गण्डकी प्रदेशमा काँग्रेसका कृष्णचन्द्र मुख्यमन्त्री नियुक्त

आजभोलि

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भटका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रकाश अर्यालले जानकारी दिए । 

प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता नेपालीलाई प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी हुन्। 

उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (जसपा) र स्वत्रन्त्र सांसदको समर्थन रहेको छ। उनले शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी गरेका थिए। उनलाई कांग्रेसका १५, माओवादीका ११, जसपाका दुई, जनमोर्चाका दुई र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका हुन्। 

२७ जेठमा पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। गुरुङ २०७४ मा माओवादी र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !