अल्फाको तुलनामा डेल्टा प्लस भेरियन्ट ३५ देखि ६० गुणा संक्रामक

२३, जूनमा भारतमा ५४ हजार ३१९ जनाभन्दा बढी संक्रमित

आजभोलि

काठमाडौं । कोरोना भाइरसको डेल्टा प्लस भेरियन्ट अल्फा भेरियन्टको तुलनामा ३५ देखि ६० गुणा संक्रामक हुने स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । त्यसैले डेल्टा प्लस (एवाई.१) भेरियन्टप्रति विश्वभरका विज्ञहरुले चिन्ता जाहेर गरेका छन् । डेल्टा प्लस भेरियन्ट डेल्टाको म्यूटेशन भई आएको हो । डेल्टा भेरियन्टले भारतलाई दोस्रो लहरले संकट पु-याएको थियो ।

विश्वमा डेल्टा प्लस भेरिएन्ट ११ देशभन्दा बढी मुलुकमा देखिएको छ । आगामी असोजको पहिलो सातादेखि आउने भनिएको तेस्रो लहरमा डेल्टा प्लस भेरियन्ट आउँने विज्ञहरुले बताएका छन् । भारत, अमेरिका, ब्रिटेन, क्यानडा, जापान, नेपाल, पोल्याण्ड, पोर्चुगल, रूस, स्वीजरल्यण्ड र तुर्कीलगायत देशमा डेल्टा प्लस भेरियन्ट देखिएको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२३, जुन) मा १९ लाख १ हजार ५३ जनाको परीक्षण गर्दा ५४ हजार ३१९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । २२, जुनमा १६ लाख ६४ हजार ३६० जनाको नमुना परीक्षण गर्दा ५४ हजार ३९३ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टा (२३, जुन) मा कोरोनाभाइरसको संक्रमणबाट ९७८ जनाको निधन भएको छ । २२, जुनमा कोरोनाभाइरसको संक्रमणबाट १ हजार १२९ जनाको निधन भएको थियो । नेपाली समय अनुसार असार १० गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ८२ हजार १६९ जना छन् ।

भारतमा २ करोड ९० लाख ५६ हजार ६०९ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ३३ हजार ५४६ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (बुधबार) मा ६९ हजार २९८ जना कोरोना मुक्त भएका छन् । असार १० गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ९२ हजार १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !