लायन्सद्वारा ‘सुनौलो पाइला’लाई सहयोग

आजभोलि

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ‘ए वन’ को सेवा सप्ताहा (जुलाई १–जुलाई ७) अन्तर्गतका कार्यक्रमहरु सम्पन्न भएका छन् । उक्त कार्यक्रमहरु आर्थिक, सामाजिक र उत्पीडनमा परेकाको सेवाभावमा ओतप्रोत थिए । कार्यक्रम असार १७ गतेबाट सुरु भई २३ गते सम्पन्न भएको हो ।

कार्यक्रमको समापनसँगै २३ गते इम्प्याक्ट एरिया (१५) का ५३ वटा क्लबले संयुक्त रुपमा गोकर्ण स्थित “सुनौलो पाइला” नामक बालगृहलाई खाद्यान्न, सरसफाइ लगायतका सामग्री उपलब्ध गराएका थिए । सामग्री डिस्ट्रीक्ट गभर्नर रेवत कार्कीको प्रमुख आतिथ्यमा वितरण गरिएको कार्यक्रममा सक्रीय जोन चियर पर्सन लायन प्रदीप सत्यालले जानाकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर रेवत कार्कीले लायनको उदेश्य नै सेवा भएकाले लायनवादलाई आत्मसात गरेर निरन्तर अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रम लायन लिडर सुदर्शन आचार्यको विशेष पहल र एरिया प्रवक्ता प्रेम चुडाल (निसान)को सक्रियतामा भएको थियो । कार्यक्रममा इम्पायक्ट चिफ रसु रिजाल र एरिया अन्तगर्तका क्लब प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

लायन लिडर आचार्यले सुनौलो पाइलामा लायनको यो पहिलो पाइला भएपनि अब अटुट सम्बन्ध स्थापित भएको बताए । उक्त अवसरमा सुनौलो पाइला नेपालकी अध्यक्ष रोज बिष्टले धन्यवाद ज्ञापन गर्दै अप्ठ्यारो परिस्थितिमा पनि लायन्सहरुको निरन्तर सक्रियताको खुलेर प्रशंसा गरेकी थिइन् ।

 

 

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !