नवनियुक्त प्रधानमन्त्री देउवालाई प्रवासबाट पत्र

कृष्णराज खनाल

आजभोलि

                                                  श्री शेरबहादुर देउवा

प्रधानमन्त्री, नेपाल ।

तपाईँ प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाइ । समयले तपार्इँँलाई पुन एकपटकजिरोबाटहिरोमा पुग्नसक्ने गरी समय दिएको छ । यो दुनियामा कुनैअक्षमराजनीतिज्ञलाई यति ठूलो गहन जिम्मेवारी र दायित्व प्राप्त भएको शायद यो पहिलो अवसर हो ।

सर्वोच्च अदालतले मैमत्त भदौरे राँगोलाई उठ्नै नसक्ने ढालिदिएको छ भने तपाईँलाई सत्तारोहणको जिम्मेवारी सुम्पेको छ । अदालतले अपुतालीमा सुम्पेको यो हस्तिनापुरको राज्यको बागडोर हो । यो जिम्मेवारीलाई बोधका साथ ग्रहण र निर्वाह गर्नसक्नुभयो भने चिरकालपर्यन्त तपाईँलाई नेपाली जनताले सम्झिरहने छन् । 

देश वेथितिहरूका चाँगले भरिएको छ । भ्रष्टाचार र भ्रष्टाचारीको जगजगीले देश खोक्रो बनिसकेको छ । खोपको आशमा बसेका जनतामा रुवावासी छ । ओली सरकारको निरिह र किंकर्तव्यविमूढताले ग्यास च्याम्वरमा थुनिएजसरी मानिसहरु भकाभक मरिरहेका छन् । तपाईका यावत् कमजोरीका बारेमा यो देश अनभिज्ञ छैन । तपाईले कुनै जादूको छडी देखाएर सबै कुरा रातारात पूरा गर्नुहुन्छ भन्ने आश पनि जनताले गरेका छैनन् । यति चाहिँ भन्न सकिन्छ, ओली र तिनका सेनामेना र अरिंगालहरुले डसेका र आक्रान्त भएका दूर दराजका जनताले त्राण महसुस गरेका छन् र एक मुठी सास ढुक्कले फेरेका छन् । 

समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ, कहिले हसाउँछ, कहिले रुवाउँछभन्ने गीतको बोलले दिएको सन्देश यही हो । यो सन्देश तपाईँमा ठ्याक्क मिलेको छ । राजालेअक्षमताको आरोप लगाएर झिँगा फ्याँके सरि फ्याँकिनुभएका तपाईँलाई देशको भाग्य र नक्सा बदल्न सक्ने गरी यो बुढेसकालमा गहनतम जिम्मेवारी आइपरेको छ । म भन्दिन, तपाईले यो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सक्नुहुनेछ । तर तपाईँले गर्नसक्ने र गर्नैपर्ने चार पाँचवटा कर्म छन्, जसले तपाईँलाई युगौँयुगसम्म नेपाली जनताले संझिरहनेछन् र यसले नेपाली काँग्रेसको गरिमा, आदर्श, यसका मूल्य र मान्यता पनि उँचाे हुनेछ भन्ने विश्वास पनि गर्न सकिन्छ ।

. खोप, खोप र खोप । जनताको सुरक्षा र जिउधनको रक्षा गर्नु राज्यको पहिलो शर्त र आवश्यकता हो । यसका लागि जुन र जस्तोसुकै कदम पनि चाल्न पछि पर्नु हुँदैन । अहिले देश महाव्याधीबाट आक्रान्त छ । खोपका अभावका कारण जनताहरु भकाभक मरिरहेका छन् । खोप लगाएका मानिसको मृत्युदर लगभग शून्य छ । त्यसैले पनि कूटनीतिक पहलमार्फत चीन, भारत वा अमेरिकाबाट खोप ल्याउने र जनतालाई राहत दिने कुरामा पछि पर्नु हुँदैन । यसका लागि गगन थापा जस्ता योग्य र अनुभवी नेतालाई जिम्मा दिनुपर्छ । 

. संघीयताको खारेजी । यो पहिलो शर्त हो । संघीयताले न विकास र समृद्धि दिन सक्यो, न दिगो शान्ति, न सुशासन । नेपाली जनताका लागि यो घाँडो, बोझिलो र सेतो हात्तीका रुपमा सावित भएको छ । यसको खारेजीले जनतामा जाग्रित निराशालाई आशामा परिणत गराउनेछ । सेतो हात्ती र हात्तीमा सवारराजाहरुलाई जनताको रगत र पसिनाबाट निस्केको करबाट विना उपयोगिता पालिरहेका छौँ । यसको खारेजीको प्रक्रिया अहिले नै चलाउनुस्, त्यो नेपाली जनताले खोजेको र चाहेको माग हो ।

. भ्रष्टाचार छानविन आयोग । ओली र तिनका मतियारहरुले गरेको खुलेआम भ्रष्टाचार जगजाहेर विषय हो । तिनलाई नठिंगुराएसम्म जनताले राहत महसुस गर्ने छैनन् । त्यसैले यी तमाम भ्रष्टहरुलाई दण्डित गर्नु आजको आवश्यकता हो । त्यसका लागि उच्चस्तरीय छानविन समिति वा आयोग बनाउनुपर्छ र आयोगले निरुपण गरेका वा आँैल्याएका व्यक्ति तथा संस्थालाई तत्काल कानुनी दायरामा ल्याइ जेल हाल्ने जस्ता कारवाहीको प्रक्रिया चलाउनुपर्छ । 

. हिन्दु राज्य कायम । नेपाल बहुजातीय, वहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राज्य हो । त्यसैले यो देश सबैको हो । सबैले यो देशको निर्माणमा उत्तिकै योगदान गरेका छन् । नेपालले सनातनदेखि चलिआएको परम्परा र रीतिरिवाजलाई कायम गर्न पनि सनातन वा हिन्दु राज्य घोषणा गर्न उपयुक्त देखिन्छ । यसो गरेमा यो विश्वको एकमात्र हिन्दु राष्ट्र पनि हुनेछ । अमेरिका मात्र होइन, युरोपका सबैजसो राष्ट्रले क्रिष्चियन धर्मलाई आफ्नो धर्मका रुपमा मान्दै आएका छन् । त्यस्तै, खाडी मुलुकका राष्ट्रले मुस्लिम धर्मलाई आफ्नो धर्मका रुपमा लिँदै आएका छन् । यहाँका करिब ८५ प्रतिशत मानिसहरु हिन्दुधर्मावलम्वी भएको र हिन्दूहरु अरु धर्मप्रति त्यत्तिकै सहिष्णु र उदार भएको कारण पनि हिन्दु राज्य घोषणा गर्नुपर्छ । याे जनताले अहिले मागेका हैनन् संविधान बन्दाताका नै मागेका माग हुन् । 

. अध्यादेशको खारेजी । विद्या र ओलीकाे मिलिभगतमा निरंकुश शैलीमा ल्याइएका अध्यादेश खारेज गरी संवैधानिक आयोगहरुमा योग्य र सक्षम मानिसको नियुक्ति अहिलेको आवश्यकता हो । र, राष्ट्रपति भवनमा बस्ने अधिकार सम्पूर्ण रुपमा गुमाइसकेकी विद्यालाई महाअभियोग लगाउन पहल गर्नुहोस् । अस्तु ।

तपाईले गर्नुपर्ने अरु पनि थुप्रै महत्वपूर्ण काम छन् । अहिलेलाई यत्ति भए तपाई हाइहाइ हुनुहुनेछ ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !