दलभित्रैबाट विपक्षीसँग मिलेर सरकार ढाल्ने काम भयो – प्रधानमन्त्री

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मार्ग प्रशस्त गरेकै आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार अर्को सरकार गठनको आव्हान गर्नुभएको प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सो कुरा प्रष्ट पार्नुभएको हो । राष्ट्रपतिको आव्हान लगत्तै कृतिम र नाटकीय व्याख्या र टिप्पणी भएको उहाँले बताउनुभयो । विश्वासको मत प्राप्त हुने अवस्था थिएन, फेरि जानु भनेकै उपधारा ५ मै जानुपर्ने थियो उहााले भन्नुभयो, “नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यात्मक अवस्था छ, अहिले गठित हुने नयाँ सरकारले कसरी बजेट १५ गते ल्याउला रु हामीसँग समय धेरे छैन, आज ७ गते भइसक्यो ।”

विश्वासको मत लिने कर्मकाण्ड पूरा गरी फेरि पराजित भएर उपधारा ५ मा जाने समय नरहेकाले मैले मार्ग प्रशस्त गरिदिएको हुँ, समयको हिसावले यो अपरिहार्य थियो त्यसैले गरें उहाँले भन्नुभयो । वैकल्पिक सरकार गठनकालागि आव्हान गर्न मन्त्रीपरिषद बैठकबाट निर्णय भएर गरिएको हो उहाँले भन्नुभयो । प्रधानमन्त्रीलाई पदबाट हटाउनुमात्र उद्देश्य अरुको देख्छुँ, त्यसैले मार्ग प्रशस्त गरिदिने निर्णय गरेको हुँ उहाँले प्रष्ट पार्नुभयो ।

गत एक वर्षदेखि मुलुकलाई अस्थिर बनाउने प्रयास भएको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले विपक्षीहरुको अस्वस्थ खेलको चक्रव्यूहका कारण सरकारले राम्रोसँग काम गर्न नपाएको उहाँले प्रष्ट पार्नुभयो । कोभिड १९ जस्तो महामारीमा एकजुट भएर सामना गर्नुपर्ने अवस्थामा सरकारलाई अन्य काममा अल्झाई राख्ने काम भयो प्रधानमन्त्रीले भन्नुभयो, “यस्तै अवस्था आउँछ भनेर मैले यसअघि संसद विघटन गरेर नयाँ जनादेशका लागि पहल लिएको थिएँ तर सफल हुन सकिनँ ।”

प्रतिनिधिसभालाई प्रभावकारी हुन पनि नदिने, सरकारलाई काम गर्न पनि नदिने प्रबृत्ति दलका नेताहरुले देखाएको उहाँले चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, “कोभिडकाबेला वैकल्पिक सरकार गठन हुन सक्दैन भने मलाई समर्थन गर्नुस् भनें तर उहाँहरुले फोहोरी खेल खेल्नुभयो ।” नीति विधि तोडेर, मर्यादा तोडेर, इमान जमान छाडेर, घेराबन्दी पारेर महाभारत लडाईमा अभिमन्युको हत्या गरेजसरी आफूलाई पनि दलका नेताहरु घेराबन्दीमा पारेको उहाँले टिप्पणी गर्नुभयो ।

“दलभित्रैबाट विपक्षीसँग मिलेर सरकार ढाल्ने कामलाई लोकतन्त्रमा के भनिन्छ रु” प्रधानमन्त्री ओलीले जिज्ञासा गर्नुभयो । इतिहासमै कलङ्कित हुनेगरी सरकार ढाल्नका लागि गलत कामहरु गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । संसदमा विश्वासको मत लिन जाँदा ‘नाटक मञ्चन’ गरेको समेत आफूलाई आरोप लागेको उहाँले चर्चा गर्नुभयो ।

दलीय मर्यादा विपरित गएर लोकतन्त्रको हुर्मत लिने काम भएकाले आफूलाई विश्वासको मत नआएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “वैकल्पिक सरकार चाँडै गठन गरेर बजेट आवस भनेर मार्ग प्रशस्त गरेको हुँ ।” दलहरु मिलेर जाँदा एक दिनको समय पर्याप्त भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले बैकल्पिक सरकार गठन भएमा आफूले स्वागत गर्ने बताउनुभयो । तपाईहरु वैकल्पिक सरकार बनाउनुस्, मेरो रचनात्मक सहयोग रहनेछ उहाँले भन्नुभयो, “सक्नु हुन्न भने मलाई समर्थन गर्नुस् ।”

आफू बनाउन पनि नसक्ने, अरुलाई समर्थन पनि नगर्ने हो भने समस्या समाधान नहुने भन्नुहुँदै उहाँले यस्तो कोभिडकाबेला सबै मिलेर अगाडि बढ्न आव्हान गर्नुभयो । तपाईहरु सरकार बनाउनुस्, हामी प्रतिपक्षमा बसेर सहयोगी भूमिका निर्वाह गर्छौं भनेर देउवाजीलाई फोन गरेर आज भनें उहाँले जानकारी गराउनुभयो । राष्ट्रिय राजनीतिलाई विभाजित गर्नतिर मात्र नलाग्न आफूले आग्रह गरेको उहाँले बताउनुभयो ।

राजनीतिलाई तनाव, परस्पर घृणातिर लग्ने प्रयास दलका नेताहरुले गरेको टिप्पणी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मार्गप्रशस्त गरिदिंदा संविधानमाथि थिचोमिचो हुन्छ रु विश्वासको मत लिएमा म हार्छु भन्ने थाहा पाएरै मार्ग प्रशस्त गरिदिएको हुँ, यसमा कहाँ भयो षडयन्त्र रु” राष्ट्रपतिमाथि महाअभियोग लगाउने कुरा पनि सुन्दैछुँ, राष्ट्रपतिले त सरकारको सिफारिस कार्यान्वयन गर्ने मात्र हो उहाँले भन्नुभयो ।

“राष्ट्रपतिमाथिको विरोध गणतन्त्रमाथिको विरोध हो” प्रधानमन्त्री ओलीले थप्नुभयो, “राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भइरहेको छ ।” प्रधानमन्त्रीको हैसियतले आफू जवाफदेही रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति संस्थामाथि आक्षेप नलगाउन आग्रह गर्नुभयो । सरकार विरोधीहरुलाई एकजुट भएर यो सकारलाई विस्थापित गर्ने बाटो खोलिदिएको छुँ उहाँले भन्नुभयो ।

मैले शपथ लिंदा पनि प्रगतिमन भएको आरोप लगाएको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “यो समय आवेश उत्तेजनामा चल्ने समय होइन, महामारीलाई गम्भीतापूर्वक लिएर साझा प्रयासबाट यसलाई परास्त गर्नमा लाग्नुपर्छ ।” विपक्षी दललाई सजिलो होस् भनेर मार्गप्रशस्त गरिदिएको हुँ, देशको हित, संविधानको व्यवस्था प्रतिकुल आफूले काम नगरेको उहाँले प्रष्ट पार्नुभयो । सहमतीको राष्ट्रिय सरकार गठन गरेर महामारीको विरुद्ध लागौं उहाँले आव्हान गर्नुभया ।

लोकतन्त्र भनेको स्वस्थ व्यवस्थाको प्रणाली भएकाले त्यहीअनुसार अगाडि बढ्न उहाँले सबै दललाई आव्हान गर्नुभयो । राष्ट्रिय सहमती कायम गरौं, सहमतिकासाथ राष्ट्रिय समस्या सामधान गरौं उहाँले भन्नुभयो । पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल पक्षले प्रणालीमै घात पार्ने काम गरेको बताउनुभयो । संसदीय व्यवस्थामा ‘

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !