फाइजर खोप लामो समय फ्रिजमा भण्डारण गर्न सकिनेः बालबालिकाकाका लागि पनि उपयोगी

आजभोलि

काठमाडौं । यूरोपेली औषधि नियामक निकायले कोरोना बिरुद्धको फाइजर खोप फ्रिजमा लामो समयसम्म भण्डारण गर्न सकिने जनाएको छ । यसअघि फाइजरको खोप तत्कालै लगाउनुपर्ने र सामान्य फ्रिजको तापक्रममा भण्डारण गर्न नसकिने गरी बिकास गरिएको थियो ।

बीबीसीका अनुसार यूरोपेली औषधि संस्था९इएमए०ले खोप तयार भइसकेपछि खुला नरहेको अवस्थामा एक महिनासम्म भण्डारण गर्न सकिने जनाएको उल्लेख गरेको छ । हाल मात्रै पाँच दिनसम्म भण्डारण गर्न सकिने गरी तयार गरिएको थियो ।

यसप्रकारको प्रकृतिले यूरोपेली राष्ट्र बाहिर खोप अभियान कार्यक्रम नराम्ररी प्रभाबित बनेको थियो । र फाइजरको खोप यूरोप बाहिर लगाउन नै नपाउने स्थिति उत्पन्न भएको थियो ।

न्यून तापक्रममा भण्डारण गर्नुपर्ने र आपूर्ति गर्ने क्रममा समेत फ्रिजको उचित ब्यवस्था हुनुपर्ने कारणले फाइजरको खोप विश्वब्यापी पहुँचभन्दा टाढिन गएको थियो । गत् फेब्रुअरी महिनामा अमेरिकाले फाइजर खोप माइनस १५ देखि माइनस २५ डिग्री सेन्टिग्रेडको तापक्रममा दुई साताका लागि भण्डारण गर्न सकिने अनुमति दिएको थियो । यूरोपेली निकायले भने त्यत्तिबेला समेत भण्डारण गर्न कम्तिमा माइनस ८० देखि माइनस ६० डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्ने मापदण्ड तयार गरेको थियो ।

यसै महिना क्यानाडाले फाइजरको खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि समेत लगाउन सकिने अनुमति दिएको छ । यस उमेर समूहमा खोप लगाउन अनुमति दिने क्यानाडा पहिलो राष्ट्र हो ।

गोरखापत्र अनलाइनबाट साभार

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !