काँग्रेसको १४औं महाधिवेशन भदौ १६ गतेदेखि शुरु हुने

सभापतिहरुले गरे शंका, जिल्ला सभापतिहरुको देउवालाई ज्ञापनपत्र

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने प्रश्ताव गरिएको छ । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो । नेपाली काँग्रेसको १३औं महाधिवेसन २०७२ फागुन २० गतेदेखि शुरु भएको थियो । १४औं महधिवेन गर्ने क्रममा वडा अधिवेशन भने केही दिन ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । यसअघि असार २४ गते उम्मेदवारी दिने २६ गते निर्वाचन हुने जानकारी गराइएको थियो । १३औं महाधिवेसनको क्रममा २०७२ माघ १५ गते वडा, गाउँ र नगर अधिवेसन भएको थियो ।

शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताएका थिए । तर पूर्वनिर्धारित मिति असारबाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका छन् । क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने प्रस्ताव आएको छ । यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने प्रस्ताव छ ।

तर नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले बर्तमान समसामयिक बिषय–बस्तु समेटेर पार्टी सभापति शेरबहादुर देउवालाई निर्धारित समयमै १४औं महाधिवेशन गर्न र सरकार विरुद्ध विभिन्न रचनात्मक कार्यक्रम ल्याउन ज्ञापनपत्र बुझाएका छन् । कोरोना महामारि र निशेधाज्ञाको ख्याल गर्दै सरकारको विरुद्धमा घरघरमा कालो झन्डा टाँग्ने, ब्ल्याकआउट गर्ने, शंख, घन्ट वा थाल ठटाउनेजस्ता विरोधका कार्यक्रम गर्ने तथा सांकेतिक सडक प्रदर्शन वा सामाजिक सञ्जालमार्फत व्यापक रुपमा विरोधका कार्यक्रमहरू ल्याउन पनि माग गरेका छन्।

बारा, पर्सा, सप्तरी, सिराहा, सर्लाही, बर्दिया, कपिलवस्तु, प्युठान, बाँके, काभ्रे, नुवाकोटलगायत जिल्लाको क्रियाशील सदस्यतासम्बन्धी समस्या समाधानमा तत्परता नदेखिदा महाधिबेशन समयमै हुनेमा प्रश्न उठेको उल्लेख गरेका छन् । समयमै समयवद्ध कार्यतालिका सहित महाधिवेशनसम्वन्धी कार्यारम्भ गर्न पनि महासमिति बैठकमा जिल्ला जिल्लाका सदस्यहरुबाट सशक्त आवाज उठेको तर यसको संवेदनशीलतालाई पुरै उपेक्षा गरेर पार्टी नेतृत्वले महाभूल गरेको हाम्रो ठहर छ– सभापतिहरुले भनेका छन् । प छिल्लो जानकारी अनुसार नेपाली काँग्रेसले असार ३ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
र, अन्तमा
नेपाली काँग्रेसको १३औं महाधिवेशनमा करीब ३२ सय महधिवेशन प्रतिनिधि मतदानमा सहभागी भएका थिए भने यसपटक दोब्बर बढाइएको छ । अघिल्लो पटक सभापतिका दुई उम्मेदवार मात्र थिए । शेरबहादुर देउवा र रामचन्द्र पौडलबीचको प्रतिश्पर्धामा देउवाले १,८८२ मत ल्याएर नेपाली काँग्रेसको सभापति बन्नु भएको थियो भने अर्का प्रतिश्पर्धी पौडेलले १,२९६ मत ल्याएर देउवासँग पराजित बन्नु भएको थियो । दोस्रो चरणको निर्वाचनमा उक्त मत देउवाले ल्याउनु भएको थियो ।

 

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !