कार्यदलको १० बुँदे सहमतिप्रति रामकुमारी झाँक्रीको चार बुँदे असहमति

आजभोलि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीले पार्टी आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आइतबार गरेको १० बुँदे सहमतिप्रति चार बुँदे असहमति सार्वजनिक गरेकी छन् । उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत उक्त बुँदे असहमतिका धारणा सार्वजनिक गर्दै १० बुँदे सहमतिको स्वागत गर्न हतार नगर्न आग्रह समेत गर्न भ्याइन् ।

नेतृ क्रक्रीले १० बुँदे सहमतिको भ्रममा नपर्न पनि आफ्नो समूहकालाई सुझाएकी छन् । उता माधव समूहमा रहेका योगेश भट्टराई र गोकर्ण विष्टले भने १० बुँदे सहमतिको स्वागत गरिसकेका छन् । तर, माधव नेपाल आफैं सहमतिप्रति अभैm असन्तुष्ट छन् । नेतृ झाँक्रीले १० बुँदे सहमतिबारे आफ्नो समूहको संस्थागत धारणा आउन बाँकी रहेको बताएकी छन् ।

माधव नेपाल समूहमै रहेका कार्यदलका केही सदस्यको नियतका कारण सहमतिको मस्यौदा रातारात सार्वजनिक भएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयनयोग्य नहुने र आज बोलाइएको स्थायी कमिटी बैठकमा जानुको औचित्य नभएको नभएको बताएकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आज बेलुका बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।

नेतृ झाँक्रीका चार बुँदे असहमति यस्ता छन्

१. हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने छ ।

२. स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयनयोग्य हुँदैन। बैठकमा जाने कुरा हुन्न ।

३. अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता लिइने छैन। लिने कुरै आउँदैन ।

४. भ्रममा नपरौं, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनीति हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ ।

  • २८ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !