नेपालको सन्दर्भमा मानव संसाधन व्यवस्थापन एक परिचर्चा

प्रवीण भट्टराई

सामान्य भाषामा सँस्थामा हुने कर्मचारीहरुको व्यवस्थापन नै मानव संसाधन व्यवस्थापन हो । त्यसैले, सँस्थामा काम गर्ने बहु आयमिक वा बहुजातीय कर्मचारीहरुको प्रभाकारी व्यवस्थापन नै मानव संसाधन व्यवस्थापन हो । तसर्थ: मानव संसाधनको प्राप्ति, विकास, परिचालन र उनीहरुको दीगो व्यवस्थापन मानव संसाधन व्यवस्थपनका नियमित व्यवस्थापकिय कार्यहरु हुन्  ।

यस अवधारणामा सँस्थाका कर्मचारिहरुलाई वस्तु वा साधनको रूपमा मात्र नहेरी मानवीय भावना, संवेदना, उत्प्रेरणा लगायत विषयमा विशेष जोड दिइन्छ । तसर्थ, मानव संसाधन व्यवस्थापन भनेको संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि मानविय क्षमताको उपयुक्त ढँगले उच्चतम उपयोग गर्ने व्यवस्थापकिय कार्य हो । र सँस्थामा आवश्यक कर्मचारीहरुको भर्ना पूर्वदेखि अवकास पश्चात सम्मका नीतिगत, संरचानगत र कार्यक्रमगत व्यवस्थापन नै मावन संसाधन व्यवस्थापनका मुख्य प्रमुख बिषय बस्तुहरु हुन् ।

त्यसैले यस प्रकृयामा सँस्थाको आवश्यकता अनुसार मावन संसाधन सम्बन्धिका योजना, सँगठन, निर्देशन र व्यवस्थापनका कामहरु शिलशिलाबद्ध रुपमा हुन्छन् । साथै, यस व्यवस्थापकिय कार्यमा मानव संसाधन विकास सम्बन्धि बिभिन्न प्रकारका कामहरु गर्ने गरिन्छ । तसर्थ: सँस्थामा मानव संसाधन व्यवस्थापन गर्नुको मुख्य कारण भनेकै दक्ष जनशक्तिको प्राप्ती, उनीहरुको परिचाल तथा बिकास र  उपयुक्त व्यक्ति उपयुक्त ठाउँमा रहेर काम गर्न पाउने बातावरण तयार गर्नु हो । यस प्रकारको परिपाटिले व्यक्तिगत तथा सँस्थागत उदेश्य प्राप्ति गर्न सहज हुन्छ । र यसको मुख्य उद्देश्य कर्मचारीहरूको वृत्तिविकासमा सहयोग पुर्याउनु हो । र यस कार्यले गर्दा कर्मचारीहरूको कार्यक्षमता र सँस्थाको उत्पादकत्वमा पनि वृद्धि हुन जान्छ ।

तर नेपालको समग्र मानव संसाधन व्यवस्थापन पद्धतिको बारेमा कुरा गर्ने हो भने कर्मचारी र मानव सँसाधान प्रशासन बिच राम्रो प्रकारको सम्बन्ध छैन । साथै, दक्ष जनशक्तिको पहिचानमा पनि हामी चुकि रहेका छौँ । त्यसैगरी, मावन सँसाधन व्यवस्थापन विभागलाई त्यति धेरै प्राथमिकता दिइदैन त्यसैले कर्मचारीहरुको तालिम तथा अन्य वृति विकासका कार्यमा सम्बन्धित निकायको ध्यान जाँदैन त्यसैले पनि कर्मचारीहरुको मुल्याँकन राम्रो ढँगले हुन सक्दैन ।  र मानव संसाधन सँग सम्बन्धि सँगठनात्मक नीति नियम पनि पूर्ण रुपमा पालना हुँदैन ।

बिगतमा भने सामान्य प्रशासनिक र व्यक्तिगत तवरबाट मानव संसाधन व्यवस्थापन हुँदै आएको थियो । तर, उत्पादन प्रणालीमा मानव संसाधनको महत्व बढ्दै गएपछि र अन्तराष्ट्रिय बजारको प्रभाव पर्दै गएपछि अहिले प्रायः सबैजसो निकायहरुले मानव संसाधन व्यवस्थापनका लागि  छुट्टै विभाग गठन गर्न थालेका छन् । त्यो व्यवस्था हुनु मानव संसाधन व्यवस्थापनको सन्दर्भमा सकारात्मक पक्ष हो ।

मानव संसाधन भनेको सकृय श्रम शक्तिको समूह हो । र मानव संसाधन दक्ष जनशक्ति प्राप्ति सँग सम्बन्धित छ । र यसले मानविय पूँजी निर्माणमा योगदान पुर्याउँछ । तसर्थ: सम्बन्धित पक्षले आफ्नो सँस्थाको प्रमुख उदेश्य के हो ? आफू सँग भएका मानव संसाधन (कर्मचारीहरु) को क्षमता के छ ? र भविष्यमा के कस्ता दक्ष जनशक्तिको आवश्यकता पर्छ ? र कुन किसिमका बिधि वा पद्धतिले काम सम्पन्न गर्ने ? कुन ढँगको मानव संसाधन रणनीति बनाउने ? र कामको  मुल्याँकन र सुधार कुन विधीबाट गर्ने भन्ने कुराको पहिले नै निर्धारण गर्नुपर्छ ।

त्यसैगरी, मानव सँसाधान मानविय पूजीसँग सम्बन्धित छ । मानविय पूँजी भनेको कर्मचारीहरुको ज्ञान, क्षमता र दक्षता बढाउने कुरा हो । त्यसैले, काम गर्ने सन्दर्भमा प्रत्येक कर्मचारीले  आफ्नो ज्ञान, शिप, क्षमता र दक्षता बढाउने कुरा पनि मानव सँसाधन व्यवस्थान सँग सम्बन्धित छ । तसर्थ, मानव संसाधन व्यवस्थापन प्रकृया सँस्थाको लागि मानविय पूँजी वा सम्पति हो । त्यसैले, तालिम र क्षमता अभिवृद्धिका कार्यक्रहरुबाट सँस्थाको लागि चाहिने मानविय पूँजीको निर्माण गरिन्छ । र मानविय पूजी निर्माणबाट  देशको आर्थिक, सामाजिक, सँस्कृतिक र राजनीतिक शुसासन सम्भव छ ।

तर, हाम्रो देशमा कर्मचारी कर्मचारी बिचको सम्बन्ध, मानव संसाधन योजना र कर्मचारी वृति विकास र मुल्याकन प्रकृया प्रभावकारी नहुँदा कर्मचारी काम प्रति असन्तुष्ट छन् । त्यसैले, उनीहरुले काम गर्ने उपयुक्त वातावरण पाउन सकेका छैन् । त्यसैगरी, सँस्थले पनि दक्ष जनशक्तिको प्रयोग तथा परिचालनबाट उत्पादकत्व वृद्धि गर्न सकेको छैन । समग्रमा, मानविय तथा गैर मानविय श्रोत साधनलाई प्रभावकारी रुपमा परिचालन गर्न सकेको छैन । यी बिभिन्न कारणहरुले गर्दा उपभोक्तालाई गुणस्तरिय सेवा सुविधा दिन असमर्थ छ । साथै, श्रोत साधनको पनि पूर्ण रुपमा प्रयोग र परिचालन हुन सकेको छैन । यस प्रकारको व्यबधानले गर्दा समग्र देशकै आर्थिक, सामाजिक, सँस्कृतिक र राजनीतिक वातावरण राम्रो हुन सकेको छैन । यस्तो हुनको मुख्य कारण भनेकै नीतिगत जटिलता र देशको राजनीतिक अस्थिरता मुख्य कारण हो । त्यसैले, देशमा जनशक्तिको होइन, दक्ष जनशक्तिको अभाव छ ।

त्यसैगरी, गैर मानविय श्रोतहरु जस्तै पूँजी, प्रविधी, स्थिर र चालु सम्पती व्यवस्थापन तथा परिचालन गर्न मानविय संसाधनको आवश्यकता पर्छ । त्यसैले मानव संसाधन बस्तु तथा सेवाको उत्पादन तथा विक्रि बितरणमा प्रयोग हुने सक्रिय साधान हो । यस मानविय संसाधनले विद्यमान साधन श्रोतलाई परिचालन गर्दै राज्यको आर्थिक विकासमा मद्त पुर्याउँछ । र बिश्व दुनियमा बढ्दै गएको प्रतिस्पर्धालाई प्राप्त गर्न पनि यो आवश्कय छ ।

किनभने मानव संसाधन व्यवस्थापन निरन्तर चलिरहने प्रक्रिया हो । यो सबै तहका व्यवस्थापकले गर्नुपर्ने नियमित कार्य हो । यसले सँस्थाको उद्देश्य प्राप्ती गर्न सघाउँछ । सँस्थाको लागि यो एउटा व्यवस्थित दीर्घकालीन रणनीतिक योजना कार्य हो । त्यसैगरी, मानविय साधनलाई वा दक्ष जनशक्तिलाई परिणात्मक र गुणात्मक गरी दुई पक्षबाट हेरिन्छ । मानवको आकार, जनसँख्याको ढाँचा, श्रम शक्तिको सँख्या र काम गर्ने अवधि परिणात्मक पक्ष हुन् भने योग्यता, क्षमता, ज्ञान, दक्षता, शिप, शिक्षा गुणात्मक पक्ष हुन् ।

मानव संसाधन विकास आर्थिक विकासको आधार हो । र देशको आर्थिक विकास देशको मानव संसाधनमा निर्भर छ । त्यसैले योग्य कर्मचारीहरुको छनौट तथा नियुक्ती उपयुक्त बिधीबाट गर्नुपर्छ । त्यसबाहेक उनीहरुलाई वृति विकासका लागि तालिम र आवश्कय समयमा कार्य प्रगति मुल्याकनको आधारमा बढुवा गरी पुरस्कृत पनि गर्नुपर्छ ।

त्यसैले, मावन संसाधनको उचित व्यवस्थापन भनेकै सँस्थाको उदेश्य अनुसार दक्ष जनशक्तिलाई उपयुक्त ढँगको सँस्थामा काम गर्ने वातावरण दिई उनीहरुलाई परिचालन तथा निर्देशन दिँदै उचित व्यवस्थापकिय बिधि वा तरिकाले कुनैपनि निश्चित काम सम्पादन गरी सँस्थाको अल्पकालिन तथा दिर्घकालिन लक्ष्य हाँसिल गर्नु हो । किनभने मानव स्रोतको सक्षमताबाट मात्र भौतिक,वित्तीय, प्राविधिक तथा सूचना स्रोतको प्रभावकारी रूपमा परिचालन गर्न सकिने भएकाले यो महत्वपूर्ण र आवश्यकिय व्यवस्थापकिय संयन्त्र हो ।

संगठनमा मानव स्रोत व्यवस्थापन भन्नाले संगठनमा जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भार गरी संगठन र कर्मचारी दुवैको आवश्यकता एवं उद्देश्य पूरा गर्नु हो । त्यसैले, मानव स्रोत व्यवस्थापनमा संगठन र यसमा कार्यरत जनशक्तिको उत्पादकत्व वृद्धिका लागि संगठनमा मानव तत्वलाई महत्व दिइन्छ । र मानव स्रोत व्यवस्थापनको अवधारणाले संगठन र कर्मचारी दुवै पक्षलाई उत्तिकै महत्व दिएको हुन्छ । त्यसैले, सँस्थालाई आवश्यक पर्ने जनशक्तिको पहिचान, माग, भर्ना, छनौट, नियुक्ति, पदस्थापना, विकास, उपयोग, संहार तथा अवकाश सम्बन्धी समग्र कार्यको उपयुक्त रूपमा व्यवस्थापन गर्ने  कार्यप्रणाली नै जनशक्ति व्यवस्थापन हो ।

त्यसका लागि उपयुक्त व्यक्ति उपयुक्त समयमा उपयुक्त स्थानमा लैजानु पर्छ । साथै, कर्मचारीको बृति विकास, कर्मचारीको काम प्रतिको सन्तुष्टिको बारेमा मनोबैज्ञानिक र सामाजिक विश्लेषण हुनु नितान्त आवश्यक छ । त्यसका अतिरिक्त, मानव क्षमताको उपयुक्त ढँगबाट सँस्थामा उपभोग गर्ने र कर्मचारीलाई काम गर्ने सुरक्षित बातावरण र राम्रो  तलब भत्ता सुविधा  दिनुपर्छ ।  तब मात्र सँस्थाले सँस्थागत,  कर्मचारी तहगत,  सामाजिक तहगत आफ्नो उदेश्य प्राप्त गर्न सक्छ ।

जसले गर्दा समग्रमा देशमा उच्च अर्थिक विकास दर हाँसिल गर्न, उद्योगिक विकास गर्न, आर्थिक विकासका पूर्वाधार विकास गर्न, प्राकृतिक साधन र श्रोतको उचित प्रयोग गर्न, उत्पादन र उत्पादकत्व बढाउन र यस व्यवस्थापकिय कार्यले ग्रामिण क्षेत्रमा उद्यमशितलाको वातावरण पनि तयार हुन जान्छ । तर देश भित्रै जस्तै, मानव पूँजी निर्माणमा समस्या र मानविय पुँजीको अनुमान गर्न कठिन छ । त्यसैगरी, जनसँख्या वृद्धि दरले पनि मानव सँसाधनको परिचालन र व्यवस्थापनमा प्रभाव पर्छ भने दक्ष मानवीय श्रोत र शक्तिलाई सही ढँगले राज्यले परिचालन गर्न नसक्नु, राज्यले मानविय विकासमा पर्याप्त मात्रामा लगानी गर्न नसक्नु  देशकै लागि प्रमुख चुनौती र अवसर हुन् ।

त्यसैले, मानव संसाधन व्यवस्थापन पनि  बिभिन्न चरणहरु पार गर्दै आएको यस अवस्थामा आएको हो । जस्तै, ट्रेड युनियन युग, सामाजिक दाइत्व युग, बैज्ञानीक व्यवस्थापन युग, मानव सम्बन्ध युग, व्यवहार विज्ञान युग, प्रणाली दृष्टिकोण युग र आकस्मिक दृष्टिकोण युग हुँदै आजको यस अवस्थामा आएको हो ।

त्यसैले, अहिलेको अवस्थमा मानव संसाधन व्यवस्थापनका कार्यहरु सहि तरिकाबाट गर्ने हो भने जस्तै, मानव पूँजी निर्माणलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ । साथै, सरकारी तथा गैर सरकारी निकायको मानव संसाधनको  क्षमता बढाई आर्थिक कृयाकलाप, विकास र रोजगारी श्रृजना हुने गरी आवश्यक दक्ष जनशक्ति सम्बन्धि उपयुक्त योजना तथा सो तर्जुमा गर्नुपर्छ । त्यसैगरी, सँस्था भित्र र कर्मचारीको प्राविधी क्षमतामा वृद्धि गर्न सम्बन्धित पक्षले मानविय विकासमा लागनी बढाउँदै लैजानु पर्छ । आर्थिक विकासका कार्यक्रममा दक्ष र क्षमताबान जनशक्तिलाई परिचालन गर्ने पद्धतिको विकास गर्नुपर्छ । र यी मुद्धाहरु नै अहिलेका प्रमुख चुनौतिहरु हुन् ।

त्यसबाहेक, सँस्थाभित्र मानव संसाधनसँग उत्पादकत्व, व्यवसायिक अवस्था, कर्मचारीको बहुआयमिकता, सँस्थाको रणनीति आदि बारेमा तुलनात्मक अध्ययन गर्नुपर्छ । त्यसका लागि, श्रम ऐनमा सुधार, कर्मचारीको सेवा सुविधा, श्रम सँगठन र उनीहरुको उचित व्यवस्थापनमा ध्यान दिँदै आवश्यक सुधार गर्न आवश्यक छ ।  यसरी, सम्पुर्ण कुरामा उचित व्यवस्थापन गर्ने हो भने सँस्थाले कर्पोरेट तह, व्यवसायिक तह र सामाजिक तहमा तहगत लक्ष्य हाँसिल गर्न सक्छ ।

यदी यसो भएको खण्डमा देशमा उच्च अर्थिक विकास दर हाँसिल हुने, उद्यौगिक विकास हुने र आर्थिक विकासका पूर्वाधार विकास गर्न सहयोग पुग्छ । साथै, प्राकृतिक साधन र श्रोतको उचित प्रयोग गर्न, उत्पादन र उत्पादकत्व वृद्धि तथा विकास गर्न, सामाजिक मुल्य र मान्यतामा सह सम्बन्ध स्थापित गरी उद्यमशितलाको विकास गर्न सकिन्छ ।

त्यसबाहेक, सँस्थको उदेश्य अनुसार मानव संसाधन व्यवस्थापनका लागि उपयुक्त नीतिको तर्जुमा र सो को कार्यान्वयन गर्नुपर्छ । साथै, सँस्थामा भएका मानव सँसाधनको क्षमता मुल्याँकन गर्ने र भविष्यमा सँस्थालाई के कस्तो मानव संसाधनको आवश्यकता पर्छ सो को पनि योजना बनाउनु पर्छ र कुन बिधी र प्रकृयाबाट कर्मचारीहरुबाट काम सम्पादन गर्ने गराउने हो भनेर पनि जानकारी लिनुपर्छ । र यी प्रमुख व्यवस्थापकिय कुराहरुलाई समय सापेक्ष अनुसार आवश्यक सुधार गर्दै लैजानु पनि जरुरी हुन्छ ।

साथैसाथै, भर्ना, छनौट र नियुक्ती, कर्मचारी तालित तथा वृद्धि विकासमा पनि उपयुक्त बिधी अपनाउनु पर्छ । यदी यसो भएमा कर्मचारी मुल्याँकनमा सुधार हुँदै कर्मचारीहरु र सम्बन्धित सँस्था बिच सह सहसम्बन्ध स्थापित हुन्छ । साथै, आर्थिक, कानुनी, प्राविधिक, राजनीतिक र सामाजिक र सँस्कृति रुपमा आउने सबै प्रकारका  जटिलता र चुनौतीहरुको अन्त्य हुन्छ । त्यसका लागि प्राप्ती–योजना,कार्य मुल्याँकन,छनौट,भर्ना,सामाजिकरण,विकास–आवश्यकता मुल्याँकन, तालिम, व्यवस्थापन विकास, वृद्धि विकास, प्रयोग – उत्प्रेरणा, मुल्याँकन, पुरस्कार,मर्ममत–सँबन्ध विस्तार,कर्मचारी अनुसासन,सुझाव तथा गुनासो,कर्मचारी कल्याण लाई राम्रो सँग कार्यान्वय  गर्नुपर्छ । यदी यसो भएमा  प्रतिफल मापदण्ड, सामाजिक कल्याण  र  सँयुक्त सुचक मापदण्डमा सुधार आउने पक्का छ ।  जसले गर्दा मानब संसाधन व्यवस्थापन बिधिबाट सँस्थागत लक्ष्य प्राप्त हुन्छ । र सँस्थामा मानव संसाधन योजना र मानव संसाधन विकास प्रकृया पनि प्रभावकारी हुन्छ ।

तर देशमा गुणस्तरिय कार्य वातावरणको अभाव  छ । मानव संसाधन व्यवस्थापन प्रकृया धेरैका लागि जागिर खाने माध्यम भएको छ । साथै, व्यवस्थापिकय समस्या, बन्द तथा हड्ताल, अनुचित तलब तथा सेवा सुविधा, र कर्मचारीमा बृति विकासको अभाव छ ।

तर मानब समसाधन व्यवस्थापनबाट सँस्थागत उदेश्य हाँसिल गर्ने हो भने कुनैपनि व्यावसायिक संस्थामा मानव संसाधन व्यवस्थापन बिभागलाई सोही सम्बन्धि सम्पूर्ण अधिकार दिनुपर्छ । यसरी अधिकार प्राप्त बिभाग पनि मानव संसाधन व्यवस्थापनका बारेमा पूर्ण जवाफदेही हुनुपर्छ । यसका लागि सँस्थाको तर्फबाट आवश्यक वातावरण तयार गरिदिनुपर्छ । मानव संसाधन विभागले पनि सँस्थामा कर्मचारीहरु तथा अन्य कारणहरुका कारणले आउने बिभिन्न प्रकारका चुनौतीलाई आत्मसात् गर्दै अगाडि बढ्न सक्नुपर्छ । यो विभागमा व्यावसयिक चुस्तता हुनुपर्छ ।

मानव सँमसाधन व्यवस्थापन विभागले संस्थाको उत्पादकत्व वृद्धिका लागि सधैं ध्यान पुर्याउनुपर्छ । आफ्ना कर्मचारीहरुको स्तर सुधारमा ध्यान दिँदै कसरी अदक्ष कर्मचारीको दक्षता बनाउन सकिन्छ भन्ने बारेमा सधैं सजग र सचेत रहनुपर्छ । र यस ढँगको प्रकृयाबाट नै उचित तरिकाले मानव सँमसाधन व्यवस्थापन गर्दै राष्ट्रिय विकासको लक्ष्यसँग मानव संसाधन विकासलाई जोडेर लाने हो भने देशको दक्ष जनशक्तिबाट देशको अहिलेको आर्थिक तथा सामाजिक अवस्थामा तुलनात्मक रुपमा सुधार आउने पक्का छ ।

 

 

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. फेमिली पिस एसोसिएसन नेपालद्वारा अध्यात्म ज्ञान ओलम्पियाड आयोजना हुँदै
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. नेकपा अर्थात् गफाडी क्लब !
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित