ने.का. १४ औं महाधिवेशनमा आफ्नो उपस्थिति हुने : पूर्व महामन्त्री सिटौला

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले १४औं महाधिवेशनमा आफ्नो दरिलो प्रतिस्पर्धा हुने बताएका छन् । महाधिवेशन नजिकिएसँगै नेता सिटौलाले आफू निकट नेताहरुसँग छलफल बढाएका छन् । अन्तरक्रियामा नेता सिटौलाले महाधिवेशनमा आफ्नो समूहले उम्मेदवारी दिने बताएका हुन् । तर कुन्–कुन् पदमा उम्मेदवारी दिने भन्ने एकिन खुलाएका छैनन्।

स्रोतका अनुसार गगन थापा र प्रदीप पौडेल सिटौलाको साथ छाडिसकेकाले छन् । १४औं महाधिवेशनमा उपसभापति या बढीमा सहसभापतिमा मात्र चित्त बुझाउँने सम्भावना रहेको सिटौला निकट एक नेताले जानकारी दिएका छन् । यद्यपी उनले भनेका थिए– १३औं महाधिवेशनमा हाम्रो तयारी खासै थिएन, यसपटक हामी शक्तिशाली छौं । त्यसकारण हाम्रो उपस्थिति सशक्त हुने छ ।’

१३औं महाधिवेसनमा सभापतिमा उम्मेदवारी दिएका सिटौलाले ३२४ मत प्राप्त गरेका थिए । पहिलो चरणको निर्वाचन २०७२ साल फागुन २३ गते भएकोमा शेरबहादुर देउवाले १५६४ मत ल्याएका थिए भने वरिष्ठ नेता रामचन्द्र पौडेलले ११६० मतमा चित्त बुझाउनुपरेको थियो । दोस्रो चरणको निर्वाचनमा सिटौलाले सभापतिका प्रत्यासी देउवालाई सघाएका थिए । देउवालाई ११ मत नपुगेकाले दोस्रो चरणमा पुग्नु परेको थियो ।

दोस्रो चरणको निर्वाचनमा देउवाले १८२२ मत ल्याएका थिए भने पौडेलले १२९६ मत पु¥याएका थिए । पौडेल दोस्रो निर्वाचनमा १३६ मत थप्न सफल भएका थिए । त्यसरी थपिएको मत कृष्ण्प्रसाद सिटौला समूहको हो कि भन्ने अनुमान गरिएको छ । पूर्वमहामन्त्री सिटौलाले छलफल कार्यक्रममा आफ्नो समूह एकै ठाउँमा रहेको उल्लेख गरका थिए । सिटौला समूह छिन्नभिन्न भएको चर्चा सत्य नभएको उनको जिकिर थियो ।

‘हामी सबै एकै ठाउँमा छौं, एक भएर महाधिवेशनमा लाग्छौं,’ उनले जोड दिए । निवर्तमान सांसद भिमसेन दास प्रधानले उनलाई साथ दिन छाडिसकेका छन् ।
नेता कृष्णप्रसाद सिटौलाले बोलाएको भेलामा १३औं महाधिवेशनमा महामन्त्रीमा उठेका नेता गगन थापा र प्रदीप पौडेल अनुपस्थित थिए । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले नेता थापा आफन्तको निधन भएका कारण पोखरा गएको र पौडेल क्रियाशील सदस्यता छानविन समितिमा रहेकाले अनुपस्थित भएको जानकारी दिए ।

कार्यक्रममा पूर्वमन्त्री उमाकान्त चौधरी, भीमसेनदास प्रधान, विभिन्न भातृसंस्थाका पदाधिकारी सहभागी थिए । केन्द्रीय सदस्य रहेका उमाकान्त चौधरी १४औं महाधिवेसनमा डा.शेखर कोइराला समूहबाट सहमहामन्त्रीमा उठ्ने तयारीमा रहेको विश्वस्त स्रोतले बताएको छ । नेता सिटौलाले आफ्ना समूहका नेता कार्यकर्तालाई १४औं महाधिवेशनमा जुट्न निर्देशन दिएका थिए ।

अन्तरक्रियामा सहभागी नेता कार्यकर्ताले आसन्न महाधिवेशनमा एक्लै जाने कि मिलेर जाने भन्ने प्रश्न गरेका थिए । १३औं महाधिवेशनमा सिटौलाले तेस्रो धारको नेतृत्व गर्दै प्रतिस्पर्धामा उत्रिएका थिए । उनको समूहबाट गगन थापा महामन्त्री, चौधरी कोषाध्यक्ष र शिव हुमागाइँ बागमतीबाट केन्द्रीय सदस्य उम्मेदवार बनेका थिए । उतिबेला थापाले ५८४ मत पाएका थिए भने कोषाध्यक्षमा उठेका चौधरीले ४५७ मत प्राप्त गरेका थिए ।

वागमति प्रदेशबाट केन्द्रीय सदस्यमा उठेका शिवप्रसाद हुमागाईंले २०१ मत पाएका थिए । महामन्त्रीमा विजयी भएका डा.शशांक कोइरालाले १४१७ मत ल्याएका थिए भने देउवा समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका अर्जुननरसिंह केसीले १०१७ हात पारेर पराजित भएका थिए । नेपाली काँग्रेसको १४औं महाधिवेशन २०७८ साल १६ भदौदेखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

 

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !