एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा मण्डलको उम्मेद्वारी

आजभोलि

बोष्टन, अमेरिका । नेपालको सप्तरी घर भइ अमेरिकाको बोष्टनमा लामो समयदेखि बस्दै आएका चन्द्रदेव मण्डलले गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिका (एनआरएनए) मा उम्मेवारी दिएका छन् । उनले एनआरएनए सीसीको बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएका छन् । उनी सन् २०२१ देखि २०२३ का लागि उमेद्वार बनेका छन् । उनी एक दशकदेखि नेपालीको हितका लागि बोष्टनमा काम गर्दै आइरहेका छन् ।

मण्डल विगत एक दशक भन्दा बढी अमेरिकाको बोष्टनलाई कर्मथलो बनाएर काम गर्दै आइरहेका छन् । उनी लगभग एक दर्जन भन्दा बढी स्थानीय संघसंस्थासँग आबद्ध रही नेपाली तथा नेपालको पहिचान सम्बद्र्धन गर्ने कार्य गर्दै आइरहेका छन् ।

बोष्टनमा कसैलाई केही समस्या परेको थाहा पाउने बित्तिक्कै मण्डल सहयोगका लागि पुगिहाल्छन्, बोष्टनमा कार्यरत एक आप्रवासी नेपालीले बताए । उनले भने, मण्डल सहयोगी र कमलो मन भएको व्यक्ति हुन । कसैलाई समस्या पर्यो की पुगी हाल्छन् । र उनी जहिले पनि सामाजिक कार्यमा लागि रहन्छन्, उनले भने ।

बोर्ड आफ डाइरेक्टरमा किन उम्मेदवारी भन्ने प्रश्नमा उनले भने, मेरो उम्मेद्वारी नेपालबाट डिभी परेर, अध्ययन गर्न तथा अरु कामले अमेरिका आएर समस्यामा परेकाहरुलाई सहयोग गर्नेका लागि हो । अदाहरणको लागि पहिलो त डिभी परेरकाहरुलाई स्पोन्सरसिपको समस्या हुन्छ । अनि अमेरिका आइसकेपछि काम वा कहाँ बस्ने भन्ने समस्या हुन्छ । यस्तो अवस्थामा म अमेरिका बस्ने साथीहरु र संघ संस्थाहरुसँग समन्वय गरेर समस्याको समाधानका लागि पहल गर्छु ।

उनले अगाडि भने, विद्यार्थीहरुका पनि समस्या छन् । भर्नाका, छात्रबृत्तिका तथा बसोबासका समस्याहरु छन् । त्यस्तै अमेरिकामा रहेका नेपालीका समस्या छन् । हरेक दिन जसो कोही न कोही समस्यामा परेकै हुन्छन् । यसका लागि पनि म निर्वाचित भएपछि संस्थागत पहलका लागि समन्वय गर्नेछु । साथै, अझ बढी त विभिन्न माध्यमबाट अमेरिका आएका नेपालीका त समस्या नै समस्या छन् । तिनलाई सहयोग अझ बढी चाहिएको हुन्छ । म त्यसका लागि पनि लागिपर्छु ।

अमेरिकामा धेरै नेपाली समाज छन् । सबैले आआफ्नो ढंगले काम गरीरहेका छन् । उनीहरुबीच समन्वयको अभाव रहेको छ । म निर्वाचित भएपछि संस्थाको पहलमा समन्वयको लागि कुरा उठाउछु । र, साथै नेपाली भाषा, संस्कृति तथा धर्मको पहिचान तथा संरक्षणका लागि पनि व्यक्तिगत तथा संस्थागत पहल र समन्वयकारी भूमिका खेल्नेछु, उनले भने ।

अमेरिकामा रहेका विभिन्न संस्थाहरुसँग मण्डलको सम्पर्क तथा सम्बन्ध सुमधुर रहेकाले उनी बोष्टनमात्र नभएर अमेरिकाकै बलियो उम्मेदवार रहेको श्रोतले जानकारी दियो ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !