एनआरएनए निर्वाचन : हरि काफ्लेको टीमले सार्वजनिक गर्यो चुनाबी प्रतिबद्धता

आजभोलि

बोस्टन । गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिका (एनआरएनए) म्यासाचुसेट च्याप्टरका अध्यक्षका प्रत्याशी हरि काफ्लेको टीमले आफ्नो चुनाबी प्रतिबद्धता सार्वजनिक गरेको छ ।

काफ्लेको टीमले नेपाली भाषा संस्कृतिलाई प्राथमिकतामा राखी नेपाली भाषीको हकहितको लागि पहरेदारको भूमिका खेल्ने प्रतिबद्धता आफ्ना मतदातामाझ व्यक्त गरेको हो ।

नेपालीभाषीको हकहितको लागि यहाँ रहेका समाजिक संघसंस्थासँग समन्वय गर्दै अगाडि बढ्ने अध्यक्षका उम्मेद्वार हरि काफ्लेले आजभोलिसँगको कुराकानीमा बताए ।

बोष्टनमा नेपालीभाषीको संख्या उल्लेखरूपमा वृद्धि हुँदै गएकोले यहाँको सरकारी कार्यालयमा नेपालीलाई समावेश गर्नको लागि काम गर्ने उपाध्यक्षकी उम्मेद्वार हजुरी सिंहले बताइन् । उनले भनिन्, ‘चालक अनुमति पत्रको परीक्षा नेपाली भाषामा दिने व्यवस्था मिलाउनको लागि काम गर्नेछु ।

एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनको मुल मन्त्रलाई आत्मसाथ गर्दै आफ्नो टिमले काम गर्ने सचिव पदकी उम्मेद्वार सानुमाया अधिकारीले बताइन् ।

ट्याक्स, घरजग्गा तथा करियरलगायतका विषयमा कार्यशाला संचालन गर्ने, भाषा संस्कृति धर्मको संरक्षण तथा सम्बर्धनका लागि यहाँको पशुपतिनाथ बौद्ध फाउन्डेशनलगायतका संघसंस्थासँग समन्वय गरी अगाडि बढ्ने, मृत्युसंस्कारको सम्बन्धमा यहाँको संस्थाहरूसँग समन्वय गरी काम गर्ने, नेपालीभाषी बौद्धिक व्यक्तिहरू नेपाली संघसस्थाबाट टाढा रहेकोले त्यस्ता व्यक्तिलाई एनआरएनए मार्फत नेपालीसमुदायमा जोड्ने, राहदानी, वारेसनामा, नागरिकता, यात्रा अनुमति पत्रलागयतका विषयमा सहजताका लागि नेपाली दूतावासको घुम्ती शिविर संचालनका लागि काम गर्ने, अध्यागमनलगायतका विषयमा कानुनी सल्लाहका लागि वकिलसँग छलफल कार्यक्रम संचालन गर्ने, नेपालीभाषी समुदायको बाहुल्य रहेको स्थानीय शहरहरूमा नेपाली भाषालाई प्रयोगमा ल्याउन पहल गर्नेलगायतका विषय प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !