हामी स्वचालित बन्ने की परिचालित हुने ?

प्रेम बहादुर ढाँट

बित्थडचिर वा चिर क्षेत्र विकासका प्रचुर सम्भावनाहरु बोकेको क्षेत्र हो । तर यस क्षेत्रका सीधासोझा जनताहरुको फाइदा उठाउँदै शासक वर्गहरुले कहिल्यै पनि माथि उठाउने प्रयास गरिएन। यो क्षेत्र राजनीति, आर्थिक, शैक्षिक, प्राकृतिक, भौगोलिक र स्वास्थ्य लगायत हरेक पक्षमा अरु भन्दा अगाडि भए पनि शासक वर्गको ध्यानमा जान सकिएन ।

२०४६ सालदेखि आजसम्म नै चिर क्षेत्र उपेक्षित र अपहेलित हुँदै आएको छ । यो क्षेत्रका जनताहरुले जिल्ला, केन्द्रको कुनै तहमा आफ्नो प्रतिनिधित्व गर्ने अवसर कहिल्यै प्राप्त गर्न सकेनन् । शासक वर्गहरुले जहिले पनि हामीलाई भर्याङ् बनाउने काम मात्रै गरे । कुनै पनि राज्यको उच्च ओहदामा पुग्ने परिस्थिति यहाँको बासिन्दालाई जुरेन ।

जिल्लाकै प्रवेशद्वारको रुपमा रहेको यो क्षेत्रमा कसले के बनाए र के गरे ? जसरी सिंहदरबारमा बस्नेहरुले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण फरक छ । त्यसैगरी अरु क्षेत्रकोले देउरादेखि वारी र श्रीभावर सिमानादेखि तलका जनताहरुलाई हेराई पनि त्यस्तै देखिन्छ । अब हामीले कुनै पनि नेताको अधिनमा नरही यस क्षेत्रका जनताहरुको हकहितका लागि रिमोटबाट चल्ने व्यक्ति होइन कि आफ्नो बुद्धी, बिवेक र क्षमताले चल्नको लागि सबैले एक छिन गम्भिर भएर सोच्ने बेला आएको छ ।

बित्थडचिरबासीहरुले समस्याहरुलाई आफ्नो हृदयमा आत्मसात गर्ने व्यक्ति अबको आवश्यकता हो । त्यसैले चिर क्षेत्र वा बित्थडचिर गाउँपालिकाको विकास गर्न र यो गाउँपालिकामा भएका वा हुने गरेका जति पनि विकृती र विसंगगीहरुको निराकरण गर्न कसैको मुख ताक्नुपर्ने अवस्थाको अन्त गर्नुपछ । यो गाउँठाँउको विकास गर्न र मुहार फेराउनको लागि हामीहरुबीचको आपसी एकता, सहयोग र सद्भावनाले संघसंस्थालाई एक ढिक्का र बलियो बनाउँदै अघि बढ्नु पर्छ ।

कुनै पनि बित्थडचिरबासी काँग्रेसीहरु हामी कुनै किसिमको भ्रममा नपरौ कि जसरी घोडा खच्चरलाई दानापानी दिएर बलियो र आफ्नो पक्षमा पार्ने काम गरिन्छ । त्यसै गरि काँग्रेसीजन माँझ चाकरी चाप्लुसी गरेर आफू बलियो हुनेहरु स्वयम पतनको बाटोमा लाग्ने अवश्य देखिन्छ। त्यसैले बित्थडचिर काँग्रेसीजनले समाजमा भएका र हुने गरेका जति पनि विकृती, विसंगति, अन्याय, अत्याचार , कुकृती र कुसंगती, अप्रजातान्त्रिक तथा अनियमितता छन, ती सबैलाई एक एक गरी जनताहरु सामु ल्याउने कार्य गरौं र अरुलाई पनि उत्प्रेरित गराउन तर्फ लागौं ।

अन्तमा, हामीहरुबीचमा भएका र हुने गरेका जति पनि कुराहरू छन, तिनीहरूको एक अर्कामा आपसी छलफल तथा गर्दै निराकरणका लागि स्वस्थ अन्तरक्रिया अघि बढाऔं । र, एकता बढाउँदै अघि बढौ ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !