संगठनात्मक व्यवहार र नेपाली संगठनात्मक व्यवहारको वर्तमान अवस्था

प्रवीण भट्टराई

संगठनात्मक व्यवहार र नेपाली संगठनात्मक व्यवहारको वर्तमान अवस्थासामान्य भाषामा संगठनमा कार्यरत कुनै कर्मचारीले वा ती कर्मचारिहरुको समुहले संगठनमा के कस्तो व्यक्तिगत वा व्यवसायिक व्यवहार प्रस्तुत गर्छन् र उक्त उनीहरुको भिन्न स्वभावले वा उनीहरुको बानी व्यवहारले समग्र सँगठनको व्यवसायिक वातावरणमा के कस्तो प्रभाव पर्दछ भनि गरिने व्यवस्थापकिय अध्ययनलाई संगठनात्मक व्यवहार भन्दछौँ ।

त्यसैले, संगठनात्मक व्यवहार भनेको साँगठनिक वातावरणमा व्यक्तिगत रुपमा वा समुहगत रुपमा कर्मचारिहरुको व्यक्तिगत वा समूहगत काम प्रतिको धारणा, उत्प्रेरणा वा व्यवसायिक व्यवहारलाई बुझ्नु, उनीहरुको उक्त व्यवहारलाई अनुमान गर्नु वा मापन गर्नु र उक्त उनीहरुको व्यक्तिगत व्यवहारलाई वा समुहगत व्यवहारलाई संगठनात्मक उदेश्य प्राप्ति गर्ने सन्दर्भमा वा कर्मचारिहरुकै व्यक्तिगत वा समुहगत उदेश्य हाँसिल गर्न उपयुक्त ढँगले उनीहरुको व्यवसायिक व्यवहारलाई व्यवस्थापन गर्नु हो ।
त्यसैले, संगठनात्मक व्यवहारमा संगठनको कार्यविधी प्रणाली, उत्पादन प्रणाली तथा सेवा बिधी र समग्र संगठनको वातावरणको बारे कर्मचारिहरुको दृष्टिकोण अध्ययन गरिन्छ । साथै, संगठनमा कार्यरत कर्मचारिहरुको व्यवहार अध्ययन जस्तै कर्मचारिहरुको व्यवहार, मुल्य मान्यता र उनीहरुको मनोबैज्ञानिक अवस्थाको बारेमा पनि अध्ययन हुन्छ ।

त्यसैले, संगठनात्मक व्यवहार भनेको संगठनात्मक वातावरणमा वा कार्य स्थलमा कर्मचारी तथा श्रमिकहरुको व्यवहारको प्रणालीगत अध्ययन हो । संगठनात्मक व्यवहार संगठनमा रहेका कर्मचारीलाई व्यवस्थापन गर्ने प्रकृया हो । यस प्रकृयामा बिभिन्न सामाजिक तथा सँस्कृति बिशेषता भएका कर्मचारीहरुलाई संगठनात्मक वातावरणमा घुलमिल गराइन्छ । र उनीहरुको व्यक्तिगत वा समुहगत स्वभाव, बिशेषता र कार्य दक्षताको आधारमा संगठन भित्र उनीहरुलाई व्यवस्थित रुपमा परिचालन गरिन्छ । त्यसैले, संगठन भित्र कर्मचारीहरुले व्यक्ति व्यक्ति बीच वा समुह समुह बीच कसरी व्यवहार गर्दछन् । साथै, संगठन भित्र व्यक्तिले वा समुहले के कसरी काम गर्दछन् र यसले कसरी संगठनको उपलब्धिमा वा संगठनात्मक व्यवहारमा प्रभाव पर्छ भनि जानकारी लिने प्रकृया नै संगठनात्मक व्यवहार हो ।

त्यसैगरी, संगठनात्मक व्यवहारको अध्ययन गर्न आन्तरिक धारणा र बाह्रिय धारणा छन् । आन्तरिक धारणा प्रत्येक कर्मचारीहरुको व्यबहार, सोच, अनुभव र बोलिचालिमा आधारित हुन्छन् भने बाह्रिय धाराणा कर्मचारीहरुको काम गर्ने तरिका, काम गर्ने सोच संगठन भन्दा बाहिरका कृयाकलापले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ भन्ने हो । र यी भिन्न भिन्न कर्मचारीहरुमा हुने स्वभावगत धारणाले नै सँस्थाको उदेश्य र सँस्थाको उत्पादकत्वमा प्रभाव पार्छ ।

संगठनात्मक व्यवहार बारे सन् १९६०र७० को दशक देखि चर्चा भएको हो । मुख्यगरी सार्बजनीक प्रशासन र व्यवस्थापन बिधिमा संगठनात्मक व्यवहार प्रयुक्त हुन्छ । तर नेपालको सन्दर्भमा भने संगठनात्मक व्यवहारका बारेमा चर्चा गर्ने हो भने संगठनमा कर्मचारिहरुको कार्य व्यवहार, कर्मचारी ज्ञान, दक्षताको मुल्यांकन, गुनासाहरूको अध्ययन प्रभावकारी हुन सकेको छैन । साथै, कर्मचारिहरुको सन्तुष्टिको तह, दोहोरो सञ्चार बिधी र कर्मचारीहरुको सहभागितामुलक व्यवस्थापनका बारेमा खोज तथा अनुसन्धान गरेर उपयुक्त समाधान गर्ने परिपाटी अहिले पनि सघन रुपमा अभ्यासमा आएको छैन ।

साथै, कार्यालय हातामा कुन पदको व्यक्तिले कसलाई कस्तो व्यवहार गर्ने, के काम गर्ने, जवाफदेही र उत्तरदायित्व के के हुन सक्छन् भन्ने कुराको निर्धारण नहुँदा अवस्था झन जोखिम पुर्ण हुँदै गएको छ । साथै, संगठनात्मक सृदृढिकरण र संरचनात्मक सुधारको अभावले आम सर्वसाधारणमा संस्थागत छवि राम्रो बन्न सकेको छैन ।त्यसैले, संगठनात्मक व्यवहारमा मुख्य गरी कर्मचारीहरुले किन, के र कसरी संगठनमा काम गर्छन् रु र उनीहरुको व्यक्तिगत वा समुहगत व्यवहारले काममा वा व्यवसायिक वातावरणमा के कस्तो प्रभाव पर्दछ रु भनि अध्ययन गर्न जरुरी छ ।

त्यसैगरी, संगठनात्मक व्यवहारमा व्यक्तिगत तह, समुहगत तह र सँस्थागत तहमा कर्मचारिहरुको बानि व्यवहार र उक्त आनीबानीले संगठनमा पार्ने प्रभावको बारेमा अध्ययन गरिन्छ ।र संगठनात्मक वातावरण कर्मचारिहरु(व्यक्तिगत वा समुह र संगठनात्मक ढाँचा( उच्च तह, मध्यम तह र तल्लो तह र प्रबिधी( प्राबिधीक उपकरणहरु जस्तै कम्युटर र अन्य चल तथा अचल सम्पती र व्यवसायिक वातावरण( संगठन भित्रको वातावरण र संगठन बाहिरको वातावरण ले बन्ने गर्छ भन्ने नै हो ।

त्यसैले, कुनै पनि संगठनमा संगठन व्यवहारमा मुख्यतया व्यक्ति र उसको संगठनमा पर्ने प्रभाव, समुह कार्य प्रगति, तह प्रभाव र संगठनले कर्मचारीलाई गर्ने व्यवहार को बारेमा सुक्ष्म रुपमा अध्ययन गरिन्छ । तसर्थस् संगठनात्मक व्यवहारमा मुख्य गरी निम्न प्रश्नहरुको उत्तर खोजिन्छ । जस्तै, कर्मचारिहरुले संगठनमा के कस्तो कार्यहरु गर्छन्रु, कर्मचारीहरु आफ्ना सहकर्मी कर्मचारीहरु सँग संगठनामा कस्तो व्यवहार गर्छन् रु,कर्मचारीहरु संगठनात्मक लक्ष्य प्राप्त गर्न के गर्दछन् रु संगठनले कसरी आफ्ना कर्मचारी तथा कामदारलाई व्यवहार गर्छन् ?

साथै, संगठनात्मक व्यवहारमा मनोविज्ञान, समाजशास्त्र र मानव शास्त्र र मानव सँसाधन व्यवस्थापनका बिभिन्न बिषय बस्तुको प्रयोग हुने हुँदा यो अप्डाईड साइन्स हो । र संगठनात्मक व्यवहार निरँकुस, कस्ट्रोडिय, सहयोगी किसिमको हुन्छ । यसैका आधारमा कर्मचारीहरुको मनोभावना बुझी उनीहरुलाई काम प्रति उत्प्रेरित गरिन्छ । किनभने कुनै पनि कर्मचारीको व्यवहार घरमा एक प्रकारको र कार्यलयमा भिन्न प्रकारको हुन सक्छ । त्यसैले संगठनात्मक व्यवहारबाट सँस्थागत लक्ष्य हाँसिल गर्न प्रत्येक कर्मचारीको व्यवहार बुझ्नु नितान्त आवश्कय छ ।

तर, नेपाली व्यवसायीक वातावरणमा पनि संगठन गतिशील, प्रणालीगत, लक्ष्योन्मुख हुन पर्नेमा सो भएको पाइदैन । आन्तरिक तथा बाह्रिय वातावरणको प्रभावले यस्तो हुन गएको हो । त्यसैले कुनै पनि कर्मचारीको संगठन प्रतिको व्यवहार र उसको व्यावसायिकता बारे पहिचान गर्न कठिन भएको छ । अर्कोतिर उपयुक्त व्यक्ति, पेशा र ठाउँमा कार्य बिभाजनको सिद्धान्तको पालन हुन सकेको छैन । यसो हुनुको मुख्य कारण भनेकै कार्य बिस्तृतिकरण र कार्य विशिष्टीकरणको अवलम्बनको अभ्यास संगठनमा सहि ढँगले नहुनु हो ।

त्यसैले,कर्मचारीको संगठनात्मक व्यवहार अध्ययन गर्ने क्रममा हामीले व्यक्तिगत तहमा, समुहगत तहमा र सँस्थागत तहमा अध्ययन गर्नुपर्छ । व्यक्तितग तहमा कर्मचरीको व्यक्तित्व, बानी वा स्वभाव, कार्य सन्तुष्टी बिश्लेषण, कर्मचारिको सिकाई, कर्मचारिको काम प्रतिको उत्प्रेरणा र काम प्रतिको कर्मचारिको धारणा बुझ्ने प्रयास गर्नुपर्छ । त्यसैगरी, समुहगत तहमा भने कर्मचारीको तहगत विश्लेषण, कर्मचारीहरुको सामाजिक परिवेष तथा सँस्कृतिक पक्षको बारेमा बुझ्नु पर्दछ । र संगठनात्मक तहमा भने कर्मचारिहरुको बहु आयमिकता, समुह समुहको अन्तर सँवाद र अन्तरद्धन्द्ध, समुह समुह बिचको कार्यक्षमता, अधिकार र दाइत्व जस्ता कुराहरुको अध्ययन गर्नुपर्छ । र सोही अनुसार संगठनात्मक लक्ष्य प्राप्तिका लागि कर्मचारीहरुलाई उपयुक्त तरिकाले परिचालन तथा व्यवस्थापन गर्नुपर्छ ।

साथै, संगठनात्मक व्यवहारको स्वभाव व्यवहारगत दृष्टिकोण, लक्ष्य केन्द्रित, तहगत लक्ष्य तथा उपलब्धि र प्रणालीगत अध्ययनमा आधारति छन् । र सामान्य धारणामा भने व्यक्तिगत भिन्नता वा फरकपन, भिन्न छनौट व्यक्ति, भिन्न पुर्ण व्यक्ति, उत्प्रेरणात्मक स्वभाव र उपयोगी मानव सँसाधान जस्ता बिषय बस्तुहरु पर्ने गर्छन् । र संगठनात्मक व्यवहारको दृष्टिकोण भने मानव सँसाधन व्यवस्थापन दृष्टिकोण, लक्ष्य केन्द्रित वा उपलब्धि केन्द्रित दृष्टिकोण, प्रणालिगत दृष्टिकोण, सामाजिक तथा सँस्कृतिक दृष्टिकोण र आकाशस्मिकताको दृष्टिकोण हुन् ।त्यसैले, सँगठनात्मक व्यवहारको महत्व निम्न अनुसारका प्रष्टाउन सकिन्छ ।

– कर्मचारी बिच कार्यालयमा सह सहसम्बन्ध स्थापित गर्न मद्त मिल्छ ।
– संगठनाका बिभिन्न तह र तप्का विच सहकार्यको वातावरण बन्छ ।
– कर्मचारीको स्वभाव, व्यवहार र काम प्रतिको धराणा बुझ्न सजिलो हुन्छ ।
– संगठनमा कर्मचारी कर्मचारी वा विभाग बिभाग बिच सन्चारको बातावरण स्थापित हुन्छ ।

तसर्थ, कुनै पनि संगठनामा संगठनात्मक व्यवहार ठिक ढँगले हुनसक्यो भने तहगत रुपमा सँस्थागत उपलब्धि हाँसिल गर्न सकिन्छ । साथै, एकल कर्मचारी वा समुहगत कर्मचारीको उपयुक्त ढँगले प्रयोग तथा परिचालन गर्न सकिन्छ । साथै, कर्मचरी कर्मचरी बीच हुने कार्यगत समस्या वा समुह समुह बिच हुने कार्यगत असमानतालाई समयमै समाधान गर्न सकिन्छ । साथै, संगठनलाई आवश्कयत सुधार गर्दै संगठनलाई दीर्घकालिन रुपमा बिकास गर्न सकिन्छ । त्यसका लागि मानव सँसाधन व्यवस्थापन उपयुक्त तरिकाले हुनु आवश्यक छ । मानव सँमसाधन व्यवस्थापन राम्रो सँग भएमा कर्मचारीलाई काम गर्ने उत्प्रेणा दिन सकिन्छ । साथै उनीहरु संगठनका कामहरु प्रति सन्तुष्ट हुन सक्छन् ।

संगठनात्मक व्यवहारका अवसर र चुनौती भने बिश्वव्यापीकरण, कार्यवल बिविधता, कार्यस्थल सुरक्षा र गुणस्तरियता, कर्मचारी अभिमुखिकरण र अविबृद्धि, गुणस्तर र उत्पदकत्वमा वृद्धि, कर्मचारीको क्षमता विकास, व्यवस्थापकिय सुधार र सुचना तथा सन्चारको बढ्दो प्रयोग र बिकास हुन त्यसैले नेपाली व्यवसायिहरुले पनि सोही अनुसार उपयुक्त व्यवसायिक रणनीतिहरु बनाई थप व्यवसायिक कार्यहरु गर्न आवश्यक छ । त्यसका लागि उपयुक्त व्यक्तिलाई उपयुक्त ठाउँमा काम गर्ने अवसर दिनुपर्छ । साथै, संगठनले पनि कर्मचारिको मनोभावना, योग्यता र क्षमता बुझि सोही अनुसार उनिहरुलाई अभिप्रेरित गर्दै काममा लगाउनु पर्दछ ।

त्यसैगरी, मानव सँसाधन केन्द्रित वा कर्मचारी केन्द्रित, प्रणालीगत धारणा वा बुझाइ, श्रोत साधानको बितरण, लक्ष्य केन्द्रित यस संगठनात्मक व्यवहारका बढ्दो प्रभाव हुन् । त्यसैले यी सबै बढ्दो प्रभावलाई बिशेष ध्यान दिएर व्यवसायिक कार्य गर्ने गराउने गर्नुपर्छ ।सँगठनात्मक व्यवहारको बारेमा यस तलको उदाहरणबाट पनि प्रष्ट हुन्छ ।

महर्जन व्याग उत्पादन प्रा।ली भक्तपुरमा २०० जना कर्मचारी छन् । उनीहरुको सामाजिक तथा सँस्कृति समुदाय फरक छ । उनीहरुको शैक्षिक स्तर पनि भिन्न छ । उनीहरुको संगठनमा काम गर्ने तरिका पनि भिन्न छ । उनीहरुको ब्यक्तिगत तथा समुहगत कार्यशैलि पनि भिन्न छ । कोही कर्मचारीहरु कार्यालयमा नियमित आउँछन् ।

कोही कार्य गर्न कार्यलयमा ढिलो आउँछन् । कोही कर्मचारीहरु सँस्थाको सेवा सुविधा प्रति सन्तुष्ट छन् । केही कर्मचारीहरु भने आफ्नो तलब भत्ता र अन्य सँस्थाले दिने सेवा सुविधामा असन्तुष्ट छन् । कोही कर्मचारीले सँस्थाले निर्दिष्ट गरेको दैनिक उत्पादन अनुसार नै व्याग उत्पादन गर्छन् । तर कहि कर्मचारीले भने दैनिक लक्ष्य अनुसार नै व्याग उत्पादन गर्दैन् । त्यसैगरी, महर्जन व्याग उत्पादन प्रा।ली ले पनि सबै कर्मचारीलाई सँगठन भित्र राम्रो काम गर्ने बतावरण दिने प्रयास गरेको छ । साथै, व्याग उत्पादनलाई चाहिने आवश्यक कच्चा पदार्थहरु पनि नियमित रुपमा कर्मचारीलाई उपलब्ध गराई दिन्छ । प्रत्येक कर्मचारीको क्षमता र योग्यता अनुसार नै कामको बाँडफाँड गरि दिएको छ । र सोही अनुसार कर्मचारीहरुलाई विभिन्न समुहमा समुह बिभाज गरी नियमित रुपमा लक्ष्य अनुसार दैनिक व्याग उत्पादन गर्ने गर्दछ ।

त्यसबाहेक, संगठनात्मक व्यवहारलाई हामी इन्पुट(प्रोसेसिङ( आउट्पुट प्रद्धतिबाट पनि बुझन्न सकिन्छ । जहाँ इन्पुट व्यक्तिगत तहबाट हुन्छ भने प्रोसेसिङ समुहगत तहबाट हुन्छ र आउट्पुट चै संगठनात्मक तहबाट हुने गर्छ । र आउट्पुटमा मुख्य गरी लक्ष्य अनुसारको सँगठनात्मक काम, उत्पादकत्व, कर्मचारी ट्रनआभर, कर्मचारिको कार्य सँन्तुष्टि मुल्याँकन र कर्मचारिको उचित प्रयोग र व्यवस्थापन जस्ता कुराको अध्ययन गरिन्छ ।

साथै, संगठनात्मक व्यवहारमा मुलत आन्तरिक तथा बाह्रिय परिपेक्षहरुको प्रभाव मुल्याँकन गरिन्छ । त्यसैले संगठनात्मक व्यवहार अध्ययनमा कर्मचारीको स्वभागत आनीबानी बुझी उनीहरुलाई संगठित गर्दै सँस्थागत लक्ष्य हाँसिल गर्न सँगठन कृयाशिल हुन्छ ।कर्मचारी अध्ययन लाई प्रभाव पार्ने तत्व निम्न अनुसार का छन् ।कर्मचारी वा व्यक्ति–कर्मचारीको क्षमता, दक्षता चाहाना र कर्मचरीको सामाजिक तथा सँस्कृतिक पक्षको बारेमा अध्ययन गर्नुपर्छ । र सोही अनुसार कर्मचारीलाई व्यवहार गरी संगठनात्मक लक्ष्य हाँसिल गर्न सक्नुपर्छ ।

सँस्थागत सँरचना–सँस्थागत तह अनुसार सबै कर्मचारी बिच सह सम्बन्ध स्थापना गर्दै कर्मचारीहरुबाट कार्य सम्पादन गर्ने गराउनु पर्छ । र सँस्थागत लक्ष्य हाँसिल गर्नुपर्छ ।
प्रविधी – सँस्थामा प्राप्त साधन श्रोतको परिचालनमा ध्यान दिँदै कार्य सम्पादन गर्न सक्नुपर्छ । व्यवसायिक वतावरण ( आन्तरिक तथा बाहिय वातावरणमा आएका विभिन्न प्रकारको अवसर र चुनौति र कमिकजोरीलाई सुधार गर्दै कर्मचारिको मनोभावना बुझि संगठनात्मक कामहरु गर्नुपर्छ ।

त्यसैगरी, संगठनात्मक व्यवहार सन् १९६०र७० को दशक देखी प्रयोगमा आएको हो । सार्बजनिक प्रशासन र व्यवस्थापन बिधि नै संगठनात्मक व्यवहारका प्रमुख बिषय बस्तु थिए । त्यसैले, संगठनात्मक व्यवहारको इतिहास पल्टाउने हो भने १७६० मा नयाँ प्रविधीको विकास र नयाँ औद्योगिक नीतिको विकास सँगै भएको हो । साथै, १९२० मा भने व्यवस्थापन र संगठनको बारेमा धेरै मात्रामा अभिलेखिकरण भयो । तर त्यस ताका संगठनात्मक व्यवहारलाई सामाजिक तथा मनौबैज्ञानिक ढँगबाट अर्थाइने काम भयो । साथै, कर्मचारिलाई संगठन भित्र सामाजिक तथा मनौबैज्ञानिक ढँगबाट बुझ्ने क्रममा सँगठनको उत्पादकत्वको कुरा, शान्त कार्य वातावरण, सामुहिक कार्य कुशलता र कर्मचारी बिदा जस्ता कुरामा आधारित हुन्छन् भनि बिश्लेषण गरिएको थियो ।

त्यसैले सँगठनात्मक व्यवहारलाई १९८० अघिको अवस्था र १९८० पछिको अवस्था गरी दुई चरणमा विकास भएको छ । र आजको यस अवस्था सम्म आइ पुगेको हो ।
त्यसैले संगठनात्मक व्यवहारको अध्ययनले संगठन र संगठनमा कार्यरत कर्मचारीलाई सँस्थागत तथा व्यक्तिगत लक्ष्य प्राप्तिमा कसरी प्रभावकारी रुपमा लैजान सकिन्छ भनेर मार्गनिर्देश गर्दछ । र कसरी ती बिभिन्न समुदाय वा जातीबाट प्रतिनिधित्व गर्ने कर्मचारिहरुको व्यक्तिगत क्षमतामा सुधार गर्न के कस्ता व्यवस्थापकिय क्षमतामा सुधार गर्नुपर्छ र ती कर्मचारीहरुका अपेक्षा, चाहाना र कार्यगत स्वभाव के कस्ता हुन्छन् भनेर पनि जानकारी पाउन सकिन्छ । किनभने संगठनात्मक व्यवहारले संगठनमा काम गर्ने व्यक्ति, समूह र सँरचनाले कस्तो व्यवहार देखाएको छ र यस्तो व्यवहारको असर समग्र व्यवसायिक वतावरणमा के कस्तो हुने गर्छ भनेर हेर्ने काम गर्छ ।

त्यसैगरी, तनाव व्यवस्थापनको अभाव, उत्प्रेरणामा कमी, उचित तालिमको अभाव, कार्य वातावरणमा ह्रास, वृत्तिविकासमा देखिएको पक्षपात, राम्रोभन्दा हाम्रो भन्ने मान्यता संगठनात्मक व्यवहार अध्ययनका प्रमुख बाधक बिषय बस्तु हुन् । त्यसैले व्यक्ति वा समुहको बिभिन्न पक्षको अध्ययन गरी कस्ता काम वा क्रियाकलापबाट कर्मचरी उत्प्रेरित हुन्छन् भन्ने हेर्नु पर्छ र एक व्यक्ति वा समूह व्यक्तिको बारेमा राम्रो सँग सबै पक्षको बिश्लेषण गर्नुपर्छ ।

कर्मचारीको व्यवहार बिश्लेषण गर्नका लागि निम्न बिधीहरु अपनाउन सकिन्छ ।
जस्तै,

– कार्मचारी कार्य अवलोकन बिधी ।
– कार्य मुल्याँकन र कर्मचारी कार्य सन्तुष्टिका लागि पोल बिधी ।
– मुल संगठनात्मक व्यवहार बिधी ।
– विद्रोही संगठनात्मक व्यवहार बिधी ।
– कर्मचारी(मौका र अवसर बिधी ।
– अनुशासन र समर्पित कर्मचारी अनुगमन बिधी ।

अन्त्यमा, संगठनात्मक व्यवहारका परिवर्ति सोचहरु जस्तै, गुणस्तर र उत्पादकत्व, प्रविधी र उत्खन्न, नैतिकता,विश्वव्यापी वातावण र प्रभाव , बहु सँस्कृतिक पक्षको व्यवस्थापन, खोज तथा अनुसन्धान, कर्मचारी व्यवस्थापन निती नियम,राष्ट्रिय नितिनियम, अन्तराष्ट्रिय नीति नियम हुन् । यी परिवर्तित सोचलाई ध्यान दिँदै सँगठनात्मक व्यवहारका व्यक्तिगत तह वा समूहगत तह वा संगठनात्मक तहका तहगत कामहरु गर्नुपर्छ । साथै,संगठनात्मक व्यवहारलाई चुस्त तथा प्रभाकारी बनाउन संगठन भित्र प्रविधिको विकास गर्न, कर्मचारिहरुको व्यावसायिकतामा सुधार गर्न, संगठनको उत्पादकत्व र गुणस्तर बढाउन संगठनात्मक व्यवहारमा समय सापेक्ष सुधार ल्याउन जरुरी छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !