स्थानीय व्यापारीले कालोबजारी गरेपछि नेविसंघद्वारा दबाबमुलक अभियान शुरु

आजभोलि

सुनुकुडा । नेपाल विद्यार्थी संघ वित्थडचिर गाउँपालिकाले कालोबजारी बिरुद्धको अभियान शुरु गरोको छ । गाउँपालिका भित्रका व्यापारिक केन्द्रमा सूचना टाँस गरी बिरोध कार्यक्रम गरेको छ । कालोबजारी नगर्न व्यापारीलाइै चेतावनी समेत दिएको जनाइएको छ ।

सुनुकडा बजार, देउलेख बजार, बित्थड बजार सहितका बजारमा सूचना टाँसी स्थानीय ब्यापारी मूल्य भन्दा बढी नलिन र आवश्यक सामाग्री नलुकाउन आग्रह गरिएको नेविसंघका नेता हरिचन्द्र जोशीले जानकारी दिए । स्थानीय प्रशासन तथा प्रहरी प्रशासन कालोबजारी हुँदा पनि मौन रहेकोले नेविसंघले यो कदम चालेको हो, नेविसंघका अर्का नेता नरेश बोहराले जानकारी दिए ।

सामान नियमित रूपमा ढुवानी भईरहेको अवस्थामा पनि यहाँ कालोबजारी भइरहेकोले आफूले यो जगारण अभियान चालएको नेविसंघ नेता विष्णु अवस्थीले जानकारी दिए । आफूले गल्ती गरेको अबदेखि तोकिएको मुल्य मात्र लिने व्यपारीले प्रतिबद्धता समेत गरेको नेविसंघले जनाएको छ ।

पालिका भरी खाद्यान्न, दैनिक उपभोग्य बस्तु, रिचार्ड कार्ड तथा अरु सामाग्रीमा सतप्रतिशत भन्दा बढी बृद्धि गरी ग्राहकलाई ठग्दै आइरहेको जनाएको छ । उक्त अभियानमा दमन बिष्ट, अनिल बिष्ट, सुरेश महरा, जनक बोहरा, मनोज अधिकारी,धर्म जोशी लगायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

अभियान रुपैलदेखि वित्थडसम्म संचालन गरिएको थियो । साथै कोरोना सचेतना अभियान पनि संचालन गर्ने नेविसंघले जनाएको छ ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !