मधेशमा समाजितक असमानाको कारण मधेश केन्द्रित राजनीतिक दलहरूको राजनैतिक असफलता नै हो

आजभोलि

मधेशमा भएका मधेशी, जनजाती, दलित, मुस्लिम र अन्य सिमान्तकृत वर्ग, जाती र भाषाभाषिका नागरिकहरूलाई उनीहरूले आफ्नै गाउँघरमा भोग्ने वा भोगेका सामाजिक कुरीति र कुसँस्कार अन्त्यका कसरी सम्भव छ । उनीहरूलाई राजनीतिक रुपमा थप शसक्तिकरण गराउन राजनीतिक दलहरू, स्थानीय संघसंस्था र नागरिक समाजको भूमिका कस्तो हुनुपर्छ  यिनै विषयमा रहेर आजभोलिका विशेष संवाददाता प्रवीण भट्टराईले  यूवा अनुसन्धानकर्ता तथा तराई मधेशका जानकार प्रताप अधिकारीसँग गरेको संवाद।  

) तराई मधेशका सामाजिक, सँस्कृतिक एतिहासिक पक्षहरू के के हुन् ?  स्थानीयस्तरमा मधेश मधेशी समुदायका मुख्य मुख्य समस्याहरू के के छन् ?

तराई मधेशको सामाजिक पक्षको कुरा गर्ने हो भने जातिगत रुपमा बिभिन्न प्रकारका सामाजिक तहहरू छन् वा वर्ण तथा जाती विन्यास छन् । जस अन्तर्गत ब्राह्मण, क्षेत्री, बैश्य र शुद्र पर्दछन्। सामाजिक रुपमा यी जात जातिमा पर्ने मानिसहरूको आर्थिक अवस्था भने भिन्न रहेको छ । ब्राह्मण, क्षेत्री र बैश्यहरू आर्थिक रुपमा सम्पन्न मानिन्छन् तर शुद्र भने विपन्न वर्गमा पर्छन् । ब्राह्मण,  क्षेत्री र बैश्य समूहमा पर्ने जात जातिका मानिसहरूको पुर्खेउली सम्पती हुने वा शिक्षामा पहुँच हुने वा उनीहरू व्यापार जागिरमा सँलग्नता हुने र उनीहरू कृषि पेशबाट पनि मगन्ग आय आर्जन गर्न सक्ने हुन्छन् ।  

त्यसैगरी, सँस्कृति पक्षको कुरा गर्ने हो भने पूर्वी तराई मधेश देखी पश्चिमी तराई मधेशसम्म नै विविधता रहेको छ । जस्तै भेष भुषागत विविधता, चार्डबार्ड मनाउने कुरामा विविधता, खानपिनमा विविधता । तर, तराई मधेशका सँस्कृति पक्षहरूलाई सामाजिक मुल्य मान्यता तथा आर्थिक पक्षले भने खासै प्रभाव पार्दैन । किनभने उनीहरूको यो परापुर्व काल देखि नै मान्दै आएको सामाजिक तथा सँस्कृति  चार्ड पर्वहरू हुन् । जस्तै  तिहार, छट र जितिया होली, माघी, चौरचन तराई मधेशका प्रमुख सामाजिक तथा सँस्कृति चार्ड पर्वहरू हुन् ।

त्यसैगरी, तराई मधेशको एतिहासीक पक्षको कुरा गर्ने हो भने यो समथर भूभाग हो । यही क्षेत्रमा घना बनजँगल, चुरे भावर प्रदेश, शिमसार क्षेत्र, राष्ट्रिय निकुन्ज, कृषि योग्य जमिन र महत्वपुर्ण धार्मिक तिर्थ स्थलहरू जस्तै जानकी मन्दिर, लुम्बिनी, आर्जुनधारा, बुढा सुब्बा, दन्तकाली आदी धार्मिक मठमन्दिर र पिठहरू छन् । साथै, एतिहासिक रुपमा मधेशका भूमागहरूको सामाजिक बिविधताको पक्षहरू र साँस्कितक धरोहरका पक्षहरूमा पनि बिविधता रहेको पाइन्छ । र यसको किसिमको तराई प्रदेशमा भएको सामाजिक र सँस्कृतिक बिबिधताले गर्दा नै मधेशबासीले यसलाई सदियौँ देखि आत्मासाथ गर्दै सद्भभाव पुर्ण बतावरणमा एउटै भूलोगमा बस्दै आएको कुरालाई  एतिहासीक पक्षको रुपमा स्वीकार गर्न सकिन्छ ।      

त्यसैगरी, स्थानीय स्तरमा मधेशी समूदायमा अशिक्षा र बेरोजगारीको समस्या छन् । यस प्रदेशमा लैँगिक बिभेद, जातिबाद बिभेद पनि देखिन्छन् । साथै, बोक्सी प्रथा, छुवाछुत र महिला हिँसाका घटनाहरू पनि तराई मधेशमा छन् ।  तर यस किसिमका सामाजिक कुरिती र कुँस्सकारका घटनाहरूमा पछिल्लो समयमा भने केहि मात्रा सुधार आएका छन् । तर, मधेशी  यूवा समूहको पहुँच सामाजिक बहस र अन्तरघुलनमा भने न्युन रहेको देखिन्छ । त्यसैगरी, मधेश आन्दोलन पछि मधेशबासीमा राजनीतिक चेतना चै आएको देखिन्छ यद्यपी सँगठनात्मक रुपमा तराई मधेशको भावना र आवाज  एकिकृत रुपमा अझै पनि आउन नसकेको देखिन्छ । तसर्थ: तराई मधेशका सामाजिक मुद्धामा  बैचारिक भिन्नता छ त्यसैले मधेशका साझा सामाजिक, सँस्कृतिक र एतिहासिक बिषयका मुद्धाहरूलाई राज्यका सम्बन्धित निकायहरूले अझै सम्मपनि उपयुक्त ढँगले हल गर्न सकेका छैन् ।   

) तराई मधेशमा रहेका सामाजिक कुरीति कुसँगतीको मुद्धामा मधेश किन अझै पछि परेके ? यस्ता सामाजिक कुरीती कुसँगतिको दीगो समाधान गर्न के कस्ता कार्यहरू गर्नुपर्छ ?

मधेश केन्द्रित राजनीतिक दलहरूको राजनितक असफलताले गर्दा यो समस्या आएको हो । साथै, मधेशी यूवा समूह राज्यबाट वहिस्करणमा परेका छन् । त्यसैगरी, मधेशमा आदिम काल देखि नै बस्दै आएका  थारु, मुसहर,  झाँगड, कुमाल, धिमाल, मधेशी, जनजाती, दलित र मुस्लिम समुदायका व्यक्तिहरू राज्यबाट उत्पिडनमा परेका छन् । त्यसैले, अधिकार नपाएका र पहिचान गुमाएका ती जातजाती र भाषाभाषिका नागरिकहरूलाई राज्यले उनीहरूका नैसर्गिक हक अधिकार र सामाजिक पहिचान दिनुपर्छ । साथै, सबै सिमान्तकृत वर्ग, जाती, लिँग, धर्म र सबै सम्प्रदाय बिच आपसी सद्भाभाव र सह अस्तित्वको कमी छ त्यसैले सबै जातजाती, भाषाभाषी र विभिन्न धर्म सँस्कृती मान्ने मधेशी जनताहरू बिच सह सम्बन्ध बनाउने कार्यमा पनि राज्यले प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ । त्यसबाहेक, तराई मधेशका मुस्लिम समूदाय, थारु समूदाय, आदिवासी समूदाय, मधेशी समूदाय र अन्य पिछाडिएको समूदाय र भाषाभाषीका लागि  विशेष अधिकारहरू उनीहरूलाई दिन सरकारी निकायले जनस्तरमा  थप अतिरिक्त कार्यहरू गर्नुपर्छ । 

तसर्थ स्थानीय समूदाय स्तरमा हुने यस प्रकारका रिति, तिथी, कुप्रथा र कुसँस्कारले गर्दा नै  तराई  मधेश अझै पनि सामाजिक तथा सँस्कृति रुपमा पछी परेको छ । साथै, मधेशी समूदायमा मानिसहरूलाई उनीहरूका गाउँठाउँका सामाजिक समस्याहरूको न्युनिकरणका लागि आवश्यक जन चेतनाको खाँचो छ ।  साथै सामाजिक कुरीती र कुसँस्कृती हटानका लागि उनीहरूलाई नै सँलग्न वा सहभागि गराएर सामाजिक अभिमूखिकरणका कार्यक्रमहरू नभएको पनि पाइएका छन्। र भएका यस किसिमका कार्यक्रमहरू पनि पर्याप्त र प्रभावकारी छैन् । त्यसैले स्थानीय यूवाहरूलाई सो सामाजिक कुप्रथा तथा कुसँस्कारहरूको अन्त्यका लागि अर्थपुर्ण सहभागिता गराउनु पर्छ । र उनीहरू बाटै स्थानीय स्तरमा शुसासन र जनचेतना मुलक कार्यक्रमहरू सन्चालन गर्नुपर्ने देखिन्छ । साथै, यूवाहरूलाई राजनीतिक कार्यक्रममा सहभागि गराएर पनि यस्ता सामाजिक कुरीती र कुसँगतिको दीगो समाधान गर्न सकिन्छ । साथै, मधेशी जनता सँग गरेका सबै प्रकारका राजनीतिक सम्झौताहरूको पूर्ण कार्यान्वय हुनुपर्छ । राजनीतिक घटनाक्रमले मधेशमा मधेशको सामाजिक तथा सँस्कृतिक जन जीवन प्रभावित भएका छन् । त्यसैले मधेशको सामार्थ र स्थानीय स्तरमा उपलब्ध हुने साधन श्रोतका आधारमा मधेशबादी राजनीतिक दलहरूले राजनीतिक निकाश दिन सक्नुपर्छ । 

) तराई मधेशको समग्र विकासका लागि कुन राजनीतिक तथा सामाजिक मोडल उपयुक्त हुन्छ ? मधेशी भूभागमा व्याप्त सामाजिक तथा राजनीतिक समस्याहरू के का उपजहरू हुन् ?  

तराई मधेशमा समावेशी सहभागिता,  शुसासन, बिकेन्द्रिकरण, आत्मा निर्भरता र आत्मा अधिकारमा मा जोड दिँदै बि स २०७२ को नेपालको सँविधानले अँकिकार गरेको सँघीय व्यवस्थालाई अपनाउँदै र  चाहिने विधानमा चाहिने मात्रामा सुधार गर्दै विकासका कार्यक्रमहरू स्थानीय स्तरमा लैजाने हो भने राजनीतिक र सामाजिक सुधार देख्न वा अनुभूत गर्न सकिन्छ । साथै, स्थानीय नागरिक समाज, स्थानीय यूवा समूह, जनप्रतिनिधीहरू, निर्णायक भूमिकामा भएका स्थानीय प्रवुत्व व्यक्तीहरूले सामाजिक र सँस्कृती बिक्रितीहरूको पहिचान गरी स्थानीय स्तरमा नै समस्याहरूको हलगर्न पहल गर्नुपर्ने देखिन्छ । साथै, मधेशको समग्र विकासका लागि मधेशी मुलका बिभिन्न जाति, समुदाय र भाषाभाषिका जनताहरू  बिच  धर्मिक सहिष्णुता र सद्भभाव हुनुपनि उत्तिकै जरुरी छ ।  

सामाजिक समस्याहरू तराई मधेशमा हुने मुख्य कारण भनेकै जातीय बिभेद, आर्थिक असमानता र अशिक्षा प्रमुख हुन् । साथै, राजनीतिक रुपमा भने राजनीतिक सहभागितामा कमी, राजनीतिक दलहरूको अस्पट नीति र कमजोर राजनीतिक सँरचना र राजनीतिक पक्ष पोषण नै राजनीतिक रुपमा तराई मधेशमा दिगो सामाधानका प्रमुख बाधक हुन् । त्यसैले सामाजिक तथा राजनीतिक कारणले गर्दा तराई मधेशमा हुने समस्यालाई सामाधान गर्नका लागि मधेश केन्द्रित पार्टिहरूको जनबिश्वासिलो राजनीतिक कार्यदिशाको खाँचो छ ।  र जन समुदायमा स्थानीय सँघ सँस्था र नागरिक समाजका प्रतिनिधीहरूले सामाजिक तथा राजनीतिक विसँगतिलाई हल गर्नका लागि सामाजिक चेतना र राजनीतिक जागरणका कार्यक्रमहरू सन्चालन गर्नुपर्छ । यस प्रकारका सामाजिक र राजनीतिक कार्यक्रमहरूमा सहभागितामुलक ढँगले सबै मधेशबासीलाई सहभागि गराउनु पर्छ ।    

) मधेशी भाषाभाषिका नागरिकलाई राज्यले के कस्ता सेवा सुविधाहरू दिनुपर्छ ? मधेश क्षेत्रमा फैलिएको भूगोललाई राज्यका निकायहरूले कसरी थप उपयोग गर्नुपर्छ ? 

मधेशी भाषाभाषिका नागरिकलाई राज्यका हरेक निकयमा सामान पहुँच हुनुपर्छ । यसका लागि उनीहरूलाई आर्थिक रुपमा सक्षम बनाई उनीको शैक्षिक अवस्थालाई पनि सुधार गर्नुपर्छ । सामाजिक विकृती तथा विसँगितहरूको अन्त्य गरी मधेशी नागरिकलाई  सामाजिक रुपान्तरणका लागि स्थानीय रुपमा राज्यका निकायहरूले सहजिकरण गर्नुपर्छ । यदी यसो गरियो भने उनीहरूमा पनि राज्यका निकायहरू प्रती विश्वस बढेने छ । र आफू स्वयमँ नागरीक भएको महसुस गर्न सक्छन् । साथै, उनीहरूलाई राजनीतिक सचेतनाका लागि सामूहिक अभिमुखिकरण पनि गर्नुपर्छ । साथै, स्थानीय श्रोत र साधनको प्रयोगबाट उनीहरूले पुर्खेली रुपमा गर्दै आएका पेशा र व्यवसायलाई राज्यले सँरक्षण गर्दै ती पैत्रिक व्यवसायको विकास तथा विस्तारका लागि उचित प्रवन्धन गर्नुपर्छ । त्यसैगरी, स्थानीय स्तरमा निहित मौलिक भाषा, सँस्कृती र चार्डवाडको प्रवर्धन गर्दै आन्तरिक पर्यटनको लागि सम्भात्वयता अध्ययनको पनि थालनि  गर्नुपर्छ ।  

मधेशको माटोलाई उच्चतम् रुपमा उपयोग गर्ने हो भने भूउपयोग र जमिनको उत्पादक्त्वलाई कायम राख्दै कृषि क्षेत्रको सँरक्षण गर्नुपर्छ  । त्यसैगरी, आफै देशको साधन श्रोत र लागनीलाई प्राथमिकता दिदैँ कृषि क्षेत्रमा बैदेशिक लगानिमा सन्तुलन मिलाउने कार्य गर्नु पनि उत्तिकै जरुरी छ । त्यसैले, कृषिमा लगानी गर्नुपर्न, बिउ बिजन मल समयै कृषकलाई उपलब्ध गराउनु पर्ने, यूवालाई कृषि तथा कृषि जन्य रोजगारीमा सहभागि गराउनु पर्ने र कृषि जन्य बस्तुको आयतमा कमी ल्याउने र  कृषि पेशबाटै आत्मा निर्भरतामा जोड दिने, कृषि वजारीकरणको लागि आवश्यक पहल गर्ने र कृषिमा देखिएका विभिन्न प्रकारका बिचौलीयाहरूलाई निरुत्साहित गर्ने । जस्तै, उखु खेतीमा देखिएको अहिलेको समस्या ।  

त्यसबाहेक, तराई मधेशको जैविक विविधतालाई ध्यान दिँदै सिमसार र राष्ट्रिय बन्य जन्तु आरक्षण क्षेत्रको सँरक्षण गर्नुपर्ने । त्यही अनुरुप राष्ट्रिय गौरवका आयोजनाहरूलाई कार्यान्वयन गर्न तराई मधेशको सामाजिक, सँस्कृति, बातवरणिय र आर्थिक पक्षलाई ध्यान दिनुपर्ने । जस्तै, बारा निजगढमा बन्ने अन्तराष्ट्रिय बिमान स्थल।  

अन्य सन्दर्भमा कुरा गर्ने हो भने हरित वनको सँरक्षणको निम्ती चोरी तथा पैठारीलाई कडा रुपमा बन्द गर्ने ।  साथै तराईका कृषि उद्योग धन्दालाई नै व्यवस्थित रुपमा सन्चलान गर्ने । र  चुरे क्षेत्रको सँरक्षण गर्दै तराईको खेती योग्य जमिनको लागि चाहिने सिन्चाइको आपुर्ति व्यवस्थालाईलाई व्यवस्थित गर्ने गर्नु पर्छ ।    

 

) मधेशको समग्र हितका लागि मधेश केन्द्रित राजनीतिक दल सामाजिक सँघ सँस्थाले के कस्ता कार्यहरू गर्नुपर्छ ? के उनीहरूले मधेश मधेशी जनताहरूको हितका लागि कार्य गर्न सकेका छन् ?

स्थानीय स्तरमा राजनीतिक दलहरूले स्थानीय जनतको मर्म बुझी त्यही अनुरुप आफ्ना राजनीतिक कार्यक्रमहरू गर्नु आवश्यक छ। त्यसका लागि मधेश केन्द्रित राजनीतिक दलहरूको समग्र मधेश हितका लागि राजनीतिक रुपमा बैचारिक स्पष्टता हुन जरुरी छ। सोही राजनीतिक ध्येय अनुसार नै मधेशका साझा  समस्याहरू हल गर्न सकिन्छ । साथै, सहभागिता र समावेशितालाई ध्यान दिँदै जनताका राजनीतिक  हक अधिकारहरू सुनिश्चित गर्ने कार्य पनि राजनीतिक दलहरूले गर्न सक्छन् । जस्तै निर्वाचनमा स्वतन्त्रपुर्वक भाग लिन पाउने बातावरण बनाउने । 

सामाजिक सँघ सँस्थाले भने तराई मधेशमा मौलिक रुपमा मनाउने सँस्कृति र एतिहासीक चाड वाड लाई सँरक्षण र प्रवर्धन गर्न सक्छन्। नागरिक समाज र राजनीतिक समाज बिच सामाजिक र राजनीतिक विभेद अन्त्यका लागि स्थानीय स्तरमा सहकार्य हुन जरुरी छ । सामाजिक सँघ सँस्थाले स्थानीय स्तरमा अर्थपुर्ण ढँगले दिगो कार्यक्रम ल्याउन आवश्यक छ । जस्तै, सामाजिक तथा लैँगिक समानताका कार्यक्रमहरू। त्यसैगरी, सामाजिक हितका लागि राजनीतिक दलहरू र सामाजिक संघसंस्था बिच सहकार्य हुनुपर्दछ । र राजनीतिक सहभागिता तथा सामाजिक सचेतना र शासकिय शुसासनका कार्यक्रमहरू राजनीतिक दलहरू र सामाजिक सँघ सँस्थाहरूले मिलेर ल्याउनु पर्दछ ।  

तर ती मधेश केन्द्रीत राजनीतिक दल र सँघ सँस्थाले मधेशी जनताको हितका लागि कार्य गर्न सकेका छैन किनभने मधेशबादी दलहरू राजनीतिक धुर्व्रीकरणको प्रभावमा छन् । उनीहरूसँग  समग्र मधेश बिकासका लागि स्पष्ट राजनीतिक कार्य नीति छैन। मुख्यरुपमा मधेशको हितको लागि राजनीतिक समाज र नागरिक समाज बिच समन्वयन नभएको देखिन्छ । 

) मधेश किन अहिले राज्य आम जनताको केन्द्रीय स्थानमा ? हिमाली पाहाडी भूभागका सामाजिक तथा अन्य प्रकारका समस्याहरूलाई  राज्यले कसरी सम्बोधन गर्नु पर्छ ?  

समग्र तराई मधेशको विकासका लागि अरु बेला केन्द्रिय सरकारले ध्यान नदिएरै अहिले तराई मधेश प्रदेश सबैको चासोको बिषय भएको छ । साथै, स्थानीय जनतामा सामाजिक तथा  राजनीतिक चेतना बिस्तारै बढ्दै गएको छ । त्यसैगरी,  स्थानीय क्षेत्रीय राजनीतिक पार्टीहरूले विधीपुर्वक ढँगले सामाजिक तथा राजनीतिक मुद्धाहरूमा भरखरै देखि मात्र काम गर्दैछन् । जसले गर्दा पुरोना आफ्नै मौलिक सामाजिक र सँस्कृतिक बिबिधता र महत्व भएको यस प्रदेशको विकास पनि सोही गतिमा भइरहेको छ । र यस क्षेत्रको समग्र विकासको लागि जनताहरूको राजनीतिक सहभागिता  र उनीहरूको सामाजिक शसक्तिकरण हुन पनि उतिक्कै जरुरी छ ।  

यी प्रदेशहरूमा पनि मधेशकै जस्ता समस्याहरू हुन् किन भने राज्यबाट हिमाल र पहाड पनि उपेक्षित छन् । त्यस भेगमा पाइने जडीबुटी र कृषि योग्य भूमिको पुर्ण प्रयोग हुने सकेको छैन । साथै,राज्य सँयत्रले त्यस प्रदेशमा बस्ने सबै बर्ग र समूदायका मानिसलाई समेटन् सकेको छैन् । त्यसैले, हिमाली र पहाडी भेगका आदिवासी बासिन्दाहरूलाई राज्यले विभेदकारी नीति लिएको छ । तर यी सबै कुराको हल तुरुन्तै गर्नुपर्छ । 

) तराई मधेशमा किन बेला बेलामा जातीय तथा राजनीतिक द्धन्द्धको श्रृजना हुन्छ ?  तराइ मधेशमा भिन्न भिन्न जातीहरू बीच राजनीतिक सह सम्बन्ध स्थापित गर्दै सामाजिक तथा जातीय सद्भाभाव कायम गर्न के कस्ता कार्यहरू गर्नुपर्छ ? 

किन भने यस प्रदेशमा पनि तराईबासी नागरिकहरू बिच सामाजिक र आर्थिक रुपमा बिभेद छ । उनीहरू बिच सम्पन्ता र बिपन्नताको भास छ। यसका लागि सरोकारबालाहरूले  ती समूदाय र भाषाभाषीहरूको जीवनस्तर उकास्न आर्थिक शसक्तिकरणका कार्यक्रमहरू सन्चालन गर्नुपर्छ ।  

अर्कोतर्फ, सामाजिक रुपमा हुने अन्तर जातीय बिवाह, छुवाछुद प्रथाले गर्दापनि जातीय विभेद हुन सक्छ। र जातीय विभेदिकरणले पनि समानता खोज्छ जसले गर्दा सामाजिक द्धन्द्ध उत्पन्न हुनसक्छ । जस्तै ब्रामण्ह, क्षेत्री, बैश र शुद्र बिचको द्धन्द्ध र जातीय तथा सामाजिक विभेदिकरण । 

साथै, पार्टीहरूको विभिन्न भिन्न राजनीतिक दृष्टीकोण र सामाजिक व्यवहारले पनि सामाजिक बिवेधीकरण उत्पन्न हुनसक्छ । र यस प्रकारको बर्षो देखिको सामाजिक बिभेदले गर्दा अन्तर मनमा द्धन्द्ध हुन्छ र त्यसले अन्तत राजनीतिक तथा सामाजिक अधिकार प्राप्तिका लागि  मुर्त रुप लिन्छ ।  

त्यसैले, सामाजिक तथा जातीय सद्भभाव कायम राख्न नागरिक समाजको भूमिका महत्वपुर्ण हुन्छ । ती स्थानीय जन समूहले सामाजिक कुरिती र कुँस्सकारको अन्त्य गर्न बिभिन्न प्रकारका सामाजिक सचेतनाका कार्यक्रमहरू जनस्तर सम्म लैजानु पर्छ  । साथै, सामाजिक मुद्धालाई हल गर्न जनता, राजनीतिक पार्टी र नागरिक समाज बिच सहकार्य हुनुपर्छ । त्यसैगरी, मधेश केन्द्रित दलहरूको स्पष्ट राजनीतिक कार्य दिशा हुनुपर्छ। साथै, मधेशका साझा समस्या समाधान गर्न सबै मधेश केन्द्रित राजनीतिक दलहरू बिच  पारस्परिक सम्बन्ध  र समान बैचारिक राजनीतिक कार्य नीति  हुन जरुरी छ । 

अन्त्यमा मधेश, मधेशी जनता समग्र तराई मधेशको बारेमा तपाई के भन्नुहुन्छ ? 

हिमाल, पहाड र तराई भौगोलिक रुपमा छुटै भए पनि यसमा निहित सामाजिक,आर्थिक र राजनीतिक मुद्धाहरू समग्रमा उस्ता उस्तै छन् । र ती सबै  मुद्धाहरूको समाधान हुनुपर्छ । साथै, यस क्षेत्रमा बसेका समूदाय, जाती र भाषाभाषीहरूले भोग्ने समस्याहरू र उनीहरूले चाहेका सामाजिक र राजनीतिक आवश्यकताहरू पनि एउटै प्रकारका छन् । ती सबै आवश्यकताहरू पनि पुरा हुनुपर्छ । त्यसैले, भिन्न भिन्न भुगोलमा बस्ने उनीहरू यसै देशका नागरिक भएका कारणले उनीहरूका साझा समस्यालाई सरकारले समग्र रुपमा समाधान गर्नुपर्छ । र सारा नेपाली बिच सद्भाभाव र सह सँम्बन्ध स्थापित हुनुपर्छ । वर्ग, लिँग, जात भाषाभाषी र भौगोलिक विविधताको आधारमामा कसैलाई पनि विभेद गर्नुहुँदैन । त्यसैले, हिमाल पहाड र तराइमा बन्ने दलित हुन् वा आदिवासी हुन् वा मधेशी हुन् उनीहरूलाई राज्यले नागरिकको रुपमा व्यवहार गर्नुपर्छ । उनीहरूका सँविधान प्रदत्त नैसर्गिक हक अधिकारहरू उनीहरूलाई  प्रत्यायोजना गर्नुपर्छ ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. चिन्तारत बलदेव