अध्यक्ष पदका उम्मेद्वार मण्डलले जारी गरे आफ्ना प्रतिबद्धता

आजभोलि

बोस्टन । गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद् अमेरिका म्यासाचुसेट्सको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेका चन्द्रदेव मण्डलले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

उनले फेसबुकमा ८ बुंदे प्रतिबद्धता जारी गर्दै भनेका छन्, ‘मरो उम्मेदवारी नेपालीहरुको आपसी एकता र सामाजिक सद्भावलाई अक्षुण राख्दै कर्मभूमी र मातृभूमी बिचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि नै हो ।’

उनले जारी गरेको प्रतिबद्धता

१) मातृभाषाको जगेर्नाको लागि हाम्रा छोराछोरीलाई नेपाली भाषा सिकाउनको लागि यहाँका स्कूलहरुमा नेपाली विषयको पठनपाठनकालागि पहल गर्नका लागि ।

२) नेपाली समुदायको व्यक्तीको मृत्यु हुँदा दाहसंस्कार गर्को लागि झण्झटिलो अवस्था रहेकोमा त्यसलाई सरलिकृत गराउनको लागि यहाँको दाहसंस्कार गृहसँग लिखित सम्झौता गर्नका लागि।

३) हाम्रो आफन्तको मृत्यु हुँदा हाम्रा अपार्टमेन्ट र घरहरूमा किरियापुत्रीहरु बस्नको लागि असहज देखिएकोले हाम्रा नेपाली सामुदायिक मन्दिर र भवनमा अनुरोध गरी उचित व्यवस्था गर्नको लागि ।

४) हाम्रो विशेष चाडको अवसरमा नेपाली बालबालिकाहरूलाई विद्यालयबाट विदाको व्यवस्था मिलाउन पहल गर्नेका लागि।

५) परम्परागत नेपाली चाडपर्व तथा अन्य कार्यक्रमहरुलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनको लागि सम्पूर्ण स्थानीय संघ संगठनहरुसॅंग सहकार्य गर्नका लागि ।

६)परम्परागत नेपाली चाडपर्व तथा अन्य कार्यक्रमहरुलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनको लागि सम्पूर्ण स्थानीय संघ संगठनहरुसॅंग सहकार्य गर्नका लागि

७ )  दोहोरो नागरिकताको व्यवस्था नहुँदा हामीले  भोग्दै आएको समास्या समाधानको लागि दोहोरो नागरिकाताको व्यवस्थाको लागि निरन्तर पैरवी गर्नका लागि

८) अमेरिकालाई कर्मथलो बनाई बसोबास गरिराखेका हामी नेपालीहरुको आपसी एकता र सामाजिक सद्भावलाई अक्षुण राख्दै कर्मभूमी र मातृभूमी बिचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि

 

  • ८ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !