मान्ती साह अन्जुमाथि भारी पर्ने, मतदाता भन्छन् मान्ती महिला संयोजकको योग्य उम्मेद्वार

आजभोलि

बोष्टन । गैरआवासिय नेपाली संघ समन्वय परिषद् अमेरिका (एनआरएनए) को निर्वाचनको मिति नजिकै जाँदा अमेरिकाका नेपालीमा चुनावी गर्मी बढेको छ । सामाजिक संजालमा चुनाव प्रचार प्रसारमा सबै आआफ्नो ठाउँमा लागि परेका छन् ।

अमेरिका भर चुनावको चहलपहल भैरहदाँ म्यासाचुसेटमा पनि चुनावी गतिविघिले तिब्रता पाइरहेको छ ।

यहाँ केन्द्रीय निर्वाचन भन्दा स्थानीय निर्वाचनमा सबैको ध्यान तानेको छ ।

म्यासाचुसेट राज्यमा हरि काफ्ले र प्रेम तामाङले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । तर यहाँका गैरआवासीय नेपालीको ध्यान भने महिला संयोजक पदमा गएको छ ।

महिला संयोजक पदमा हरि काफ्नले मान्ती साहलाई उम्मेद्वार बनाएका छन् भने प्रेम तामाङले अन्जु भट्टराई थापालाई उम्मेद्वार बनाएका छन् ।

मान्तीको उम्मेद्वारी अन्जुको टाउँको दुखाईको विषय भएको छ । समाजमा लोकप्रियताका कारण मान्ती अन्जु माथि भारी पर्ने यहाँका नेपाली भाषी बताउँछन् । मान्तीको बौद्दिकता र लोकप्रियताका कारण मान्तीको उम्मेद्वारी अन्जुको लागि टाउँको दुखाईको विषय भएको छ ।

महिला हकहितको लागि नेपालमा रहदाँ विभिन्न संघसंस्थामा रहेर कुशल जिम्मेवारी सम्हालेकी मान्ती अन्जु भन्दा योग्य महिला संयोजक पदको उम्मेद्वार भएको यहाँका महिला बताउँछन् ।

मान्ती साह जस्तो बौद्दिक व्यक्तिको महिला संयोजकमा उम्मेदवारी पर्नुनै बोष्टनका महिलाको लागि गौरवको विषय भएको जेनिशा थापाले बताइन् ।

अन्जु भन्दा मान्ती सयौं गुणा योग्य भएका कारण आफू मान्तीलाई मतदान गर्ने महिला अधिकारको लागि काम गर्दै आएकी एक महिलाले नाम नबताउने सर्तमा बताइन् ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !