भारतमा डोर टू डोर खोप अभियान सञ्चालन हुने

१२, जूनमा भारतमा ६५ हजार ९७३ जनाभन्दा बढी संक्रम

हिन्दुस्ता टाइम्स

काठमाडौं । कोरोना महामारी नियन्त्रणमा लिन भारतले डोर टू डोर खोप अभियान शुरु गरेको छ । राजस्थानको बीकानेर शहर नै भारतको डार टू डोर खोप अभियान शुरु गर्ने पहिलो शहर भएको छ । । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ४५ वर्ष उमेरमाथि सबैलाई कोरोना विरुद्धको खोप लगाइने जानकारी दिएको हिन्दुस्तान टाइम्सले लेखेको छ । ४५ वर्षमाथिका ७५ प्रतिशत जनतालाई खोप लगाउने भारत सरकारको उद्देश्य छ स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हिन्दुस्ता टाइम्सले लेखेको छ ।

बीकानेर शहरको जनसंख्या करीब ७ लाखमध्ये ३ लाख ६९ हजारलाई घर घर पुगेर खोप लगाई सकिएको छ । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१२, जुन) मा १९ लाख ८९ हजार ७७८ जनाको नमुना परीक्षण गर्दा ६५ हजार ९७३ जना कोरोना संक्रमित थपिएका छन् । ११, जुनमा २० लाख ४४ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ८४ हजार ६९५ जना कोरोना भाइरस संक्रमित थपिएका थिए ।

परीक्षण लगभग उस्तै गर्दा पनि कोरोना संक्रमण घट्दै गएको देखिन्छ । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (१२, जुन) मा कोरोना संक्रमणबाट ३ हजार ७१ जनाको निधन भएको छ । ११, जुनमा कोरोना भाइरस संक्रमणबाट ४ हजार जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार जेठ ३० गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९४ लाख २४ हजार ६ जना छन् ।

भारतमा २ करोड ८० लाख १५ हजार ४४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १० लाख ३८ हजार ७९४ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ ३० गते आइतबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ७० हजार १६४ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !