कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश उलंघन गर्नेलाई ५ लाखसम्म जरिवाना

आजभोलि

काठमाडौं । निषेधाज्ञाको पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने प्रावधान छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयले हिजो एक सूचना गर्दै कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई उक्त सजाय हुन सक्ने जानकारी दिएको थियो ।

प्रशासनले जारी गरेको सूचनामा अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्नेसमेत जनाइएको छ ।

यसै गरी अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपियाँसम्म र कुनै संस्थाले उल्लङ्घन गरेमा पाँचलाख रुपियाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्नेछ ।

। मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपियाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपियाँ जरिवाना हुने बताइएको छ ।
अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपियाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपियाँ जरिवाना हुने प्रशासनले जनाएको छ ।

यसै गरी त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्नेछन् । अध्यादेशको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्म बन्द गर्न आदेश दिन सक्ने जारी सूचनामा उल्लेख ।
गोरखापत्र अनलाइनबाट

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !