यो लोकतन्त्रको दिन हो-बाइडन

आजभोलि

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले सपथ ग्रहण पछिको देशको नाममा सम्बोधन गर्दै भने यो दिन लोकतन्त्रको दिन हो । हामीले जानेका छौं, लोकतन्त्र निकै बहुमुल्य हुन्छ । त्यो हामीले बुझेका छौ । भोगेका पनि छौं । तर अहिले हामी निकै कमजोर अवस्थामा छौं ।

बाइडनले अमेरिका सन्दर देश भएको पनि बताए । एक अमेरिका र सबैको अमेरिका भएको एकताबद्ध हुनु पर्ने बताए । सबै आत्मैदेखि खुला रुपमा सहयोग गर्न पनि आह्वान गरेका छन् ।

जो बाइडनले अमेरिकाका ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए।

साथै कमला ह्यारिसले उपराष्ट्रपति पदको सपथ लिएकी छन्।

समारोहमा पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन्।

Photo:cnn.com

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !