कम आय भएका मुलुकलाई दिन अमेरिकाले ५ सय मिलियन खोप खरिद गर्ने

आजभोलि

बोष्टन । अमेरिकी राष्ट्रपति जो वाइडेनले ५ सय मिलियन फाइजरसँग कोरोना भाइरसको खोप किन्ने बताएका छन् ।

जि सेभेनको बैंठकमा राष्ट्रपति जो वाइडेनले सो खोप कम आय भएका देश र अफ्रिकी संघलाई लाई दिने जनाएका हुन् ।

खरिद गरिने मध्ये २ सय मिलियन यस वर्ष र बाँकी अर्को वर्षको पहिलो छ महिनामा दिइने छ। यसरी खरिद गरिएको खोप कोभ्याक्सको माध्यमबाट वितरित हुनेछ । 

कोभ्याक्स विश्व स्वास्थ्य संगठनद्वारा संचालित एक मानवीय कार्यक्रमको हो जसको उद्देश्य खोपहरू निष्पक्ष रूपमा वितरण गर्नु हो ।

कोभक्सले २०२१ को अन्त्यसम्म खाँचोमा परेका देशहरुलाई २ अरब डोज उपलब्ध लक्ष्य राखेको छ।कोभ्याक्सले हालसम्म करिब ८१ मिलियन खोप १ सय २९ भन्दा बढी राष्ट्रहरूमा पठाइसकेको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधवार दिउँसो राष्ट्रपतिसँग यात्रा गरिरहेका पत्रकारहरुलाई भने कि वाइडेनले जी ७ सम्मेलनमा सहभागि अन्य राष्ट्रलाई समेत भ्याक्सिन सहयोगको आव्हान गर्ने जनाए ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !