उपत्यकामा निषेधाज्ञा थप्न तीन जिल्लाका सिडियोको बैठक बस्दै

आजभोलि

काठमाडौं । उपत्यकाका तिनै जिल्लामा निषेधाज्ञा एक हप्ता थपिने भएको छ । कोरोना संक्रमण दर खासै नघटेकाले निषेधाज्ञा थप्न खोजिएको हो । यससम्बन्धी छलफल गर्न आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । यत्तिकै निषेधाज्ञा खुकुल्याउँदै जाने हो भने कोरोना महामारी झन् फैलिने चिकित्सकहरुले सुझाएका छन् ।

त्यसकारण एक साता निषेधाज्ञा लम्ब्याउनुपर्ने धारणा छ । लामोसमयको निषेधाज्ञाले पीडित यातायात व्यवसायीहरुले भने असार २१ गतेपछि जोरबिजोर प्रणाली हटाउन माग गरेका छन् । तर, यस बिषयमा प्रशासनले कुनै ठोस निर्णय गरेको छैन । यद्यपि यसअघि भन्दा निषेधाज्ञा केही खुकुलो बनाउनेबारे छफफल भइरहेको बताइएको छ ।

यसअघिको निषेधाज्ञामा खाद्यान्न तथा तरकारीका पसलहरु पूर्णरुपमा सञ्चालन गर्न दिएको थियो । यातायातमा पनि २५ सिटमाथिका सवारीसाधन जोरबिजोर प्रणालीमार्फत सञ्चालन अनुमति दिइएको थियो । तर, लामो दूरी र थोरै सिट भएका सार्वजनिक यातायातका साधन पनि चल्न पाउनुपर्ने यातायात व्यवसायीको माग थियो ।

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !