प्रधानमन्त्री शेरबहादुर देउवालाई बहुमत : पक्षमा १६५ मत, विपक्षमा ८४ मत मात्रै

आजभोलि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएका छन् । प्रतिनिधिसभा पुनस्र्थापना भएपछि प्रधानमन्त्री नियुक्त भएका देउवाले सात दिनपछि संसदको पहिलो बैठकबाट विश्वासको मत पाएका हुन् । आइतबार प्रतिनिधिसभामा उपस्थित २४९ जना सांसदमध्ये १६५ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

विपक्षमा भने ८३ मत मात्र खसेको थियो । हुन्न भन्ने पक्षमा १ मत खसेको थियो । नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन ।

प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रय जनमोर्चा पार्टी, एमाले ओली र माधव कुमार नेपाल समुहका केही सांसदहरुले विश्वासको मत दिएका थिए । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत ७ जेठको मध्यराति प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसपछि असार २८ मा सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनस्र्थापित गरेको थियो ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !