कोरोना विरुद्धको अमेरिकी ‘जोन्सन’ खोप लगाइँदै

आजभोलि

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्ध अमेरिकी खोप लगाउन थालिने भएको छ । सो अमेरिकी खोप ‘जोन्सन एण्ड जोन्सन’ कम्पनीले उत्पादन गरेको हो । यो खोप एक मात्रा लगाए पुग्ने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो । यो खोप लगाउन ४४ खोप केन्द्र तोकिएका छन् । पछिल्लो समयमा अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो ।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !