आवश्यक परेमा राष्ट्रपतिमाथि महाअभियोगका लागि कांग्रेस अघि बढ्ने !

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी ओलीले संविधान विपरितको कार्य बिरुद्ध सबै विकल्पमा जान्े निर्णय गरेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सबै विकल्पमा जान्छ । त्यस मध्ये राष्ट्रपतिमाथिको महाअभियोग पनि एक विकल्प भएको बताए ।

उनले सबै दलहरुसँगको छलफलपछि निश्कर्षमा पुग्ने जनाएका छन् । उनले यो कदम लोकतन्त्र र संविधान समाप्त पार्ने षडयन्त्र भएको समेत जनाए ।

हिजो राती राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आज अपरान्ह ५ बजेसम्म समय दिएकी थिइन्। यसलाई संविधानज्ञाताहरुले गैरसंवैधानिक कार्य भन्दै आचोलना गरेका छन् ।

पार्टीभित्र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्ने आवाज बलियो बन्दै गइरहेको छ । कांग्रेस नेता महेश आचार्य, मिनेन्द्र रिजाल, गगन थापा लगायतले राष्ट्रपतिमाथि महाअभियोग लगाएर संविधानको रक्षा गर्नु पर्नेमा जोड दिदै आइरहेका छन् ।

नेपाली कांग्रेसले लोकतन्त्र जोगाउनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !