पूर्नजन्म बारे केहि चिन्तन

रेखा शर्मा चालिसे 

जव कुनै जिवको देहबाट जिबात्मा बहिर्गमन गर्दछ वा हुन्छ  त्यस देहको मृत्यु भएको मानिन्छ । तर जिवात्मा अबिनाशी छ । साथै देहको श्रृष्टि अविरल चलिरहन्छ अथाव चलिरहेकै छ । भनिन्छ, पुर्वजन्मको कर्म अनुसार ती जिवात्माहरु नयाँ देहमा प्रवेश गर्छन् । र प्राप्त पुर्नजन्मको माध्यमबाट यस ब्रमाण्डमा आफु अभिनाशित रहिरहन्छन् । यस पुर्नजन्मको प्रकृयालाई कोहि स्विकार गर्छन् त कोही स्विकार गर्दैन् । हामी सनातन धर्ममा बिश्वास राख्नेहरु यस बिषयलाई अवश्य पनि पूर्ण रुपमा बिश्वास गर्दछौँ। यस बिश्वासका केही व्यवहारिक तथा धार्मिक ग्रन्थहरुमा पाइने चिन्तनहरु यस आध्यामिक लेख मार्फत प्रस्तुत गर्दछु । 

सर्वप्रथम श्रीमद्धग्बत गीतामा भगवान श्री कृष्ण र अर्जुन बिच पुर्नजन्मको बारेमा भएको रोचक उपदेशलाई स्मरण गरौँ । भगवान श्री कृष्णले श्रीमद्धग्बत गीताको चौथो अध्यायको पाँचौ स्लोकमा भन्नुहुन्छ ।

बहुनि ब्यतितानी जन्मानी तव चार्जुन ।

तान्यहं वेद सर्वाणी न त्वं वेत्थ परंतप । ५ ।

हे शत्रुलाई ताप गराउने अर्जुन । मेरा र तिम्रा धेरै जन्महरु बिते ती सबैलाई म जान्दछु तर तिमीले जान्दैनौ । ५ ।

अर्नुजलाई भगबान ले तिमी र म पहिलेको जन्ममा नर र नारायण, जीब र ब्रह्म थियौं । यो कुरा तिमीले अहिले बिर्सिएका छौ तर मैले बिर्सिएको छैन । त्यसैले मैले तिमीलाई  तिमी जिबात्मा हौ र म  ब्रह्म हुँ, यही कुरा सँम्झाउन यो गीता ज्ञान दिइरहेको हुँ भनेर भन्नुहुन्छ । महाभारत युद्धबारे अर्नुजलाई भगबानले तिमी क्षेत्रीय राजकुमार भएकोले अहिले तिम्रो जिम्बेवारी भनेको धर्म युद्ध गर्नु हो  अधर्मको नास गर्नुछ । त्यसैले यो युद्ध धर्म र अधर्म को बिच हो, पाण्डब र कौरब बिचको हैन । व्यतिगत फाइदाको लागि पनि हैन । त्यसैकारण यस्तो युद्ध गर्दा पाप लाग्दैन । तिमी युद्ध गर पाप धर्मको कुरा नगर । मलाइ के गर्दा पाप र के गर्दा धर्म हुन्छ भन्ने कुरा थाहा छ तर तिमीलाई अहिले यो कुरा थाहा छैन । हेर अर्नुज तिमी मेरो अत्यन्त प्यारो मित्र हो त्यसैकारण म जसरी भए पनि तिमीलाइ युद्धमा साथ दिन्छु । यो युद्धमा जित्यौ भने पनि तिम्रो भलो हुन्छ, युगौँ युगसम्म तिम्रो नाम कृति रहन्छ । युद्धमा हायौ भने पनि तिमी मुक्त हुन्छौ । तिमी युद्ध रुपी कर्म गदै जाउ तर आशक्ती पटक्कै नगर ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।

अभ्युत्थानामधर्मस्य तदात्मानं सृजाम्यहम । ७ ।

जब धर्मको हानी र अधर्मको बृद्धि हुन्छ तब म मायाको साहारा लिएर भक्तहरुको रक्षा र अधर्मीहरुलाई नास गर्नका लागि बिभिन्न रुप लिएर आउँछु । अहिले म तेही अधर्मको नास गरेर नयाँ युगको स्थापना गर्न खोज्दछु । तिमी मेरा अत्यन्त प्यारो सखी भएकोले तिम्रो नाम राख्न चाहेको हुँ । किनभने यहाँ युद्ध गर्न आएका सबै महारथीहरुको शरीर ढल्न मात्र बाँकि छ, अब शीरर ढलाउ र उनीहरुलाई मुक्त गराइ देउ । आफ्नो कृती बढाउ ।

पुर्वजन्म भएर नै हामीलार्इ यस जन्ममा कोही ब्यक्ति भेटिदा खुसि र कोही ब्यक्ति भेटिदा बोल्न पनि मन लाग्दैन, किन भने पहिले जन्ममा हामीले कोहि  शत्रु र कोही मित्र बनाएर यो शरीर छोडेका थियौं । यो कुरा हामी सबैले अनुभब गरेका छौं । त्यस्तै एकै समयमा कोही राजाको घरमा जन्म  हुन्छ र कोही माग्नेको घरमा जन्म हुन्छ यो सबै आफुले पुर्वजन्ममा गरेका कर्मको फल हो भनेर बिभिन्न शास्त्रहरुमा पढेका र गुरुका मुखबाट सुनेका छौं । यस्तै एकै बाबा आमाको छोरा छोरीमा पनि स्वभाब बेग्लैबेग्लै हुन्छन्, कोहि पढ्छन्, कोहि पढन सक्दैनन, कोही धनी कोहि गरिब हुन्छन्, कोही बिद्वान र कोही मुर्ख हुन्छन् । यो सबै आफैले पूर्वजन्ममा कमाएका कर्मका फलहरु हुन् ।

हाम्रो धर्मिक ग्रन्थ भागवत पुराणमा यस्तो एउटा प्रसंग छ । एक दिन स्वर्गका जय बिजय नामक द्वारपालहरु कहाँ चार महाज्ञानिहरु आउनुभयो र हामी भगबान नारायण संग भट्न आएका हौँ भनेर भन्नु भयो । तर ती जय बिजय नामका द्वारपालहरुले भित्र जान दिएन् ती आत्मा ज्ञानीहरु प्रति हँसी उडाए । यो देखेर वहालाई ती द्वारपालहरु सँग रीस उठ्यो र तिमीहरुलाई स्वर्गको अँहकार रहेछ तिमीहरुले हामी प्रती हस्सी उडायौ, त्यसैले तिमीहरुको तीन पटकसम्म राक्षस कुलमा जन्म होस भनेर सराप दिनभयो । अब तिमीहरुको राक्षस कुलमा जन्म हुन्छ र स्वर्गबाट पतन हुनेछौ भन्दै त्यहाबाट हिड्नु भयो । सराप पाएपछि ती द्द्वारपालहरु ले वहाहरु पक्का नै आत्मा ज्ञानी हुनहुँदो रहेछ भनेर जाने । यो सबै कुरा थाहा पाए पछि भगबान नारायण त्यही द्वारमा आएर ती ज्ञानी महापुरुषहरुलाई स्वागत गरेर दरबारमा ससम्मान लैजानुभयो । आफ्नो द्वारपाल लाई बोलाएर नारायणले तिमीहरुले गरेको कर्मको फल अब अबस्य भोग्नुपर्छ, पतन त भयौ अब राक्षसको जुनीमा गएर आफुलाई तीन जन्ममा मुक्त गराउछौ की सात जन्मसम्म भगवानको भक्ति गर्छौ भनेर सोधनी भयो । हामीहरु हजुरसँग धेरै छुटिएर बस्न सक्दैनौ, हामी तीन जन्ममानै मुक्त हुन चाहन्छौ भनी मर्त्यलोक तिर आफनो कर्मको भोग गर्न गए ।

पहिलो जन्ममा उनीहरु हिरन्डयाक्ष र हिरन्यकश्युप जस्ता बलबान राक्षस दाजुभाई भएर जन्मे । हिरन्डयाक्षको प्रथम जन्मबाट उनलाई उद्घार गर्न श्री नारायणले बराह अबतार लिनु भयो । हिरन्यकश्युपको उद्घारको लागि नरसिंह अवतार लिनुभयो ।

दोस्रो जुनीमा उनीहरुनै राबण र कुम्भकर्ण हुन पुगे र श्री नारायणले रामको रुपमा आएर उद्धार गर्नुभयो । त्यसैगरी, तेस्रो जन्ममा तिनीहरु सिसुपाल र दन्तबक्र भएर जन्म लिए । श्री नारायणले कृष्ण रुपको अबतार लिएर उनीहरुको पनि उद्धार गरे ।यसरी पूर्नजन्मको गल्लिले गर्दा उनिहरुले आफुले गरेको कर्मको भोग तीन जन्मसम्म भोग्नु परेको कथा शास्त्रहरुमा उल्लेख छ ।

पुर्नजन्मकै संदर्भमा भागवत पुराणमा हामीले महर्सि नारद मुनीको पूर्वजन्मको कथा पनि सुनका छौ । पहिलो जन्ममा नारद मुनीको आमा कुनै सन्तको आश्रममा काम गर्थिन् । र सानातीना काम चाँहि नारद मुनीलाई गर भन्थिन । सन्तको आश्रममा काम गर्ने भएकोले उनलाई परमात्मा को कुरा सुन्न, ध्यान गर्न खुबै मन लाग्द थियो र उनी एक्लै आनन्दले बस्दथे । त्यस बेला उनको पाँच बर्षको उमेर थियो, तर आमा छिन छिनमा बोलाएर नारद मुनीलाई बाधा गर्दिन्थिन्। यसरी जीबन बिती रहेको थियो । एक दिन आमाले गाईको दुध दोएर लेराउँछु तिमी यहा बसी राख भनेर गाई दोहन गर्न गइन, तेही बेलामा बाटोमा सर्पले डस्यो र आमा मरीन । त्यस पछि नारद मुनी एक्लो भए तर उनी त्यही सन्तको आश्रममा नै बस्दथे । एक दिन सोही आश्रममा भएको धेरै सन्तहरुको सत्सगंमा भगबान श्री कृष्ण पनि आउनु भएको थियो । सबै जनाको शास्शार्थ सकिए पछि भोजन गर्ने समय आयो र सबै सन्तहरुले भोजन गर्नुभयो । भोजन गरिसकेको जुठो पत्तल उठाउने काम भगबान श्री कृष्णले गर्नुभयो । पत्तल फालेको ठाँउमा रहेका खानाहरु  बालक नारद मुनीले पनि खानु भयो । र उक्त कार्यक्रम सकिए पछि नारद मुनी पनि सन्तहरुको पछि पछि लाग्नुभयो । त्यो देखेर सन्तहरुले तिमी को हौ ? र हामी संग किन पछि लागेको हौ ? भनी सोध्दछन् । जवाफमा उनी भन्छन,  मेरो कोही पनि छैन, म हजुरहरु संगै जान्छु । उनले निकै हठ गरे, तर सन्तहरु भन्नु हुन्छ अहिले तिमी सानो पनि छौ र तिम्रो जप तप पनि पुगेको छैन, हामी तिमीलाइ एक मन्त्र दिन्छौं भनेर मन्त्र ॐ नमो नारायण ॐ भनेर मन्त्र दिन भयो । यो मन्त्र तिम्रो यो शरीर नास नभएसम्म उठ्दा, बस्दा, खादा र सुत्दा जतिखेर पनि जपी राख्नु भन्नु भयो र सबै सन्तहरु त्यहाँबाट जानुभयो । त्यस पछि नारद मुनीले मन्त्र जप गरेर आफ्नो पुरा आयु समाप्त भए पछि शरीर त्यागेर अर्को जन्म वा ब्रह्मा जी को मानस छोरा भएर जन्मनु भयो । पूर्वजन्मको  मंन्त्रको कारणलेनैनारायण नारायणजप नारदजीको मन मस्तिकमा अटल रह्यो र उनको एक क्षण पनि भगबान नारायणको नामको सँग छुटेन । यसबाट पनि पूर्वजन्मको कर्म नै  अहिलेको जीबन हो भन्ने कुरामा हामी बिस्वस्त हुन सक्दछौँ । 

गरुड पुराणमा पनि छोराहरुले स्राद्ध पुर्वक क्रिया बसेर बाबु आमालाई हरेक दिन बिभिन्न मन्त्रद्वारा पिण्ड दिए पछि मात्र अर्को पुर्नजन्मको लागी शरीर तयार हुन्छ भन्ने कुरा सुनिरहका छौं । शास्त्रको कुराहरुमा तर्क भन्दा बढी बिस्वास गर्नुपर्छ ।अहिले हामीलाई मर्ने भन्ने कुराबाट डर लाग्छ । किनभने पहिले मर्दा पाएको दु:ख सुखम शरीरलाई अनुभब भएकोले हो । हामीले गरेका कर्मको कारण शरीर बन्नेकाम हुन्छ र स्वभाब, बिद्धा, धन आयु प्राप्त हुन्छ भनेर गुरुहरुले भन्नुहुन्छ ।

हामीले सानैबेला देखि सुन्दैआएको स्वस्थानी कथामा पनि पुर्नजन्मको कुरा प्रष्ट छ । भगबान शिबजीको अर्धानगिंनी दक्षप्रजापतिकी पहिले  पुत्री सत्यदेबी (सतीदेबी) ले भगबान शिब सँग बिबाह गरेर कैलास आउनु भयो । कैलासको दर्शन गरेपछी माता सत्यदेबी अत्यन्त प्रसन्न हुनुभयो र भगबान शिब सँग खुसि राजीका साथ बस्नु भएको थियो । एक दिन कैलासको बाटो गरी बिभिन्न बीमान उडेको देखेर यो बिमानहरु कता तीर गैरहेको छन् भनेर भगबान शिब सँग सोधि रहनुभयो र भगबान शिबले हामी आफ्नो रमाइलोमा छौं, किनअरुको कुराको चासो गर्नु भन्नुभयो । तैपनि सत्यदेबीलाई यो कुरा ठीक लागेन र दीक्क हुनुहुभयो, त्यतीबेला सन्त नारद आइपुग्नु भयो ।

यो देखेर सत्यदेबीले नारद यी बिमानहरु कता गइरहेका छन्? भनेर सोध्दा नारद मुनीले माता हजुरको बुबा दक्ष प्रजापतिले ठूलो महायज्ञ गदै हुनुहन्छ । म हजुरहरु  दुबलाई निम्ता दिन आएको भन्नुभयो । यो सुन्नासाथ माता सत्यदेबी खुसी भएर गरगहना र राम्रा राम्रा लुगाहरु लगाएर तयार हुनुभयो अनि भगबान शिबलाई जाउँ हजुर भन्दा भगबान भन्नुहुन्छः हेर हामीलाइ तिम्रो बाबाले बोलाएको छैन, नबोलाएको ठाउँमा जाँदा मान हुदनै हामी जानु हुँदैन भन्नुभयो । तर  माता सत्यदेबीले यो कुरा नमानेर जिद्दी गरेर म त जान्छु भनेर नारद जी संग जानुभयो । र  भगबान शिब भने ध्यानमा बस्नुभयो ।

जब सत्यदेबी बाबा आमाको घरमा पुग्नु भयो  सबै देब देबताहरु र आफ्ना बहिनीहरु लाई देखेर आफुलाई किन नबोलाएको भनेर सोद्धा, दक्ष प्रजापतिले तिम्रो दुलाह बौलाहा, नाग्गैंबस्ने, खरानी घस्ने, बुढो गोरु चढ्ने, मसानमा बस्ने भएकोले, त्यस्तो असोभा देखिनेलाई हामीले नबोलाएको हो । तिमीलाई बोलाउदा पनि त्यो आउछ भनेर खबर नगरेको हो भनेर अनेक किसिमबाट भगबान शिबको निन्दा गरे । सोपछी माता सत्यदेबीले आफ्नो शरीर तिमीद्वारा पाएको हुँ यस्तो भगबान शिब निन्दाको अगाडी बाच्न चाहन्न भनेर त्यही यज्ञको लागी बनाइएको होम कुण्डमा हाम फालेर अग्नी देबताको आराधना गर्दै प्राण त्याग गर्नुभयो । त्यस पछि वहा हिमालय र मेनकाको गर्भमा गएर भगबान शिबको आरधना गर्नुभयो । उहाहरुको छोरी भएर सानैबेलादेखी भगबानको ध्यान गरेर भगबान शिव नै स्वामी पाउँ भनेर तन, मन बचनबाट बाचा गर्नु भयो र आखिरमा भगबान शिबसँग उहाँको बिवाह भयो । त्यसैले, यो कथाबाट पनि  पुर्नजन्म छ भन्नेकुरा छरलँग हुन्छ । 

सामाजिक ब्यवहारमा, अहिलेपनि घरमा कुनै बच्चा ठूलो भएपछि उसको बानि व्यवहार लाई लिएर यो त ठ्याक्कै यसको बाजे जस्तो या बजै जस्तो भनेर भन्ने चलन छ । यसको अर्थ, सम्भबतः बाजे बजैकै अंश यी शरीरहरुमा प्रतिबिम्बित हुन्छ । आफुले गरेको कर्म अनुसार नया शरीर वा खोल बन्छ । तर बानि व्यहोरा चाहि पूर्वजन्मको नै हुन्छ । शास्त्रमा भनिएको छ हाम्रो शरीर तीनवोटा हुन्छ । एक स्थुल शरीर, जुन हामीले खाएको अन्नबाट बन्छ , दोस्रो सुम्म शरीर हो, जुन हामीले खाएका अन्नको रसबाट बनेको हुन्छ र तेस्रो शरीर कारण शरीर हो । यो चाँहि हामीले गरेका पूर्वजन्मको कर्मको फल भोग्नको लागि अज्ञान रुपमा खडा हुन्छ ।त्यसैले सतगुरुहरु भन्नुहुन्छ हामीले उत्तेजित हुने किसिमको खानपान खान हुँदनै । उत्तेजित भोजनले गर्दा कर्महरु नराम्रो र फल पनि नराम्रो नै हुन्छ । त्यही फलले गर्दा नै हाम्रो यो जन्म भएको हो । जति जति हामी ठूला हुँदै जान्छौ हामीलाई पूर्वजन्मको फलले डोराएर  लैजान्छ ।त्यसैले अहिले हामीले आफुले चाहेको जस्तो केहि पाइन्छ र केही पाइदैन । पहिलाको र अहिलेको बिचार मिलेमा सोचेको जस्तो पाइन्छ । किनभने सत् बस्तु जुनसुकै  जुगमा पनि एउटै हुन्छ । असत्य कुरा चाँहि  बेलाबेलामा बदलि रहन्छ र स्थाई पनि हुँदनै । र सत्य कार्यहरु जम्मा भएमा हामीलाई सुख प्राप्त हुन्छ भने असत्य कर्म भएमा हामीलाई दु:ख प्राप्त हुन्छ । 

पूर्व जन्ममा भएको कर्मको सँस्कारको कारण नै हामी अहिले बिभिन्न किसिमका सँस्कारहरु लिएर जन्मेका छौं । कसैलाई माहात्मा बन्ने प्रति उसको संस्कारले प्रेरित गर्दछ, भने कसैलाई डाक्टर, कसैलाइ इञ्जिनियर, कसैलाई वकिल, कसैलाई शिक्षक, कसैलाई ब्यापारी, कसैलाई किसान र कसैलाई चोर डाक आदि कर्म गर्न प्रेरित  गरिरहन्छ । कुनैपनि बाबुआमाले आफ्नो सन्तान नराम्रो बनोस भनेर सोचेका हुँदैन तै पनि उनीहरुको आआफ्नो कर्मको फल वा संस्कारको कारणले गर्दा फुलपातीको च्यांग्रो झै यता र उती फनफनि घुमिरहका हुन्छन् । हामी पनि यही पूर्वजन्मको संस्कार लिएर अहिले सुखि दु:खि, हाँसो रोदन, धनी गरीब र ज्ञानी अज्ञानी भएका छौं । यसैगरी कसैलाई सात्विक भोजन मनपर्छ,कसैलाई राजसी भोजन र कसैलाई तामसी भोजन मनपर्छ । यो सबै पूर्वजन्मको संस्कारको कारणले गर्दा नै हो । हामीले देखेका र भोगेका छौं की कुनै बच्चाहरुले सानैउमेर देखी माछा मासु अण्डा आदी खान मन गर्दैन् । कोही बच्चाहरु यी बस्तु नभइकन खाना खान नै बस्दैन् । यो सबै उनीहरुको पूर्वजन्मको संस्कारले गर्दा नै हो  । हाम्रो शास्त्रहरुमा पूर्व जन्म छ भनेको कुरा केही बिदेसी समाजमा पनि मानिएको पाईन्छ । कृष्चियन र ईस्लाम धर्माबलम्बिहरु मध्य पनि धेरैले पुर्न जीबनमा बिश्वास गरेको पाईन्छ । कतिपय पच्चिमी सिनेमा हरुमा पनि पूर्नजन्मको कुराहरु राखिएकोबाट पनि सो कुरा सहजै बझ्न र जान्न सकिन्छ ।  

त्यसैकारण, हामीले पूर्वजन्ममा राम्रो र नराम्रो कर्म बराबर गरेका छौं भने मनुस्य भएर जन्म हुन्छ, राम्रो कर्म मात्र छ भने देबता भइन्छ र नराम्रो कर्म मात्र भयो भने पशुपक्षी हुन्छौं भनेर बिभिन्न पुराणहरुमा लेखिएको छ । अब हामीले अर्को  जन्मको तयारी गर्नु छ भने सत् शास्त्र र महापुरुषहरुको संगत गरेर आफ्नो उद्धार गर्ने प्रयास गर्नु नितान्त आबश्यक छ । खानु, लगाउनु, घर बनाउनु र बच्चा पैदा गर्नु त यी अज्ञानी र नीच (तल्लो) योनीमा रहेका पशुपँक्षीले पनि गर्दछन् भने हामी बिबेकी मनुष्य भएर खानु, लगाउनु, घर बनाउनु र बच्चा पैदा गर्ने काममा मात्र लाग्यौं भने पशु र हामीमा के फरक भयो त ? यो कुरा सोचनीय छ । यही मनुष्य  जीवनबाट नै हामी देबता बन्ने मौका पाएका हुन्छौं र राक्षस पनि यही मनुष्य जीवनबाट नै हुने हो । अहिलेको कर्मबाट शररी छुटेपछी पूर्नजन्ममा के कस्तो योनीमा जन्म लिने बाटो तय हुन्छ । कसै कसैले पुर्न जन्म छैन भन्छन्, यदी पूर्नजन्म नभए उनीहरुको जन्म कसरी भयो ? उनीहरुले अहिले पाएका सुख, दु:ख लाई के भन्ने ? उनीहरु यस जुनीमा धनी गरीब,  वा उनीहरु ज्ञानी र  अज्ञानी कसरी भए त ? भनि प्रस्न गर्न सकिन्छ ।

सायद मेरो पूर्नजन्मकै फल नै होला, मलाई पुजाआजा,जप ब्रत, शुद्ध खानपानमा धेरै नै रुचि छ । सत् गुरुहरुको प्रबचन सुन्न मन लाग्छ । उहाँहरुको सत् बाणी प्रति श्रद्धा र बिस्वास पनि छ । सायद पूर्व जन्मको अन्तिम  समयमा वा बुढेस कालमा मात्र मैले सत् सँगको महत्व बुझे होला, त्यसैले  यो जनम त्यही परिपुर्ती गर्नको लागि पुर्नजन्म  भएको होला । त्यसैले मलाई सत् सँग सुन्दा अति आनन्द आउँछ । मैले गुरुको सत् सँग सुनेरअष्टबक्रका केहि उपदेशनामक एउटा पुस्तक  सरल नेपाली भाषामा लेखेकी पनि छु । मलाइ बच्चा देखिनै भगबान प्रती अति नै बिस्वास थियो । केही बस्तु हराए पनि भगवान भेट्टाइ देउ भनेर प्रार्थाना गर्थे । केही कुराहरु पुग्यो थियो पनि अति खुसी हुन्थें । साच्चै भन्ने हो भने अहिले सम्म पनि म के ही अप्ठ्यारा कुराहरु जीबनमा आयो भने प्रभू यसो गरीदेउ भनि हाल्छु । यसो गरेर आफुले आफैलाई बलियो बनाएको हो र यो मेरो भाव नै परमात्मा प्रतिको चोखो स्रद्धा भाव हो ।

यो मृत्यू रुपी संसारमा जती सुकै धनी व्यक्ति होस वा गरिब, ज्ञानी होस वा अज्ञानी सबैमा कहिले दु:ख र कहिले सुख आउछ । तर यसबाट मुक्त हुन समय कुर्नुपर्छ । यो कुर्दा रोएर वा दु:खि भएर भन्दा पनि परमात्माको कथाहरु, रामसीताको जीबनी, भगबान श्री कृष्णको कथा पढेर मन शान्त पार्न सक्नुपर्छ । यहा आए पछि कहिले दु:ख र कहिले सुख रुपी फूल मन लगाएर होस या मन नलगाएर टिप्नु नै पर्छ किनभने हामी जन्मलिनुको मुख्य कारण यही सुख र दु:ख रुपी फुल टिन्नु नै हो । गुरुहरु भन्नुहुन्छ यदी तिमीहरु यो दु:ख र सुखबाट मुक्त हुन चाहन्छौ भने  आफ्नो  जीबनलाई अनाशक्त रुपले ब्यवहार गर्नुपर्छ । अनासक्त भनेको अहकांर, क्रोध, लोभ, डाह, घमण्ड बाट रहित हुनु हो र यसको लागी हामीले नित्य बेदान्त, श्री मद्भभग्बतगीता र ब्रह्रशुत्र धार्मिक ग्रन्थ सुन्ने, सुनेको कुरा मनन गर्ने पछि नीदीध्यासन गरेर आफ्नो जीबनमा उतार्दै जानु पर्छ । यही नै गर्ने इच्छा प्रबल बनाउनु पर्छ । यस्तो अध्यात्मिक कर्म गर्दा बीघ्न बाधाहरु लाखौं लाख आउछन् तर मन लाई डगमगाउन दिन हुदनै । 

यस जन्ममा प्राप्त सबै योनीहरुको पूर्वजन्म छ । पूर्वजन्म भएर नै हामी अहिले पूर्वजन्ममा भएको कर्मको संस्कारको कारण बिभिन्न किसिमका संस्कारहरु लिएर जन्मेका छौं ।पूर्वजन्ममा राम्रो र नराम्रो कर्म बराबर भए मनुष्य, राम्रो कर्म मात्र छ भने देबता र नराम्रो कर्म मात्र भयो भने पशुपक्षी हुन्छौं भनेर बिभीन्न पुराणहरुमा लेखिएको छ । हामीले अर्को जन्मको तयारी गर्नु छ भने सत्शास्त्र र महापुरुषहरुको संगत गरेर आफ्नो उद्धार गर्ने प्रयास गर्नु नितान्त आबस्यक छ ।खानु, लगाउनु, घर बनाउनु र बच्चा पैदा गर्नु  त यी अज्ञानी र नीच (तल्लो) योनीमा रहेका पशुपक्षिले पनि गर्दछन् ।  हामी बिबेकी मनुष्य भएर खानु  लगाउनु, घर बनाउनु र बच्चा पैदा गर्ने काममा मात्र लाग्यौं भने पशु र हामीमा के फरक भयो त ? यो कुरा सोचनीय छ । यही मनुष्य जीबनबाट नै हामी देबता बन्नेमौका पाएका हुन्छौं र राक्षस पनि यही मनुष्य जुनीबाट नै हुने हो । त्यसैले,अहिलेको कर्मबाट शरीर छुटेपछि पुर्नजन्ममा के कस्तो योनीमा जन्म लिने बाटो तय हुने हुनाले, देबतामा लिन हुँदै मोक्ष प्राप्त गर्ने, मनुष्य वा राक्षस जुनी प्राप्त गर्ने बारे हामी सबैले आजैबाट निधो गरौ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. फेमिली पिस एसोसिएसन नेपालद्वारा अध्यात्म ज्ञान ओलम्पियाड आयोजना हुँदै
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. नेकपा अर्थात् गफाडी क्लब !
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित