दश झर

सोमनाथ लुइटेल 'रवि'

मजदुर कै नाममा दलाली श्रमको गर्छ,

श्रमिक कै खान्छ राजनीति भ्रमको गर्छन् ।

जति काम गरेपनि खान पुग्दैन यहाँ,

गरिबको गरिबी कहिले लुक्दैन यहाँ ।

सोझा नै पिल्सिएका छन्,

यिनैको दुःख सधै मिल्किएका छन् ।

मजदुर दिवस के को लागि मनाउँछौ,

श्रमिकको श्रम खाएर अब कति गनाउँछौ ।

हामीले धैर्य कति गर्ने हो,

सधै काम गर्ने कि त मर्ने हो ।

दुःखसँग पसिना साटेको छु,

निरोगी भएर आजसम्म बाँचेको छु ।

श्रम गर्छु बारि खेत माटोमा,

उब्जाउन सक्छु बालुवा अनि रेत माटोमा ।

मेरो श्रमको मूल्य बिक्छ बजारमा,

अर्गानिक उब्जाउछु टिक्छ सबैको नजरमा ।

गरिबले बुन्ने त सपना मात्र रहेछ

अाफ्नाे पसिना खाने अर्कै भएछ ।

१०

परेदशीकाे नाेकर भईयाे

अाफ्नाे सान उतै बेचियाे ।

पाल्पाली हाल :- कम्पाला , युगान्डा

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !