काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन सरेको छ ।
शनिबार बसेको कांग्रेस पदाधिकारी बैंठकले कोभिड–१९ कारण महाधिवेशन नौ दिन पछि सारेर १६ भदौबाट गर्ने प्रस्ताव गरेको हो ।
कोभिड–१९ कारण महाधिवेशन तालिका संशोधन गर्ने प्रस्ताव गरिएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि कांग्रेस महाधिवेशन ७ देखि १० भदौसम्म गर्ने तय भएको थियो।
यस प्रस्ताव अनुसार वडा अधिवेशन ६ साउनबाट शुरू गर्ने प्रस्ताव गरिएको छ । यसअघि वडा अधिवेशन ७ असारबाट गर्ने तय गरिएको थियो।
त्यस्तै, क्रियाशील सदस्यता छानविनका लागि २० असारसम्म समय दिने प्रस्ताव गरिएको छ। त्यसपछि ६ साउनबाट वडा अधिवेशन गर्ने प्रस्ताव गरिएको हो।