भूमण्डलिकरणको बढ्दो प्रभाव र राज्यको  अवको कार्यदिशा

प्रविण भट्टराई

सामान्य भाषामा भूमण्डलिकरण भनेकै विश्वव्यापिकरण हो । र विश्वव्यापिकरणले विश्व दुनियालाई  आर्थिक व्यवहार गर्ने साझा गाउँको रूपमा चित्रित गर्दछ । त्यसैले, विश्वव्यापिकरणमा विश्वका सम्पुर्ण देशहरू विश्वव्यापी रूपमा बस्तु तथा सेवाको आयात निर्यात गर्न, खरिद गर्न बिक्रि गर्न, उत्पादन गर्न, बजारिकरण गर्न, सोको प्रवन्धन गर्न र अन्य आर्थिक तथा व्यवसायिक कृयाकलापहरू गर्न व्यवसायिक व्यक्तिहरू वा व्यवसायिक सँगठनहरू स्वतन्त्र छन् । त्यसैले, विश्वव्यापिकरण भन्नाले विश्वव्यापी रूपमा अर्थतन्त्रलाई जोड्ने प्रक्रिया हो । यस आर्थिक व्यवहारमा विश्वव्यापी रूपमा देशहरू बिच मुख्यता वस्तु, सेवा, पुँजी, प्रबिधि, सूचना र मानव सँसधानको आदान प्रदान हुन्छ । र यसरी यस अवधारणा अनुसार सीमा बिहिन ढंगले आर्थिक वा व्यवसायिक व्यवहार गर्दै उत्पादनका साधनहरू श्रम, पुँजी,व्यवसाय र अन्य जिन्सी सामाग्रिहरूको स्वतन्त्रपूर्वक विश्वव्यापि ढंगले प्रवाह गरिन्छ । र ती आर्थिक उत्पादनका साधनहरूलाई बस्तु तथा सेवा प्रदान गर्ने शिलशिलामा उत्पादक व्यवसायिहरूले उचित ढंगले प्रबन्ध र व्यवस्थापन गर्दछन् । 

त्यसैले, विश्वव्यापिकरणले विश्व एक आर्थिक ग्राम भन्ने मान्यताका साथ सीमा बिहीन आर्थिक, राजनीतिक, प्रशासनिक, सामाजिक तथा सँस्कृतिक समुदायको निर्माणमा जोड दिन्छ । तसर्थ, आर्थिक, राजनीति, सामाजिक, प्रशासनिक र सांस्कृतिक लगायतका सबै विषयमा साझा मूल्य, मान्यता र प्रक्रियाको स्थापना गर्ने अभियान नै विश्वव्यापिकरण हो । त्यसैगरी, विश्व बैङ्कले यसका प्रमुख तीन पक्षहरू जस्तै, बाणिज्य तथा व्यापार, वित्तीय प्रवाह र सूचना प्रबिधि विश्वव्यापिकरणका प्रमुख मापकहरू हुन् भनेको छ ।  

निम्न परिभाषले पनि विश्वव्यापिकरणलाई बुझ्न जान्न सकिन्छ  

  • विश्वव्यापिकरण भनेको विश्वव्यापी रूपमा विचार, मानव सँसाधन, पूँजी बस्तु तथा सेवाको साटफेरा गर्ने प्रकृया हो यस बिधिमा उत्पादनका साधानहरू जस्तै, पुँजी, बस्तु , प्रविधी, सूचना, दक्षता, शिप, कार्य अनुभव संस्थाको सँरचनात्मक ढाँचा एक राष्ट्रयिय देशबाट अर्को अन्तराष्ट्रिय देशसम्म लैजाने काम गरिन्छ  
  • बस्तु तथा सेवाको व्यापार व्यवसाय अन्तराष्ट्रिय स्तरमा हुने गर्छ आर्थिक रूपमा खुला बजार बजार उदारिकरणको नीतिको कारणले विश्वका सबै देशहरू एक अर्कोसँग अन्तर सम्बन्धित छन्  
  • भूमण्डलिकरण भनेको  विश्व आर्थिक रूपमा एक एकिकृत बजारको रूपमा बिकास हुन हो
  • भूमलण्डलिकरण भनेको आर्थिक, बातावरणिय राजनीतिक घटनाक्रमले गर्दा विश्वव्यापि रूपमा प्रभाव पर्नु हो

तसर्थ, विश्वव्यापिकरणले राष्ट्रिय सीमाको अन्त्य गर्दै विश्वव्यापी रूपमा आर्थिक, राजनीतिक, सामाजिक तथा सँस्कृतिक व्यवहार गर्नु हो । तर, भूमण्डलिकरणले मुख्य गरी आर्थिक विश्वव्यापिकरणको बारेमा चर्चा गर्छ । आर्थिक भूमण्डलिकरण भनेको खुला बजार वा बजार उदारिकरणको माध्यमबाट विश्वका सबै देशमा व्यापार व्यवसाय गर्नु हो । जहाँ, उत्पादनका साधानहरू श्रम, पुँजी, जमिन, व्यवसायको प्रयोग गरी  बस्तु  तथा सेवालाई विश्वव्यापी रूपमा विश्वका सबै मुलकहरूमा लैजानु हो । त्यसैले, यस अवधारणामा सम्पुर्ण आर्थिक अवरोध र अप्ठ्यारालाई हटाउँदै विश्वभरी नै आर्थिक कृयाकलाप वा व्यापार व्यवसाय  गरिन्छ । बहुराष्ट्रिय कम्पनीहरूको माध्यमबाट जस्तै, कोकाकोला, टोयटा, नोकिया मोवाइलको बिक्रि बितरण गर्नु पनि आर्थिक भूमन्डलियकरणकै प्रभाव हो ।

त्यसैले, यस अवधारणमा बिभिन्न प्रकारका आर्थिक कृयाकलापहरू गर्दै विश्वलाई एक आपसमा जोड्ने काम गर्छ । त्यसले, यस कार्यका आर्थिक कृयाकलाप जस्तै, उत्पादन, बस्तु तथा सेवा, व्यापर व्यवसाय र बजारलाई विश्वभरी नै लैजाने काम गरिन्छ । र स्थानीय अर्थव्यबस्था वा राष्ट्रिय अर्थव्यवस्थालाई अन्तराष्ट्रियकरण गरी विश्वव्यापी रूपमा बिस्तार गर्ने प्रयास गरिन्छ । त्यसैले, यस विचारधारा अनुसार विश्वका जुनसुकै मुलकमा उद्योग, लगानी, मानवसँधान र पूँजीको आयत निर्यात गरिन्छ र उत्पादित बस्तु तथा सेवालाई विश्व बजारमा पुर्याउने गरिन्छ । यसरी बस्तु तथा सेवा, विचार, क्षमता, पूँजी, सूचना तथा सन्चार र उत्पानका अन्य साधानहरूलाई बिभिन्न अन्तराष्ट्रिय बजारमा पुर्याउँदा विश्व एकिकृत आर्थिक बजारको रूपमा रूपान्तरण हुन्छ । यस कार्यले राष्ट्रिय आय, राष्ट्रिय बचत, राष्ट्रिय उत्पादन राष्ट्रिय रोजगार अभिवृद्धि हुन्छ भने देश देश बिच सीमा पार व्यापार गर्न पनि सहज हुन्छ

भूमण्डलिकरणले विश्व साझा बजारको रूपमा लिई विश्वलाई एकिकृत आर्थिक बजारको रूपमा विकास गर्नुपर्छ भन्ने मान्यता राख्दछ यस बिचरा धाराले अन्तरनिर्भरमा आधारित विश्व अर्थतन्त्र निर्माण गर्न मद्त पुर्याउँछ । त्यसैले, राष्ट्रिय वा स्थानीय बस्तु तथा सेवाको अन्तराष्ट्रिय बजार निर्माण गर्छ । 

बुँदागत रूपमा विश्वव्यापिकरण भयो भने निम्न कुराहरू सम्भव छन्  

  • विश्वव्यापिकरणले गर्दा अन्तराष्ट्रिय रूपमा आर्थिक अन्तरनिर्भरताको विकास हुन्छ । 
  • राष्ट्रिय अर्थव्यवस्थालाई विश्वव्यापी अर्थव्यवस्थामा जोड्न  सकिन्छ । 
  • उत्पादनका साधानहरूलाई विश्वव्यापी रूपमा प्रवाह गर्न सकिन्छ । 
  • बस्तु तथा सेवाको खुला बजार वा बहुराष्ट्रिय निगमबाट विश्वभरिका देशमा पुर्याउन सकिन्छ ।  
  • प्रबिधी, सूचना सँचार र व्यवसायिक रणनीति तथा ढाँचा, सिकाई र कार्यअनुभवलाई अन्तराष्ट्रियकरण गर्ने गरिन्छ । 
  • समग्रमा एकिकृत आर्थिक विश्व बजार निर्माण हुन्छ । 
  • राजनीतिक, सामाजिक तथा सँस्कृति र वतावरणिय मुद्धाहरू पनि विश्वव्यापिकरण हुने गर्दछन् । 

तसर्थ, विश्वव्यापिकरण भनेको मानव सँमसाधन, बस्तु तथा सेवा, पूँजी, प्रविधी, सूचना सन्चार र सामाजिक मूल्य र मान्यताको विश्वव्यापी रूपमा हुने साटासाट वा सट्टा व्यवहार हो । र यस अवधारणामा बस्तु तथा सेवाको विश्वव्यापी रूपमा आयत निर्यात हुने गर्दछ । यस व्यवसायिक कार्यमा बहुराष्ट्रिय व्यापारिक निकाय, प्रबिधी र सूचना सन्चार र भूराजनीतिको प्रभाव ज्यादा हुन्छ । जहाँ मुख्य गरी उत्पादनका साधानहरू, सूचना प्रबिधी, मानव सँमसाधन, मानव सँसाधानका  ज्ञान, शिप, क्षमता  र बस्तु तथा सेवाको व्यवसायिकरण हुने गर्दछ । यसरी विश्वव्यापिकरणको माध्यमबाट एकिकृत विश्वाव्यापी आर्थिक बजार बन्नुको कारण भनेकै खुला बजार व्यवस्था, बहुराष्ट्रिय कम्पनिहरूको स्थापना, व्यवसायको निजीकरण र व्यवसायीक वा औद्योगिक उदारताकै कारणले सम्भव भएको हो ।

सामान्यतया, भूमण्डलिकरण प्रकृया आर्थिक वा व्यवसायिक कृयाकलापमा आधारति भएता पनि  भूमण्डलिकरणलाई आर्थिक विचारधाराका आधारमा  बुझ्दा उपयुक्त हुन्छ ।  जुन अवधारणामा आर्थिक रूपमा विश्वका प्रत्येक देश एक अर्को सँग अन्तरनिर्भर हुन्छन् । र एक देशको राष्ट्रिय उत्पादन, राष्ट्रिय आय र कुल ग्राहास्थ उत्पादनमा अर्को देशमा हुने सम्पुर्ण आर्थिक कृयाकलापहरूले प्रभाव पारेको हुन्छ भन्नै हो । जस्तै, नेपालीहरू यूवा श्रमिकहरू वा अन्य नेपाली यूवाहरू बिभिन्न कारणले बिदेशमा छन् उनीहरूले पठाउने रेमिट्यासले देशको अर्थतन्त्रमा प्रभाव पार्दछ । त्यस्तै, अन्तराष्ट्रिय बजारबाट बस्तु तथा सेवा खरिद गर्दा भारत, चीन, जापान, अमेरिका तथा अन्य यूरोपियन मुलकको राष्ट्रिय आयमा ती व्यवसायिक कार्यहरूले योगदान पुर्याउँछ भन्ने  हो ।  साथै भूमण्डलिकरणलाई अन्य चार तरिकाले पनि बुझ्न सकिन्छ,  

जसलाई निम्न तरिकाले प्रष्टाइएको  

  • सामाजिक तथा सँस्कृतिक भूमण्डलिकरण, यस बिधीमा बिभिन्न देशमा हुने भिन्न भिन्न समाजमा रहेका मुल्य मान्यता विचार धारालाई व्यक्ति वा नागरिक मार्फत साटासाट गरिन्छ वा अन्तरकृया  गराइन्छ सामाजिक सँस्कृतिक रूपमा विश्वलाई एकाकार गर्ने प्रयास गरिन्छ  
  • विश्वव्यापिकरण भूमण्डलिकरण, विश्वलाई नै एक साझा सँस्कृतिक गाउँ बनाउने अवधारणा हो  
  • राजनीतिक भूमण्डलिकरण, राजनीतिक रूपमा एक देशले अर्को देशलाई के कसरी प्रभाव पार्छ भन्ने हो जहाँ अन्तराष्ट्रिय स्तरमा कुनै राष्ट्रिय राजनीतिक पार्टी वा राष्ट्रिय राजनीतिक व्यवस्था अन्य स्वतन्त्र निकयाले राजनीतिक घटनाक्रमको बारेमा पर्ने प्रभाव अनुगमन गर्ने गर्दछन् जस्तै, युनाइटेड नेसन, वर्ड ट्रेड अर्गनाइजेसन्, सार्क, साप्टा, उद्योग बाणिज्य महासँघ आदी 
  • कानुनी भूमण्डलिकरण, कुनै देशको राष्ट्रिय गैर कानुनी काम कार्वाहिमा अन्तराष्ट्रिय नियम तथा कानुनले पार्ने प्रभाव हो जस्तै, अन्तराष्ट्रिय श्रमिक सँगठन, अन्तराष्ट्रिय महिला आयोग आदी  

सकारात्मक पक्षको कुरा गर्ने हो भने विश्व व्यापिकरणले नयाँ विश्वबजारको बजारको श्रृजना गर्दछ । साथै, सामाजिक तथा आर्थिक रूपमा विश्वलाई  एकिकृत गर्दछ । तर यस प्रकृयाले राष्ट्रिय, नीति, नियम र कानुनलाई भने अवहेलना गर्न सक्दछ । 

यस अवधारणालाई मुर्त रूपमा दिन निम्न प्रकारका आर्थिक तथा वित्तिय नीति अबलम्बन गरिन्छ  

  • खुला बजार रणनीति । 
  • उद्योग तथा व्यवसायको नीजिकरण नीति । 
  • व्यापार व्यवसायमा उदारिकरणको नीति । 

साथै, यसलाई अवधारणालाई कार्यान्वयन गर्न निम्न बिधी प्रकृया अपनाइन्छ  

  • बिभेद रहित  व्यवसायिक कार्य । 
  • पूर्ण प्रतिस्पर्धात्मक विश्व बजार ।
  • आर्थिक अर्थव्यवस्था सुधारका कार्यक्रमहरू । 
  • बहुराष्ट्रिय कम्पनिको स्थापना र उनीहरूको व्यवसायिक कार्य ।
  • क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय दातृनिकाय तथा व्यवसायिक सँगठनहरूको स्थापना ।  

क्षेत्रीय, राष्ट्रिय अन्तराष्ट्रिय दातृनिकाय तथा व्यवसायिक सँगठन यस प्रकारका छन्  

  • ट्यारिफ र व्यापारमा जेनरल सम्झौता ( ग्याट) 
  • नर्थ एमेरिकन फ्रि ट्रेड एग्रिमेन्ट ( नाआफटा)
  • एसिएन प्यासिफिक इकोनिमक् कर्पोरेसन ( एपइसी)
  • दक्षिण एसियाली सार्क सँगठन ( सार्क) 
  • विश्व व्यापार सँगठन (डब्लुटियो)

त्यसैले, विश्वव्यापिकरणले एक देशको अर्थतन्त्रलाई अन्य देशमा जोड्ने गर्दछ । र उक्त कार्य व्यापार, व्यक्ति, प्रबिधि र लगानीको माध्यमबाट हुन्छ । प्राय गरेर, बहुराष्ट्रिय कम्पनी मार्फत पनि यस्ता कामहरू गरिन्छन् । र व्यापार उदारिकरण र निजीकरणको अवधारणालाई कानुनत् आत्मासाथ गरेका देशहरूमा यस्ता कार्यहरू सहज रूपमा गर्न सकिन्छ । तसर्थ, निजीकरण र उदारिकरण विश्वव्यापिकरणका आधार हुन् । र  विश्व बैक, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व व्यापार सँगठन जस्ता अन्तराष्ट्रिय व्यवसायिक सँगठनले विश्वव्यापिकरणको अवधारणलाई थप सार्थक बनाएका छन् ।

पहिलो र दोस्रो विश्व युद्ध ताका नै यो शब्दको व्यवहारिक प्रयोग भएको थिए । तर  १९८० देखि यसको चर्चा बढी हुन थालेको हो । र १९९० मा बिभिन्न निकाय र देशहरू बिच क्षेत्रीय तथा अन्तराष्ट्रिय सँन्धि सम्झौता भएपछि यो अवधारणाले मुर्तता पाएको हो । र नेपालमा भने सन् १९५५ देखी विश्वव्यापीकरणको अवधारणा अनुसार आफ्ना व्यवसायिक कार्यहरू भएका हुन् यस प्रकृयाले गर्दा वैदेशिक लगानी भित्राउन, राष्ट्रिय प्रविधिमा सुधार ल्याउन, वैदेशिक लगानिमा देश भित्रै नयाँ उद्योग धन्दा सन्चालन गर्न राष्ट्रको यूवा बेरोजगारी समस्यालाई हल गर्न सकिन्छ साथै, यस व्यवसायिक कार्यले गर्दा नै अन्तर्राष्ट्रिय अर्थ बजारमा राष्ट्रिय बस्तु तथा सेवा सहित उपस्थिति जनाउन सजिलो भएको त्यसैले, विश्वव्यापिकरणले नै नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन ठुलो भूमिका रहेको त्यसैगरी, औद्योगिक क्रान्ति, खुला बजार अर्थतन्त्र, सीमा पार व्यवसाय, व्यवसायिक उदारिकरण, एकिकृत विश्व व्यापारको बढ्दो आवश्कयताले यो अवधारणा अहिले आम व्यवसायीहरू तथा उपभोक्ताहरू बिच स्वीकार्य भएको छ । 

त्यसले विश्वव्यापिकरण गर्नु पर्ने मुख्य कारणहरू निम्न प्रकारका छन्  

  • प्रविधीमा आएको विकास जटिलता  
  • राष्ट्र राष्ट्र बिच बढ्दै गएको आर्थिक तथा सामाजिक अन्तर निर्भरता  
  • सूचना सँन्चारको बढ्दो प्रयोग विकास  
  • सरकारी नीति नियम जस्तै, निजीकरण, बजारिकरण खुला बजार अर्थ व्यवस्था
  • मानव सँमसाधनको बढ्दो आवश्कयता व्यवस्थापन  
  • गुणस्तरिय बस्तु तथा सेवा प्रति ग्राहकाहरूको चाहाना  उपभोक्ताहरूको सहज ढंगले बस्तु तथा सेवा प्राप्त गर्ने योजना

विश्वव्यापिकरणको कार्यन्वयन निम्न तरिकाले हुने गर्दछ  

  • खुला अर्थ बजारको अभ्यासद्धारा  
  • उत्पादनका साधनहरूको परिचालन तथा विनियमयद्धारा  
  • प्रविधको विशिष्टिकरणद्धारा
  • सूचना तथा सँञ्चार माध्यमद्धारा  
  • बहुराष्ट्रिय कम्पनी तथा सो कम्पनिको ख्याती मार्फत  
  • देश देश बिचको आर्थिक  अन्तर निर्भरता मार्फत  

विश्वव्यापिकरणको कार्यान्वयनको लागि निम्न व्यवसायिक विधीहरू प्रयोग गरिन्छ  

  • बस्तु तथा सेवाको आयत तथा निर्यात  
  • सँयुक्त परियोजना तथा व्यवसाय सन्चालन  
  • प्रत्यक्ष लगानी नीति  
  • रणनैतिक सम्बन्ध सहकार्य  

भूमण्डलिकरणका फायदाहरू यस प्ररकारका छन्

  • नयाँ व्यवसायिक वतावरणमा सहज प्रवेश हुन्छ । 
  • नयाँ बस्तु तथा सेवा र प्रबिधिको विकास हुन्छ । 
  • बस्तुको उत्पादन मुल्य कम पर्न जान्छ । 
  • बस्तु तथा सेवाको विश्वव्यापिकरण हुन्छ । 
  • बैदेशिक श्रम, शीप, पूँजी, प्रबिधी र व्यवस्थापन र व्यवसायिक कार्यजोयजनाको हस्तारण हुन्छ । 
  • बैदेशिक व्यापारमा बृद्धि हुन्छ । 
  • नयाँ रोजगारिका अवसरहरूको श्रृजना हुन्छ । 

भूमण्डलिकरणका बेफाइदा निम्नप्रकारका छन्

  • राष्ट्रिय सार्भौमता आँच आउन सक्ने । 
  • बातावरणिय तथा पर्यावरणिय क्षति । 
  • मानव सँसाधनको पलायन । 
  • पुँजी पलायनको खतरा । 
  • कामको असुरक्षा आदी । 

चुनौति भने निम्न प्रकारका छन्  

  • मानव सँसधानको बढ्दो प्रभाव र आवश्यकता । 
  • सामाजिक तथा सँस्कृतिक बिचलन । 
  • बसाई सराई तथा स्थानीय काम गुम्न सक्ने खतरा । 
  • बजार व्यवस्थापन तथा सन्चारको बढ्दो प्रभाव । 
  • तिब्र प्रतिस्पर्धा हुन् । 

त्यसैले, विश्वव्यापिकरणको बढ्दो प्रभाव र चुनौतिलाई व्यवस्थापन गर्दै राष्ट्रिय हितमा काम गर्न सक्नुपर्छ । किनभने राष्ट्रिय उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न सकियो भने वा आन्तरिक उत्पादनलाई बढाउन सकियो भने  ती बस्तु तथा सेवालाई अन्तराष्ट्रिय बजारसम्म लैजान सकिन्छ । त्यसका लागि क्रमस उपभोग र उत्पादित वस्तुको निर्यातमा जोड दिनु, स्थानीय व्यापारको गुणस्तर बढाउनु, प्रतिस्पर्धा र उत्पादकत्वमा वृद्धि गरी प्रतिस्पर्धात्मक लाभ सुनिश्चित गर्नु, आन्तरिक उत्पादन, उपभोग र उत्पादित वस्तुको निर्यातमा जोड दिनु जरुरी छ । त्यसैगरी, भूमण्डलिकरणले गर्दा विश्व एउटा गाँउको रूपमा परिवर्तन भएको छ । पूँजी, प्रबिधि र श्रमको विश्वव्यापी रूपमा आदान प्रादन भएको छ । बजार बिस्तारको लागि वा बस्तु तथा सेवा खरिद बिक्रकीको लागि खुला बजार नीति, व्यवसायिक उदारिकरण नीति  र व्यवसायिक नीजिकरणको निती नै मुख्य माध्यम भएका छन् । 

नेपालको सन्दर्भमा विश्वव्यापिकरणको प्रभावको र अवस्थाको बारेमा कुरा गर्ने हो भने वातावरणिय वा पर्यावरणिय सुधारको लागि उचित कानुन बनाउनु पर्छ किनभने आत्यावसेक कच्च पदार्थको खोज तथा सँकलन गर्दा देशको पर्यवरणिय पक्ष नास भएर जाने गरेको छ । साथै, स्थानीय उद्योग व्यवसायलाई पनि नियमित रूपमा सन्चालन गर्नु अर्को आवश्कयता छ । त्यसबाहेक, हाम्रा आन्तरिक बजार र उद्यौगको क्षमता अबिवृद्धि गर्नुपर्छ । र सामाजिक उत्तरदायित्वका बिविध पक्षलाई पनि ध्यान दिनुपर्छ । साथै, निर्यात बढाउनु पर्छ भने क्षेत्रीय व्यवसायिक सँगठनको ढाँचालाई बस्तु तथा सेवाको बिक्रि बितरणको गर्नका लागि आवश्यक सुधार  गर्नुपर्दछ । 

तर अहिलेको बास्तविकता भने अर्कै जस्तै, स्थनीय उत्पादन, व्यवसाय बजार खुम्चिदै गएको परनिर्भारता बढ्दै गएको देशको व्यापार घाट चुलिएको रेमिटेन्समा आधारित देशको अर्थतन्त्र निर्माण भएको देश गरिवी बेरोजारीले थिलथिलिएको तर, अन्तराष्ट्रिय बजारमा नेपाली श्रमको आवश्यकता पनि विश्वव्यापिकरणकै कारणले भएको हो साथै, नेपाली बस्तु तथा सेवाले पनि अन्तराष्ट्रिय विश्व वजार पाएका छन् देशमा पुँजी प्रबिधी भित्रिएको नयाँ सामाजिक तथा सँस्कृतिक परिवेशको बिकास भएको देश देश बिच आर्थिक अन्तरनिर्भर बढ्को पूँजी, प्रबिधी, व्यापार, मानव सँसाधन, व्यवसायिक योजना रणनीति अन्तराष्ट्रियकरण भएका छन्

व्यवसायिक हितको लागि देशले अहिले खुला र उदार अर्थतन्त्रमाको नीति लिएको छ । राष्ट्रिय  बस्तु तथा सेवाको उपलब्धता  विश्व भरी पुगेको छ । उपभोक्ता, उत्पादक र व्यापारी बिच सह सम्बन्ध स्थापित भएको छ । महत्वपुर्ण उपलब्धी भनेकै देशमा उत्पादित बस्तु तथा सेवालाई अन्तराष्ट्रिय बजारबाट पनि खरिद विक्री गर्न सकिन्छ । र यो सुविधा नेपाली उद्यमि व्यवसायिहरूले पनि प्राप्त गरेका छन् । नेपाली सामानहरू जस्तै, गलैचा, पस्मिना र हस्तकलाका सामान अन्तराष्ट्रिय बजारमा पुगेका छन् । चिया, अदुवा र अचैची, अम्लिसो, उखु जस्ता नगद बाली पनि भारत र अन्य विश्वका  मुलकहरूमा पुगेका छन् । विश्वका ठूला बहु राष्ट्रिय कम्पनीहरू बजेट, पुँजी, प्रविधी,  सँस्कृती, सूचना र बस्तु तथा सामान  वितरणण गर्ने माध्यम भएका छन् । तर, स्वदेशी बजार बिदेशी बिदेशी मुलुकको उत्पादन बजार भएको छ । देशको अर्थतन्त्र परनिर्भर भएको छ । स्वदेशी बस्तु तथा सेवाको स्थानमा अन्तराष्ट्रिय बस्तु तथा सेवाले बजार लिएका छन् । 

अन्त्यमा, विश्वव्यापिकरण भनेको भू मण्डलिकरण हो । विश्वव्यापिकरणले राष्ट्रिय अर्थतन्त्रको सम्बर्धनमा पूँजी, प्रविधी रोजगारी मार्फत उल्लेखिय सहयोग पुर्याउँछ त्यसैले, पूँजी, प्रविधी, सूचना, व्यवसायिक ढाँचा, व्यवसायिक रणनीति उत्पादनका अन्य श्रोतहरू विश्वव्यापी रूपमा विभिन्न मुलुकमा पुगेका छन् साथै, राष्ट्रिय श्रम, प्रविधी, पूँजी मानसँसाधनको उच्चम प्रयोगमा यसले थप मद्त  पुर्याएको साथै, यही व्यवसायीक नीतिले गर्दा राष्ट्रिय बस्तु तथा सेवाहरू अन्तराष्ट्रिय बजार वा उपभोक्ताहरू बीच पुगेको यसले विश्वलाई नै एक साझा गाउँको रूपमा विकास गर्दै लगेको देश देश  बिच आर्थिक अन्तरसम्बन्ध पनि कायम हुँदै गएको यसले मुख्यरूपमा देशको राष्ट्रिय आय बृद्धि गर्न, देशको रेमेटेन्स बढाउन्, उद्योग तथा पेशामा आश्रित हुने जनसँख्या बढाउन उल्लेखिय योगदान पुर्याएको त्यसैले यस मुद्धामा व्यवसायिक वतावरणमा आउने बिभिन्न प्रकारका चुनौतिलाई सामाना गर्दै आवश्यक रणनीति बनाउँदै व्यवसायीक सफलता पाउन अघि बढ्नु अबको कार्य दिशा हो  

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. फेमिली पिस एसोसिएसन नेपालद्वारा अध्यात्म ज्ञान ओलम्पियाड आयोजना हुँदै
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. नेकपा अर्थात् गफाडी क्लब !
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित