काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुदूरपश्चिमका ६ ओटा हस्पताललाई कोभिड–१९ का सङ्क्रमितका उपचारका कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ ।
देशभर जम्मा ३० अस्पतालमा यो सुविधा थप गरिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता भइसकेको जनाएका छन् ।
प्रदेश नं १ मा एक, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा दुईदुई तथा सुदूरपश्चिम प्रदेशमा छ अस्पताल छन् । सबै अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार पाउनेछन् ।