उपत्यकामा थप एकसाता लकडाउनः थप कडाइ गर्ने प्रशासनको निर्णय

आजभोलि

काठमाडौं, । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप निषेधाज्ञा एकसाताका लागि थप गर्ने निर्णय गरेको छ । निषेधाज्ञा अवधि भरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न पाइने भएको छ ।

यस अघि खुल्दै आएका किराना पसल, डिपार्टमेन्टल स्टोल भने बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिएका छन् ।

बिहान मनिङवाक, बेलुका वाक गर्न रोक र अनावश्यक रुपमा हिँड्नेलाई कारबाही जरिवाना हुनेसमेत गर्ने बताए । निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ १३ गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको गरिएको थियो ।

 

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !