चन्द्रदेव मण्डललाई किन बोर्ड अफ डाइरेक्टरमा पदमा मतदान गर्ने ?

आजभोलि

बोष्टन । अमेरिकामा गर्मी मौसम लाग्दै गर्दा गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिका (एनआरएनए) को नजकिदो निर्वाचनले यहाँको मौसमलाई झन् तातो बनाएको छ ।

उम्मेद्वारहरू आआफ्ना चुनावी मुद्दा लिएर विभिन्न राज्यमा प्रचार प्रसारमा लागेका छन् । समाजिक संजाल चुनावी गतिविधिले रङ्गिएको छ ।

विगत १० बर्षदेखि बोष्टनलाई कार्यथलो बनाएर यहाँका समाजिक संस्थामा सक्रिय रूपमा लागि योगदान गरेका चन्द्रदेव मण्डलले आफूलाई बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी दिएका छन् ।

यहाँको नेपाली समाजमा निकै चरिपरिच मण्डल सबैको प्यारा भाईको रूपमा चिनिन्छन् ।

अमेरिकाका नेपाली भाषीको सीप दक्षता र पूँजीलाई मातृभूमीमा कसरी उपयोग गर्न सकिन्छ भन्नेमा तल्लिन मण्डल आफूले यहाँ सिकेका सीप र दक्षता नेपालमा पुर्याउनको लागि काम गर्ने बताउँछन् ।

तपाईंको उम्मेद्वारी किन ? भनि आजभोलिले सोधेको प्रश्नमा मण्डलले भने, ‘विदेशमा सिकेका सीप ज्ञान तथा यहाँ आर्जन गरेको पुँजीलाई नेपालको चौतर्फी विकासको लागि लगानीको लागि वातावरण तयार गर्नको लागि हो ।

उनले  अगाडि भने, ‘विदेशमा हाम्रो भाषा संस्कृतीलाई जोगाउन महत्वपूर्ण काम हो । यसको जगेर्ना गर्नको लागि पनि मेरो उम्मेद्वारी हो । यसको अलावा संस्थालाई गतिशिल सशक्त र समावेशी बनाउनको लागि पनि मेरो उम्मेदवारी हो ।’

पछिल्लो पुस्ताले हाम्रो भाषासंस्कृतीलाई आत्मसाथ नगरेको उनी बताउँछन् । उनी भन्छन्, ‘हाम्रा छोराछोरी नेपाली भाषा बोल्न र लेख्न जान्दैनन् । आफ्नो भाषा नै नजाने पछि उनीहरूले नेपालको कसरी माया कसरी गर्छन् ।’

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !