अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश

आजभोलि

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलमा अर्जेन्टिनाले लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरसम्म पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो ।

लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो ।  लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले सातौं मिनेटमै गोल गरेका थिए । ६१ औं मिनेटमा लुइस डियाजको गोलमार्फत कोलम्बियाले बराबरी गोल गर्यो । त्यसपछि गोल भएन र खेल टाइब्रेकरमा पुग्यो । जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो ।

टाइब्रेकरमा कप्तान मेस्सी, लौटारो र लियान्द्रो डानियल पेरेडेसले गोल गरेका थिए । रोड्रिगो डी पाउल गोल गर्न चुके । कोलम्बियाका हुँवा काउड्राडो र मिगुएल बोरजाले मात्र गोल गर्न सके । सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

अब अर्जेन्टिनाले उपाधिका लागि ब्रजिलसँग प्रतिस्पर्धा गर्दै छ । ब्रजिलले सेमिफाइनलमा चिलीलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल जुलाई ११ तारिख बिहान ५ः४५ बजे शुरु हुनेछ ।

 

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !