प्रजातन्त्र दिवसको दिनले संसद विघटनविरुद्धको आन्दोलनलाई थप उर्जा प्रदान गर्छ : सभापति देउवा

आजभोलि

प्रजातन्त्र दिवसको दिनले संसद विघटनविरुद्धको आन्दोलनलाई थप उर्जा प्रदान गर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र दिवसको दिनले संसद विघटनविरुद्धको आन्दोलनलाई थप उर्जा प्रदान गर्ने बताएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको उल्लेख गरेका छन् । 

‘समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै हो ।’, सभापति देउवाले शुभकामना वक्तव्यमा भनेका छन् ।  

प्रजातन्त्रको स्थापनाले राजनीतिक परिवर्तन मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा अग्रगामी परिवर्तनको मार्ग प्रशस्त गरेको बताउँदै देउवाले मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गरेको र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गरेको उल्लेख गरेका छन् ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !