२३ झर

मधुसूदन प्रसाद घिमिरे

झरकाे यात्री हुँ म झरमा नै रमाउछु ।

लेख्ने काेसिस मात्रै हाे तै नि कलम समाउछु ।

सबैमा बन्दना गर्छु साहित्य पारखिहरु जे जस्ताे लेखी रा छु म यसैमा रम्दछु बरु ।

के कस्ताे लेखिरहेछु सुझावकाे अपेक्षा गरे चित्त दुख्ने भए साथी यहाँकै भरमा परे ।

मैले ठाने माया नै मारी नानी ओर्लिन् नक्कल पारी ।

एक्लै हुँदा डरले सतायाे पार्टनर पाए जिउ नै ततायाे ।

उत्साहले भेट्न गए थे निरासाले म फर्के थे ।

माेरिले मलाई ढाँटि नि नत्र त मैले आँट्याँ थि ।

उसकाे र मेराे प्यार अर्काेले देखे खबरदार ।

झर झर झर गर्दै झर्छ झर्ना झरेर सल सल सल गर्दै बग्छ नीलाे बनेर ।

१०

हिम नदीहरूबाटै फैलिएरै त झर्ना मन हरि पनि लिन्छ, हामी जान्छाैँ नि हेर्न ।

११

पर्यटक पनि आए हाम्राे देशकाे विकास क्रमश बढी रहन्छ आम्दानीकाे निकाश ।

१२

हिम गिरी अति शाेभा चुचुराेसम्म हेर्न डलर तिरेर आउने स्निग्न आभाले बेर्न ।

१३

ऋषि मुनिहरूबाटै तप तप्का प्रभाव हिम नदी पनि निस्के आषुताेष्का निगाह ।

१४

शिव शिव शिव भाेला शीरमा राखि गंगा कर्णाली र काेशी बग्छन्, अन्य बग्छन् उमंग ।

१५

सर्जक झर समूह काेटी काेटी प्रणाम दुई हात जाेडि भन्छु देवता श्रष्टा जान ।

१६

झर समूह प्रतिष्ठान् उन्नती गर्छु कामना एक वर्ष पुगेकाे भन्छु मैले शुभकामना ।

१७

आज शंकराचार्य गुरु जयन्ती सबैले गराैँ है गुरु भक्ति ।

१८

धर्म ले नै उँभाे लागिन्छ याेगले स्वस्थ भइन्छ ।

१९

पापले सात पुस्ता नर्क मन्त्र सिद्धीगर धर्ममा फर्क ।

२०

गृष्म बाले भनेका छन् सके दुःख हटाउछु नसके म त आफू नै बिस्तारै पाे बिलाउछु ।

२१

वृष संक्रान्तिले भन्छ वृषभ सिङ धारिलाे काेभिडेलाई रुवाएरै विस्तारै घचाडियाे ।

२२

नआत्तिनाेस् सबै मान्छे अवनिलाई गुहार्दछाै विस्तारै दु:खकाे बाेट बलले नै उखेल्दछाै ।

२३

जाेगिनु पर्छ मान्छेले सबैले जाेगिउ अब नाेक्सानी जे जति भै गाे हाेस् राखाै सबै अब ।

 

नयाँ बानेश्वर शान्तिनगर, सिद्धिचरणमार्ग, फाेन ९८४०६०७२७६

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !