीक बक्स, सकेट, टुटी, बिट आदी अन्य प्लास्टिकका घरायसी सामानहरु बनाउने तथा उत्पादन गर्ने काम गरिन्छ। यसको प्रयोग हाउस वाइरिङ, अरर्थिङ तथा खानेपानी आपूर्ती गर्न गरिन्छ ।

कृषि कर्म तथा कृषि व्यवसायबाट देशका युवा जनशक्तिको पलायन भएता पनि वा कृषि कर्मसँग जोडिएका साना तथा घरेलु उद्योगको संचालन स्तरमा गिरावट आए पनि स्थानीय स्तरमा खेर जाने कच्चा सामाग्रीको वा पुराना तथा थोत्रा प्लास्टिकका भाँडाकुडाबाट टुक्राएर वा दाना बनाएर पुन प्रशेधन प्रकृयाबाट नयाँ प्लास्टिकका पाइप बनाउने कार्य गर्ने काभ्रेली युवा उद्यमी व्यवसायी चुक बहादुर सुनार अचेल व्यवसायिक रुपमा स्वभलम्भी भएका छन् । र आफ्नो सबै किसिमका पारिवारिक अवस्यकता पुरा गर्दै स्वदेशमा नै घरेलु व्यवसायको संचालन तथा प्रवर्धनका लागि विभिन्न प्रकारका व्यवसायिक कार्यहरु गरिरहेका छन् ।

युवा उद्यमी सुनार उक्त साना व्यवसायलाई चाहिने अवस्यक कच्चा पदार्थहरु जस्तै थोत्रा प्लास्टिकका भाँडा बर्तन सहरका कवाड पसलबाट सँकलन गर्छन् वा खरिद गर्छन्। साथै, ती कच्चा सामाग्रीहरु धनगढी, पोखरा, नारायणघाटबाट ल्याउँछन्। साथै, अन्य कच्चा सामाग्रीहरु जस्तै ग्यासँ पाउडर, कार्मन गोटी भारतीय बजार र स्थानीय आपपूर्तिकर्ताहरु बाट खरिद गर्दछन् । र प्याकिङमा प्रयोग हुने फित्ता भने स्थानीय विक्रेताबाट किन्छन्।

दीगो रुपमा देशको आर्थिक सम्वृद्धिका लागि औद्योगिक विकास हुनु जरुरी छ । त्यसका लागि देशमा साना उद्योग व्यवसायको स्थिती राम्रो हुनुपर्छ । साथै, व्यवसायिक रुपमा देशमा हुने औद्योगिकरणको बिस्तारले यूवा समूहमा व्याप्त भएको बेरोजगारी तथा अर्ध बेरोजगारीको अवस्थालाई समाधान गर्छ । साथै, यस प्रकारको स्थानीय स्तरमा हुने व्यवसायीकताले स्थानीय श्रोत तथा शिपको प्रयोग बढ्न थाल्छ। साथै, आयात कम हुन्छ भने निर्यात बढ्छ जसले गर्दा राष्ट्रिय उत्पादन र उत्पादकत्व बृद्धि हुन्छ।

उक्त साना उद्योग व्यवसायमा १० लाख जतिको लगानी छ। २ बटा मुख्य मेसीन संचालनमा छन् । ५ जना व्यक्तिहरुले सो उद्योगमा प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । साथै, स्थानीय महिलाहरुको समूहले दैनिक ज्यालादारीमा पुराना प्लास्टिकका सामानहरुलाई काट्ने, टुक्याउने र प्लास्टिको कालो पाइप तथा अन्य विदुतिय सामानहरु बनाउन योग्न हुने गरी विभाजन वा बग्रिकरण गर्ने गर्दछन् । यूवा उद्यमी चुक वहादुर सुनार भन्छन् ‟यूवा जनशक्तीलाई रोजगारी दिनका लागि यो पेशा व्यवसाय गरिरहेको छु। र म आफैपनि स्वरोजगार भएको छु । साथै, सरकारलाई यस व्यवसाय सन्चालन गरी बार्षिक रुपमा स्थानीय सँस्थागत नविकरण कर र मुल्य अभिविद्धी कर मार्फत सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेको छु।″

सहरमा अव्यवस्थित रुपमा सँकलन हुने वा जम्मा हुने पुन प्रयोगमा आउन सक्ने प्लास्टिकका कच्चा पदार्थहरुलाई पुन प्रशोधन विधीबाट नयाँ कालो पाइप र अन्य बिद्युतीय सामान बनाउँदा सहरमा बढ्दै गएको प्रदुषण नियन्त्रमा योगदान पुगेको छ। साथै, स्थानीय फोहर मैला व्यवस्थापन पनि भइरहेको छ । र स्थानीय स्तरमा पर्यावरणमा सुधार आएको छ। साथसाथै, बिग्रेका थोत्रा मोत्रा वा पुन प्रयोगमा ल्याउन नसक्ने थोत्रा प्लास्टिकका टुक्राटुक्रीहरुलाई पुन प्रशोधन गरी कालो पाइप बिभिन्न ढाँचामा बनाउने वा उत्पादन गर्ने कार्य पनि भइरहेको छ। यस प्रकारको व्यवसायिक कार्य पुन प्रयोगमा नआउने वा आउन सक्ने प्लास्टिका कच्च सामाग्रिहरुलाई पुन प्रशोधन पद्धतीबाट पुन प्रयोग गर्न सकिन्छ भन्ने एक उदाहरण हो । साथै, यस प्रकारको व्यवसायिक कार्यले देशमा स्थानीय घरेलु व्यवसाय प्रवर्धन गर्न पनि सहयोग पुगेको छ ।

देशको गरिवी निवारण वा न्यनिकरण गर्ने ध्येयमा पनि यस प्रकारका साना तथा घरेलु उद्योगले सहयोग पुय्याउँछ। तर देशमा यस प्रकारका व्यवसाय बिस्तारका लागि व्यवसायिक पूर्वाधार जस्तै मेसिन तथा प्रविधी, कच्चा पदार्थ र दक्ष जनशक्तिको आवश्यकता छ । र ती मानविय तथा गैह्र मानविय श्रोत साधनको प्रभावकारी प्रयोग तथा परिचालन हुनु पनि आवश्यक हुन्छ ।

साथै, यस प्रकारका साना उद्योग व्यवसायले सम्बन्धित निकायमा बुझाउने स्थानीय कर र मुल्य अभिवृद्धि करका दरमा छुट पाउनु पर्ने यूवा उद्यमी चुक बहादुर सुनारको भनाइ छ । साथै, उनी भन्छन् ‟यस किसिमको व्यवसायको प्रवर्धनमा स्थानीय सरकारी निकायले सहजिकरण गर्नुपर्छ।″ त्यस अतिरिक्त्त, उनी भन्छन् ‟बिद्युती महसुलमा पनि छुट दिनुपर्छ । साथै, व्यवसायको संचालन तथा बिस्तारका लागि बैँकिङ कर्जा हामी व्यवसायिहरुलाई सौहुलियत व्याज दरमा दिनुपर्छ।″

देशमा कृषि कर्म प्रती सबैको रुची कम हुँदै गएको छ । खेती किसानी गरेर जीवको पार्जन गर्ने यूवा समूह पनि बैदेशिक रोजगारिको लागि देश बाहिर छन् त्यसैले कृषि कर्म र यससँग सम्बन्धित अन्य व्यवसायिक कार्यले नै देशको औद्योगिक विकासमा सहयोग गर्दछ । त्यसैले देश भित्रै साना तथा घरेलु उद्योग सन्चालनका लागि कृषि कर्ममा सबैलाई लाग्न प्रेरित गर्नुपर्ने भएको छ । साथै, स्थानीय रुपमा कृषिबाट उत्पादन हुने वा स्थानीय स्तरमा बिभिन्न श्रोतबाट आउने अन्य कच्चा पदार्थहरुको व्यवसायिक प्रयोगमा जोड दिनुपर्ने भएको छ । यदी यसो भएको खण्डमा मात्र ग्रामीण क्षेत्रमा साना तथा घरेलु उद्योगको बिकास तथा बिस्तार हुनसक्छ । र हाम्रा पुराना तथा परम्परागत शिप, कौसल र प्रविधीको पूर्ण प्रयोग भइ सँगठित रुपमा गाउँ ठाउँमा नै साना तथा मझौला व्यवसाय सँगठित रुपमा सन्चालन हुन सक्छन् । साथै, देशका यूवा वेरोगारीको समस्या केही मात्रामा भएपनि हल हुन सक्छ ।

इन्पुट प्रकृयामा सर्व प्रथम पुराना प्लास्टिकका कच्चा सामान जस्तै बाल्टी, ड्रम, जग, हर्पेक र स्याम्पोका बट्टाहरु सँकलन गर्ने । त्यसपछि पुन प्रशोधन प्रकृयामा आउने वा पुन प्रयोगमा आउन सक्ने प्लास्टिका सामानहरुको वर्गिकरण तथा गुणस्तर मापन गर्ने र मसिनो टुक्रा पारेर ती पुन प्रयोगमा आउन सक्ने प्लास्टिकका सामानलाई काट्ने र धोइ पखाली प्रोसेसीङ प्रकृयाको लागि तयारी अवस्थामा राख्ने । प्रोसेसिङ प्रकृयामा धोइ पलखाली राखेको मसिना प्लास्टिकका टुक्रालाई दाना मेसिनमा पेलेर प्लास्टिक दाना बनाउने र त्यसलाई मिक्सरमा राखेर प्लास्टिक दानालाई तातो बनाउने र उक्त तातो प्लास्टिक दानालाई सोली मेसिनमा हाल्ने त्यसपछि सोली मेसिनमा स्ररुप र व्यारल ले तातो प्लास्टिक दानालाई पेल्दा डाइको बनावट वा मोडल अनुसार कालो पाइप बनाउने र पानीको सतहमा उक्त कालो पाइप आए पछि टेकअपले तान्ने र रोलर मेसीनको प्रयोग गरी पाइपलाई बान्डिङ तथा प्याकिङ गरी बजारमा बिक्रीका लागि तयार गर्ने गरिन्छ।

देश भित्रै साना तथा मझौला उद्योगको स्थापना र प्रवर्धनका लागि स्पष्ट व्यवसायिक योजना हुनुपर्छ त्यसका लागि देश भित्र छरिएर रहेका साना तथा घरेलु उद्योग उपयोगी हुन सक्छन् । र खुम्चिदै गएको कृषि योग्य भूमीलाई उर्वर बनाउनु पनि उतिकै जरुरी छ । यदी कृषि पेशालाई व्यवस्थित र बैज्ञानीक तरिकाले गर्ने हो भने देशमा पक्कै पनि साना तथा घरेलु उद्योगको विकास हुने छ र देशबाट बेरोजगारी समस्याको अन्त्य हुनेछ ।

त्यसैले, थोत्रा तथा काम नलाग्ने भनि फ्यालिएका प्लास्टिकका सामानहरुलाई पुन प्रयोगमा ल्याउन यस किसिमका साना उद्योग व्यवसायलाई व्यवसायिक वातावरण बनाइ दिनुपर्छ । त्यसैले यस व्यवसायलाई थप व्यवसायिक सुरक्षा दिनु पर्ने देखिन्छ । र यस पेश व्यवसाय अपनाउने साना व्यवसायिहरुलाई उनीहरुको दीगो जीवन निर्वाहको वातावरण पनि सम्बन्धित निकायले बनाइ दिनुपर्छ । साथै, यस व्यवसायको बजारिकरणमा पनि सरकारी निकायले आवश्यक पहल गर्नुपर्छ । सरकारी निकाय आफै यस प्रकारको व्यवसायको पहिलो उपभोक्ता भएर व्यवसायबाट उत्पान हुने प्लास्टिकका पाइप रोल खरिद गरी अनिवार्य रुपमा सरकारी भवन तथा कार्यालयमा प्रयोग गर्न प्रत्साहान गर्नुपर्दछ । साथै, यस प्रकारका साना तथा घरेलु उद्योगको बिकासका लागि सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार व्यवसाय सन्चालनमा ल्याउनु पर्दछ । मुख्य रुपमा कृषि पेशालाई अझ व्यवस्थित बनाउनु पर्छ जसले देशको औद्योगिक विकासमा सघाउ पुर्याउँछ । साथै, खेर जाने वा पुन प्रयोगमा आउने स्थानीय कच्च पदार्थ, श्रम र शिपको व्यवस्थित रुपमा प्रयोग तथा परिचालन गरी देश भित्रै साना तथा मझौला व्यवसायलाई थप व्यवस्थित गरी सन्चालन गर्नुपर्छ र सबै यूवाशक्तिलाई व्यवसायिक बनाइ उपयुक्त किसिमका रोजगारीका अवसरहरु राज्यले श्रृजना गर्नु पर्दछ।

 

  • २४ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !