प्रधानमन्त्री ओलीले माधव नेपाल, बाबुराम भट्टराइ तथा उपेन्द्र यादब सहितको फर्जी हस्ताक्षर बुझाए

आजभोलि

काठमाडौं । आफूसँग बहुमत भएको भन्दै प्रधानमन्त्री केपी ओलीले १५३ जनाको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकार दाबीको पत्र बुझाएका छन् । जसमा नेकपा एमालेका १२१ र जसपाका ३२ रहेका छन् ।

गजबको कुरा त के छ भने, प्रधानमन्त्रीले बुझाएको हस्ताक्षरमा ओली बिरुद्ध गठबन्धनको नेतृत्व गरिरहेका एमाले बरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा नेता बाबुराम भट्टराईका हस्ताक्षर रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल, यादव, भट्टराइ सहित कम्तिमा ३२ जनाको हस्ताक्षर किर्ते गरी बुझाएको जनाइएको छ । जसमा जसपाका १३ र एमालेका १९ जनाको हस्ताक्षर किर्ते रहेको बताइएको छ । यस गर्दा प्रधानमन्त्री ओली बुझाएको हस्ताक्षरमा बढी भएको भन्दै प्रश्न उठीरहेको छ ।

एमालेका २६ जना र जसपाका १३ जनाले ओली बिरुद्ध हस्ताक्षर गरेको श्रोतले जनाएको छ । प्रतिपक्ष दलहरुले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नाममा प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ जनाको हस्ताक्षर सहित राष्ट्रपति कार्यालयमा दर्ता गराएका छन् ।

नेपाल र यादवले राष्ट्रपतिसँगको भेटमा हामी यता छौं, हामीले हस्ताक्षर नगरी कसरी अगाडि आयो भनेर प्रश्न समेत गरेका थिए ।

बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको २१ घण्टाको समयसिमा सकिए लगत्तै विवाद देखिएको छ । प्रधानमन्त्री केपी ओलीले आफूसँग बहुमत नभएकोले विश्वासको मत नलिने भन्दै सरकार निर्माण प्रकृयाको लागि मार्गप्रशस्त गरेको पत्र पठाएका थिए ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !