कांग्रेसमा ५० हजार हाराहारी क्रियाशील सदस्यले किन नविकरण गरेनन् ?

आजभोलि

काठमाडौ । नेपाली कांग्रेसका झन्डै ५० हजार हाराहारी कार्यकर्ताले क्रियाशील सदस्यता नवीकरण गरेका छैनन् । यसरी पुराना क्रियाशीलले ठूलो संख्यामा नविकरण नगरेको पाएपछि नेताहरुमा चासो र निन्ता बढेको छ । कुनै पार्टीको ५० हजार क्रियाशील सदस्य भनेको सानो धन होइन ।

पार्टीको क्रियाशील सदस्य भनेको एक बराबर ५ ले गुणा गर्दा पनि २ लाख ५० हजार भोट घट्ने प्रष्ट देखिन्छ।  त्यसकारण पनि यति ठूलो संख्यामा पुराना सक्रिय सदस्यले किन सदस्यता नविकरण गरेनन् भनेर नेपाली कांग्रेसभित्र ठूलो खैलाबैला नै मच्चिएको छ । खासगरी त्यसरी क्रियाशील सदस्यता नविकरण नगर्ने ती ५० हजार व्यक्ति १३ औं महाधिवेशनका बेला क्रियाशील सदस्यता लिएका पाइएका छन् ।

उनीहरुले १३ औं महाधिवेशनका बेला नयाँ सदस्यता लिएपनि यसपटक नविकरणका लागि आवेदन दिएनन् ।  अघिल्लो पटक नपाली कांग्रेसमा चार लाख ७० हजारजना क्रियाशील सदस्य थिए । तर, यसपटक त्यसमध्ये जम्मा चार लाख २० हजार जनाले मात्रै सदस्यता नवीकरण गरेको छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जनाएका छन् ।

क्रियाशील नवीकरण नहुनुको कारण मृत्यु, विदेश गएको र बाँकी धेरैमा पार्टीप्रतिको आकर्षण घटेको अनुमान गरिएको छ ।  यसरी कांग्रेस सतप्रतिशत नयाँ क्रियाशील सदस्य थपिरहँदा ठूलो संख्यामा पुरानाले नविकरण नगर्नु ‘भूूूँई टिप्न खोज्दा गोजीकै पोखियो’ भन्ने उक्ति चरितार्थ हुन्छ । यसपटक नेपाली कांग्रेसले शतप्रतिशत क्रियाशिल सस्यता थप्ने तयारी गर्दा पार्टीप्रति राम्रै आकर्षण बढेको देखिएको थियो ।

त्यसकै आधारमा नयाँ क्रियाशीलको आकर्षण ह्वात्तै बढेर अहिलेसम्म क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ ।  अझै ७० हजार हाराहारी सदस्यता आवेदन विवादमा छ । अहिले कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने लक्ष्य राखेको छ । कांग्रेसको छानबिन समितिसमक्ष विदेशबाट बाहेक नौ लाख २५ हजार जनाले सदस्यता आवेदन फर्म भरेका छन् ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !