जीन्यूजद्वारा सगरमाथाको उल्टो डीएनए टेष्टः सगरमाथामाथि नै दाबी

आजभोलि

काठमाडौं । भारतीय टेलिभिजन च्यानल जीन्यूजले नेपालको सगरमाथामाथि भारतले दाबी गर्ने पर्ने बताएको छ । उसले सगरमाथामा भारतले दाबी जनाएको छ । पहिलो दाबी सगरमाथाको नाम पनि परिवर्तन गर्नु पर्ने बताएको छ । जसका लागि उसले अभियान समेत चलाएको छ ।

जीन्यूज च्यानले आफ्नो ट्वीटरमा माउण्ट एभरेष्टको नाम किन माउण्ट सिकदर चाहियो भनेर सुधीर चौधरीले संचालन गर्ने उक्त टेmिलभिजनको डीएनए टेष्ट कार्यक्रम रिपोर्ट राखेको छ । साथै उक्त च्यानलले नाम परिवर्तन र भारतको सगरमाथामाथिको दाबी गर्ने अभियानमा सहभागी हुन अपिल समेत गरेको छ ।


चौधरीले पहिलो पटक सगरमाथाको पत्ता लगाउने राधाकृष्ण सिकदर भारतीय भएकाले सगरमाथाको नाम सिकदरको नामबाट राख्नु पर्ने बताए । र, भारतले आफ्नो दाबी अघि सार्नुपर्छ भन्दै नेपालको सगरमाथाप्रति हमला बोलेका छन् ।

अझ संकास्पद कुरा त के छ भने, चौधरीले भने यो त हाम्रो अभियानको एउटा मात्र हिस्सा हो । अरु पनि अझैं बाँकी छन् । यसबाट के स्पष्ट हुन्छ भने, चौधरी नेपाल प्रधानमन्त्री ओलीको अन्तरवार्ताका लागि मात्र आएका हैनन् । उनी अरु नै मिसनका लागि भारतको एजेण्ड बनेर आएका हुन् । र, भित्रभित्रै उनी आफ्ना अरु मिसन पनि संचालन गर्दैछन् भन्ने कुरा पुष्टि हुन्छ । यसको पछिल्लो उदाहरण सगरमाथामाथिको दाबी हो । अरु बाहिर आउन बाँकी नै छ ।

गत आइतवार जीन्युजका लागि सुधीर चौधरीले नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओलीको अन्तरवार्ता प्रसारण गरेको थियो । जुन निकै विवादस्पद र आलोचित रहेको थियो ।

जीन्युजका सम्पादक सुधीर चौधरी आफैमा आलोचित तथा कट्टर हिन्दूअतिवादी पत्रकार हुन । उनलाई भारतभित्रै धार्मिक, जातीय तथा सामाजिक घृणा फैलाएको आरोप लाग्दै आएको छ । उनीले कोइला घोटालाको समाचार रोक्न्ने भन्दै १०० करोड भारतीय रुपयाँमा सौदाबाजी गरेको आरोपमा १४ दिने तिहाड जेल बसेका थिए ।

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !