सुरक्षा परिषद बैंठक बस्दै, के देशमा संकटकाल घोषणा हुन्छ ?

आजभोलि

काठमाडौं । आज राष्ट्रिय सुरक्षा परिषद्को बैंठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बस्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका हुन् । 

खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न तथा देशको सुरक्षा अवस्थाबारे छलफल गर्न परिषद्को बैठक बस्ने गरेको छ ।

संसद पुनःस्थापना भए के गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेता तथा कुटनीतिक वृत्तसँग छलफल गरिरहेको अवस्थामा सुरक्षा परिषद्को बैंठक बस्नुलाई निकै महत्वका साथ हेरिएको छ   

हिजो प्रधानसेनापति पूर्णचन्द्र थापाले आकश्मिक रूपमा प्रधानन्याधिश चोलेन्द्रशमशेरा जबरासँग भेट गर्नु र आज परिषद्को बैंठक बस्न लाग्नुले कतै देशमा संकटकाल त लाग्ने होइन भनी टिप्पणी हुन् थालेको छ ।  

प्रतिनिधि सभा विघटनको मुद्दाको फैसला सुनाउने अन्तिम अवस्थामा प्रधानसेनापति थापा र प्रधानन्यायधिश जबराबीचको भेटले राजनीतिमा तरंग ल्याएको छ ।

प्रधानमन्त्री ओलीले विराटनगरमा आयोजित सभामा अदालतबाट संसद पुनस्थापनाको निर्णय भए आन्दोलन गर्ने चेतावनी देखिएका थिए । अदालतले संसद पुनर्स्थापना गर्ने संकेत पाएका कारण प्रधानमन्त्रीबाट यस्तो धम्की आएको धेरैको बुझाइछ ।

सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री र सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ। परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन्

  • ११ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !