नेपाल सुपर लिग फ्रेञ्चाइज कप फुटबलमा धनगढी पराजय

आजभोलि

काठमाडौं । नेपाल सुपर लिग फ्रेञ्चाइज कप फुटबल प्रतियोगितामा धनगढीले पराजय भोगेको छ । काठमाडौं रेजर्स प्रथम फुटबल कपमा काठमाडौंले विजय हासिल गरेको छ । उपाधिसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपियाँ र ट्रफी हात पारेको छ ।

धनगढी एफसीले १५ लाख रुपियाँबाट पुरस्कृत सहित दोस्रो स्थानमा चित्त बुझाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज सम्पन्न खेलमा काठमाडौंले धनगढीमाथि १–० को जित हात पार्यो ।

काठमाडौंले फाइनलमा जितसँगै लिग चरणमा ०–३ र पहिलो प्ले अफमा १–२ ले धनगढीसँग बेहोरेको हारको बदला समेत पुरा गर्यो । काठमाडौंको जितमा विदेशी खेलाडी मेसौके ओलुमोउले गर्नुभएको एक मात्र गोल नै उपाधि दिलाउन पर्याप्त भयो । उहाँले पहिलो हाफको २१ औं मिनेटमा गोल गरेका थिए ।

बैशाख ११ बाट सुरु भएको प्रतियोगिताको लिग चरणमा २१ खेल, दुई प्ले अफ र एक एलिमिनेटर र एक फाइनल गरी कुल २५ खेल खेलाइएको छ ।
एमाले विवाद मिलाउन कार्यदलः बादल परेनन्

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !